टोलीले अस्ट्रेलिया र जापान गरी दुई देशसँग खेलेका खेलमा जित्न सफल नभए तापनि, यस मौकाबाट धेरै कुराहरू सिकेको र नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस गरेको एसबीएस नेपालीलाई बताएको छ।
जापानसँगको खेलमा नेपालका लागि पहिलो र एक मात्र गोल गर्दै रञ्जना धामीले इतिहास रचेकी हुन्।
नेपालमा विभिन्न किसिमका विशेष अवस्थाका साथ बाँचिरहेका मानिसहरूका लागि थप सहयोगको आवश्यकताको माग गर्दै, यस प्रतियोगिताबाट सिकेका नयाँ कुराहरूलाई स्वदेशमा लागु गर्ने उद्देश्य रहेको टोलीको भनाइ छ।
पूरा रिपोर्ट हाम्रो अङ्ग्रेजी संस्करणमा उपलब्ध छ:

‘A big step’: Nepali para women’s football team kick historical goal in Australia