यौन दुराचार र अपराध विरुध्द सक्रिय रहेकी २६ बर्षीय टेम यस उपाधिले सम्मानित हुने पहिलो टास्मेनियाली पनि हुन्।
यसैगरी, डा. मिरियम-रोज उनगुन्मेर बोमन वरिष्ठ अस्ट्रेलियाली र रोजमेरि करिओकी लोकल हिरोको रुपमा सम्मानित भएका छन्।
बाइस बर्षीया ईसाबेल मार्शेल भने युवा अस्ट्रेलियालीको रुपमा सम्मानित भएकी छिन्।
"अस्ट्रेलियन अफ द यर"को सम्मानको चारै कोटिमा एकैपल्ट महिलाहरु सम्मानित गरिएको यो दोस्रो पटक हो।
अस्ट्रेलिया डे काउन्सिलकी प्रमुख डेनियल रकले चारै महिलाहरु पुराना बाँधहरुलाई भत्काउदै आवश्यक अधिकारका लागि लड्न सक्रिय रहेका भनि बताउछिन्।
“उनीहरुको कारणले गर्दा अन्य धेरैले सजिलो बाटो पाउँछन्,” उनले भनिन्।
बर्ष व्यक्ति: ग्रेस टेम
टेम १५ बर्षको हुँदादेखि उनको गणित शिक्षकबाट बलात्कृत भएकी थिईन्।
यौन दुराचारी शिक्षक पछि जेल गए पनि, स्थानिय कानूनले टेमलाई सार्वजनिक रुपमा उक्त दुराचारको विषयमा कुरा गर्न रोक लगाएको थियो।
पछि उनले ‘लेट हर स्पीक’ अभियानको सहारा लिदै त्यहाँको उच्च अदालतमा आफूले बोल्न पाउनु पर्ने मुद्दा दायर गरिन्, जसमा उनको विजय भयो।

2021 Australian of the Year winner Grace Tame during the 2021 Australian of the Year Awards ceremony. Source: AAP
टेमको यो प्रयासले यौनिक दुराचारका पीडितहरुलाई अगाडि आउन मद्दत गर्यो र साथै यस अपराधको बारेमा जनमानसमा जागरुकता जगाउन सहयोग गर्यो।
वरिष्ठ अस्ट्रेलियाली: डा. मिरियम-रोज उनगुन्मेर बोमन
नर्दन टेरिटोरिकी डा बोमन एक अधिकारकर्मीका साथै लेखिका हुन्।
उक्त राज्यकी पहिलो एबोरिजिनल शिक्षिकाको रुपमा योग्यता पाएकी उनले स्थानिय संस्कृति र कला त्यहाँको पाठ्यक्रममा राखिनु पर्छ भनि अभियान चलाएकी थिईन्।
सन् २०१३ देखि उनी अस्ट्रेलियाको आदिवासी र अन्य समुदायबिच रहेको असमानतालई कम गर्ने अभियानमा लागेकी छिन्।

2021 Senior Australian of the Year Dr Miriam-Rose Ungunmerr Buumann AM from the Northern Territory. Source: Salty Dingo
युवा अस्ट्रेलियाली: ईसाबेल मार्शल
मार्शलले १८ बर्षको उमेरमा महिलाहरुको महिनावारीका कारणले हुने मानसिक संकोच हटाउन अभियान शुरु गरेकी थिईन्।
उनले आफ्नो सहकर्मीसँग मिलेर महिलाहरु चाहिने प्याड लगायतको पहुँच होस् भन्ने हेतुले एक संस्था पनि शुरु गरेकी छिन्।
अहिले उक्त संस्थाले सियरा लिओन र युगाण्डालगायतका देशमा यि सामाग्रीहरु वितरण गर्दै आएको छ।

Source: Salty Dingo
लोकल हिरो: रोजमेरि करिओकी
केन्यामा जन्मेकी करिओकी पारिवारिक दुराचार र हिंसाको शिकार भएकी थिइन् । सन् १९९९ मा अस्ट्रेलिया आएकी उनी अहिले यस देशमा आउने नयाँ प्रवासीहरुलाई वृहत समाजमा सम्मिलत गराउन सदैव प्रयासमा रहेकी छिन्।
हाल सिड्नीको ओरान पार्कमा बसोबास गर्ने करिओकी, अस्ट्रेलियामा रहेका बिभिन्न समुदायबिच सम्बन्ध गाढिनु पर्छ भन्ने कुरामा विश्वास गर्ने बताउँछिन्।

2021 Australia's Local Hero Rosemary Kariuki, from Oran Park, NSW. Source: Salty Dingo