प्रमुख बिषय
- क्यानडा तर्फ आकर्षित हुदै अन्तर्राष्ट्रिय विद्यार्थी
- सरकारको निति स्पष्टताका कारण विद्यार्थी अन्यौलमा
- बेलायत र क्यानडा बिद्यार्थीको रोजाई बनेको एजेन्टहरुको भनाई
सरकारको अस्पष्ट नीतिका कारण हजारौँ बिद्यार्थीहरु अस्ट्रेलियाको सट्टा क्यानडा प्रति आकर्षित भइरहेको आप्रवास सम्बन्धी काम गर्ने एजेन्टलेहरुले बताएका छन् ।
केरेन सेलिस् यतिखेर अस्ट्रेलियामा अङ्ग्रेजी पढीरहेका हुन्थिन तर कोरोना भाईरसका कारण उत्पन्न परिस्थितिले उनको मार्चमा अस्ट्रेलिया आइपुग्ने योजना अवरुद्ध हुन पुग्यो ।
आठ महिना पछि २८ बर्सिया यी विद्यार्थी कुर्दा कुद्दै थाकिसकेकी छन् ।
उनी भन्छिन् “यतिखेर हामीलाई केही जानकारी गराइएको छैन हाम्रो लगानी,भिसा र सपनाहरू के हुने हुन केही थाहा छैन ।”
उनी भन्छिन् अनिश्चितता र जानकारीको अभावमा भविष्यका लागि बुनिएका सपना डरलाग्दा हुँदै गएका छन् ।
उनी यतिखेर आफ्नो योजनामा परिवर्तन गर्ने सोचमा पुगेकी छन् ।
NSW pushes for international students and business migrants to be included in its weekly cap of international arrivals in a bid to boost its economic recovery. Source: Getty Images
बिद्यार्थीहरुको सबैभन्दा आकर्षण क्यानडामा देखिएको छ ।
गत अक्टोबर देखि अन्तर्राष्ट्रिय बिद्याथीहरुका लागि आफ्नो सीमा खोलेको र बिद्यार्थीहरुको हकमा महामारीको समयमा बिद्यार्थीहरुलाई केन्द्रमा राखेर सहयोग गरेका कारण धेरै बिद्याथीहरु यतिखेर क्यानडा प्रति आकर्षित भइराखेका छन् ।
अस्ट्रेलियन माइग्रेसन एजेन्टका रूपमा काम गरी रहेकी मेलानी म्याकफार्लिन ल्याटिन अमेरिकी बिद्यार्थीहरुलाई अस्ट्रेलिया आउन सहयोगी गरिरहेकी हुन्थिन तर यस पटक भने अवस्था फरक छ।
मेलानि भन्छिन् “हाल अस्ट्रेलिया भन्दा क्यानडा र बेलायत जस्ता देशमा जान बिद्याथीहरुलाई प्रोत्साहित गरिरहेका छौ ।”
अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई परामर्श प्रदान गदै आएका राड हप्र्स अस्पष्ट सन्देशका कारण अवस्था झनै नाजुक बन्दै गएको बताउँछन् ।“विशेष गरी बेलायत र क्यानडाले लगातार सन्देशहरू प्रवाह गरिरहेका छन् । जसका कारण अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई स्वागत गरिरहेको सन्देश जान्छ,जबकि अस्ट्रेलियाले सकारात्मक सन्देशको खोजी गरिरहेको छैन ” उनी भन्छन् ।
Karen Celis is stuck in Colombia. Source: SBS News
ढिलै गरी भए पनि नदर्न टेरिटरी, साउथ अस्ट्रेलिया र एसिटीले पाइलट कार्यक्रम अन्तर्गत थोरै अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई भित्र्याउने योजना अघि सारेका छन् ।
क्रिसमस पछाडि अन्तर्राष्ट्रिय विद्यार्थीको पुन: आगमनका लागि योजना तैयार पारेर सङ्घीय सरकार समक्ष पेस गर्न सबै राज्य र टेरीटरीलाई निर्देशन दिइएको छ ।सरकारका शिक्षामन्त्री डान टिहानले एसबीएससंग भने कि अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीलाई सुरक्षित रूपमा भित्र्याउन चाहन्छ र यो पनि चाहन्छ कि विदेशमा फसेका अस्ट्रेलियाली नागरिक यसबाट घाटामा नपरून् ।
Education Minister Dan Tehan says the guidelines will help universities respond to an 'unprecedented threat of foreign interference. Source: AAP
तर सरकारको यो योजना केरेन सेलेस जस्ता बिद्यार्थीहरुलाई भने धेरै कम र धेरै ढिला भइसक्ने छ ।