सन् २०२२ को बाघ वर्ष (यर अफ द टाइगर) अस्ट्रेलियाली इतिहासमा अङ्कित हुने छ।
फेब्रुअरी १ देखि सुरु नयाँ वर्षले गोरुको वर्ष (यर अफ द अक्स)लाई विदाई गर्दै बाघको वर्षलाई स्वागत गरेको हो।
बाघले सकारात्मकता, आशा र उद्देश्य ल्याउने मानिन्छ।
टिकटमा रहेका 'भाग्यशाली बाघ'हरू सिड्नीकी चित्रकार क्रिसी लाउले बनाएकी हुन्।
यसको प्रेरणा भने चिनियाँ र जापानी संस्कृतिबाट आएको हो, जसमा बिरालोहरूलाई सौभाग्यको प्रतीक मानिन्छ।"यी लक्की बिरालोहरूलाई तपाईँले एसियाली पसलहरूमा देख्नु भएको होला। उनीहरूको काम धन आकर्षण गर्ने हो," लाउ भन्छिन्।
Year of the Tiger 2022 stamps Source: Australia Post
"यो पूर्वी र पश्चिमी दुवै संस्कृतिहरूमा सामान्यतया देख्न सकिन्छ। यो बहु सांस्कृतिकताको प्रतीक हो।"
यी भाग्यशाली बाघ टिकटहरू तीन प्रकारमा आउँछन्।
एक डलर १० सेन्ट पर्ने टिकटमा बाघले बेरको फूल समातेको चित्र छ, जसलाई चिनियाँ संस्कृतिमा "आशा र दृढता"को प्रतीक मानिने लाउले बताइन्।
२ डलर २० सेन्ट पर्ने टिकटमा बाघले "फु" नामक चिनियाँ पात्रलाई समातेको छ, जसको मतलब चिनियाँ भाषामा "भाग्यशाली" हो।
"तिनीहरू धनको प्रतीक हुन्।"अर्को हातमा पटाकाहरूको चित्र कोरिएका छन् जसले दुष्ट आत्माहरूलाई भगाउने परम्परागत चिनियाँ संस्कृतिको मान्यता छ।
Year of the Tiger 2022 stamps Source: Australia Post
३ डलर ३० सेन्ट पर्ने टिकटमा भने बाघले एउटा हातमा एक चिनियाँ गाँठो समातेको छ जुन दीर्घायुको प्रतीक हो र अर्को हातमा सुन्तलाहरू रहेका छन्।
लुनार नयाँ वर्षबारे थप जानकारी यस रिपोर्टमा सुन्नुहोस्: लुनार नयाँ वर्ष भनेको के हो र यो कसरी मनाइन्छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
"चिनियाँ नयाँ वर्षमा सुन्तलाहरू धेरै हुन्छन्," लाउले भनिन्।
उनी भन्छिन् कि टिकटको पृष्ठभूमिमा गुलाबी रङ्ग गर्नु चाहिँ "अलि जोखिमपूर्ण फैसला थियो किनभने चिनियाँ नयाँ वर्षका उत्सवहरूमा गुलाबी रङ्गलाई परम्परागत रूपमा प्रयोग गरिँदैन।
"लुनार नयाँ वर्ष र भ्यालेनटाइन्स डे नजिकै भएको हुनाले गुलाबी रङ्ग राख्दा राम्रो होला भनेर मैले सोचेकी हुँ।"
उपाधि विजेता चिनियाँ कलाकार लाउलाई अस्ट्रेलिया पोस्टले टिकटहरू डिजाइन गर्न नियुक्त गरेको यो दोस्रो पटक हो।
यो नयाँ वर्ष विश्वका थुप्रै मानिसहरूका लागि कठिन हुन सक्ने भएकाले टिकटहरूमा "पुनर्मिलन"को भाव झल्काउन खोजेको लाउले भनिन्।
"कोभिडका कारण यी गत वर्षहरू धेरै गाह्रो भएका छन्, र यो कहिले सकिन्छ भनेर कुनै पत्तो छैन। सबैलाई मुस्कुराइरहन बन्नु नै यी टिकटहरूको सन्देश हो," उनले भनिन्।
यी टिकटहरू जनवरी ६ मा सार्वजनिक गरिएका थिए।