चिनिया बिदेशमन्त्रालयका प्रवक्ता झाओ लिजेनले अस्ट्रेलिया लगायत अन्य ४ मुलुकले हङकङका विषयमा गरेको आलोचना अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।
अस्ट्रेलिया सहित बेलायत,अमेरिका,क्यानडा र न्यूजल्याण्डको पाँच देशीय साझा गठबन्धन फाईभ आइज अलाईनसले हङकङमा चीनको पछिल्लो कदम प्रति आलोचना गरेको थियो ।
हङकङमा विपक्षी दलका चार संसदलाई निष्कासित गरेपछि गठबन्धनले “गम्भीर चिन्ता” व्यक्त गरेको थियो ।
“उनीहरूका पाँच आँखा वा दश आँखा भए पनि यदि उनीहरूले चीनको सार्वभौमिकता,सुरक्षा र विकास हितलाई हानि गर्ने हिम्मत गरे उनीहरूको आँखा फुटाएर बन्द गराइनेछ” झाओले भने ।
पाँच देशीय गठबन्धनका विदेश मन्त्रीहरूले चिनिया सरकारको प्रस्ताव जसका कारण सासंदहरु अयोग्य हुन पुगे यो “गम्भीर आवाजहरूलाई चुप लगाउने अभियानको एक हिस्सा” भएको बताएका थिए ।
पाँच देशले जारी गरेको बयानमा “चीनको कदम संयुत राष्ट्र सङ्घको रोहवरमा गरिएको अन्तर्राष्ट्रिय दायित्वहरूको पूर्ण उल्लघंन हो ” भनिएको छ ।
गठबन्धनले “ संयुत घोषणा र आधारभूत कानुनहरूलाई ध्यानमा राखेर हङकङका जनतालाई प्रतिनिधि छान्ने अधिकारको हनन रोक्न” अनुरोध गरेको छ ।
उनीहरूका पाँच आँखा वा दश आँखा भए पनि यदि उनीहरूले चीनको सार्वभौमिकता,सुरक्षा र विकास हितलाई हानि गर्ने हिम्मत गरे उनीहरूको आँखा फुटाएर बन्द गराइनेछ
७५ लाख जनसङ्ख्या रहेको हङकङलाई स्थानीय मामिलामा स्वायत्तता दिने चीनले बाचा गरेको थियो ।
झाओले हङकङ चीनको एक हिस्सा भएकाले मातृभूमि प्रति वफादार रहनु पर्ने बताए ।
बर्खास्त गरिएका चार सांसदले चीन र हङकङ माथि प्रतिबन्ध लगाउन विदेशी राष्ट्र सङ्घ अनुरोध प्रस्ताव गरेका भन्दै चुनावमा पुनः भाग लिनबाट अयोग्य बनाइएका थिए । निर्वाचन अर्को वर्षका लागि सारिएपछि उनीहरू संसद्कै हैसियतमा रहेका थिए ।