चेङ्ग चाउ बन महोत्सवका उपलक्ष्यमा हंगकंगका केही स्थानीय मानिसहरूले पाउरोटीको एक प्रकार - बनले बनेको एक मिनार चढ्दै ती गुलिया मिठाई टिपेर बुद्ध जयन्ती मनाएका छन्।
उक्त मिठाई टिप्ने प्रतियोगितामा हरेक एक चोटिमा १२ जनाले १४ मिटर अग्लो “बन टावर” चढ्ने गर्दछन् र खल्तीभर “भाग्यशाली” बन लिएर वोर्लाने आस गर्छन्।
भेनस वंगले उक्त पर्वबारे जानकारी दिँदै ट्विटरमा लेखेकी छिन्,
“यो हंगकंगको परम्परागत क्रियाकलाप हो, रातो अक्षरमा लेखिएको सन्देशको अर्थ तपाईँकहाँ सदैव शान्ति छावोस र आशा गर्छौँ कि तपाईँलाई भविष्यमा सधैँ सफलता प्राप्त होस्।"
यो बन पर्वको लागि भनेर स्थानीय म्याक डोनाल्ड्सले समेत आफ्नो मेनुबाट मासु, अण्डा र दूधबाट बन्ने सबै परिकारहरू उपलब्ध नहुने जनाएको एक पर्चा एएफपीकी एक पत्रकार केटी फोर्सटरले ट्विट गरेकी छिन्।