मन्त्री हअकले एकता र आनन्दको प्रतिकका रूपमा रहेको बडादशैँ, असत्य माथि सत्यको विजयको प्रतिकका रूपमा रहेको भन्दै सम्पूर्ण नेपालीको समृद्धिको कामना गरेका हुन्।
“बडादशैँको उपलक्ष्यमा अस्ट्रेलिया र विश्वभर रहेका नेपालीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु ” एक विज्ञप्ति मार्फत उनले भने।
“यस उत्सवको समयमा, मलाई फेरी एक पटक यस्ता अवसरहरूको महत्त्वको सम्झना आउँछ, जुन हाम्रो राष्ट्रलाई समृद्ध बनाउने जीवन्त सांस्कृतिक विविधताको भाग हो।”
केहीले दसैँ मनाउन एकसाथ भेला हुने अवसर प्राप्त गरेता पनि कतिपयले आफन्त र प्रियजनसँग अनलाइन मार्फत भए पनि खुसी साटासाट गर्ने विश्वास आफ्नो रहेको एलेक्स हअकले उल्लेख गरेका छन्।हाल जारी महामारीका बेला नेपाली समुदायले बृहत्तर समाजका लागि गरेको समर्पणको प्रशंसा पनि उनले गरेका गरेका छन्।
Source: Alex Hawke
“कोभिड-१९ महामारीको बेला अरूको सुरक्षा र भलाइको रक्षा गर्नको लागी तपाईँको समर्पण को लागी म नेपाली अस्ट्रेलियन समुदाय को सराहना गर्दछु।”
सदाझैँ कोभिड–१९ को चुनौतीलाई सामना गर्न र समय आएपछि पुनः साथी भाइ र आफन्तजनसँग भेटघाट गरी दसैँ मनाउन सकिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै उनले घरमै बसेर दसैँ मनाउन र खोप लगाउन समुदाय समक्ष आग्रह पनि गरेका छन्।
सम्बन्धित सामाग्री:
नेपाली नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीबाट सन्देश