आफू बसेबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
न्यु साउथ वेल्स सरकारले “स्टे-एट-होम” वा “घरमा नै बस्नुहोस्” भन्ने आदेश कम्तीमा पनि सेप्टेम्बर मसान्तसम्मका लागि कायम हुने बताएको छ। नियम पालना नगर्ने व्यक्तिलाई ५,००० डलरसम्मको जरिमाना हुन सक्छ र अति कोरोना प्रभावित काउन्सिल क्षेत्रमा बसोबास गर्ने मानिसहरू माथि थप प्रतिबन्धहरू लागू छन्।
कोरोनाभाइरस महामारी बारे हामीले दैनिक रूपमा अस्ट्रेलियाली समाचार, सूचना तथा अन्य आवश्यक जानकारीहरु प्रस्तुत गर्ने गरेका छौँ।
अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा