कोरोना महामारीका दौरान स्यानिटाइजर र मास्कको विज्ञापनमा झुटा र भ्रामक जानकारी समेटेको स्विारोत्ती पछि अस्ट्रेलियाको कस्मेटीक र फेसनको ठुलो मध्येको एक मोजेक ब्रान्डलाई ६ लाख ३० हजार डलर जरिवाना तिराइने भएको हो ।
१७ प्रतिशत अल्कोहल रहेको ह्याण्ड स्यानिटाइजरलाई ७० प्रतिशत अल्कोहल रहेको भन्दै कम्पनीले बिक्री गदै आएको थियो ।
सँगै अर्को एक स्यानिटाइजरमा विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको भन्दै झुटो विवरण समेटिएको पाइएपछि अस्ट्रेलियन कम्पीटीसन एन्ड कन्जुमर कमिसनले कारबाहीको निर्णय गरेको हो ।
संस्थाकी उप प्रमुख डेलिया रिकार्डले मिलर्सले बिक्री गदै आएको अर्को एक स्यानिटाइजरमा पनि ७५ प्रतिशत अल्कोहल भएको दाबी गरिएको तर त्यसमा ५८ प्रतिशत मात्र अल्कोहल पाइएको बताइन् ।
अन्य दुई वटा फेस मास्कले पनि ग्राहकहरूलाई ठग्ने गरिएको पाइएको छ ।

Fashion giant Mosaic Brands has been fined $630,000 for misleading and deceptive marketing of face masks and hand sanitiser. Source: ACCC
बालबालिकाले प्रयोग गर्ने फेस मास्कमा “एफ डी ए” सर्टीफाईड र ठुला उमेरकाले प्रयोग गर्ने फेस मास्कमा "नन रिफन्डेबल"को लेबल लगाई बिक्री गरेको पाइएको छ ।
“हेल्थ एसेनसीयल” को लेबल लगाइएका उक्त सामाग्री गत वर्षको मार्च देखि जुनको महिनामा बिक्री गरिएका थिए ।
“विशेष गरी हामी मोजेक ब्रान्डले गरेको भ्रामक दाबिका बारेमा चासोमा थियौ,बिशेषगरी महामारीका बेलामा सुरक्षात्मक सामाग्रीहरूमा झुटा कुरा प्रचार गरिएका थिए” रिकार्डले भनिन् ।
“मोजेक ब्रान्डका बालबालिकाले लगाउने एन ९५ मास्कमा विज्ञापनमा दाबी गरिएजस्तो अमेरिकी र युरोपेली अधिकारीहरूले प्रमाणित नगरेको भेटिएको छ ।”
केटीज,नोनी बि,रकम्यानस,रिर्भस,बि मी,क्रसरोड,मिलर्स,डब्लु लेन र अटोग्राफ जस्ता खुद्रा पसल सञ्चालन गर्ने मोजेक ब्रान्डलाई चेतावनी र जरिवाना सहितका पाँच चिठी पठाइएको छ भने तिन महिना भित्र ग्राहकहरू सँग सम्पर्क गरी रकम फिर्ता गर्ने समय दिइएको छ ।
उक्त ब्रान्डले अस्ट्रेलियाली १२ सय भन्दा बढी स्टोर सञ्चालन गर्दछ ।