हाल अस्ट्रेलियामै रहेका अभिभावकले “अफ सोर” प्यारेन्ट भिसा निवेदन दिँदा अनिवार्य अस्ट्रेलिया छाड्नु पर्ने नियममा परिवर्तन गरेको हो ।
यसको अर्थ अस्ट्रेलियामै भिसीटर भिसा वा अन्य भिसामा रहेका बखत प्यारेन्ट भिसा प्राप्त गर्न अस्ट्रेलिया छाड्न नपर्ने भएको छ ।
यस नयाँ निर्णयले भिसा आवेदकहरूको चिन्ता कम गर्ने र भिसा प्राप्त गर्न अस्ट्रेलिया छाड्नै पर्ने बाध्यताको अन्त्य हुने बताइएको छ ।
“अफशोर” भिसा आवेदनको लामो र झन्झटिलो प्रक्रियाका क्रममा अभिभावकहरू पर्यटक भिसामा अस्ट्रेलिया आएर बस्नुलाई सामान्य मानिन्छ ।
मेलर्वनमा बस्दै आइरहेका क्यान लिउ र जुली जिनका बाबु आमा एवम् सासू ससुरा गत मे महिना देखि पर्यटक भिसामा उनीहरू सँगै बस्दै आइरहेका थिए ।
प्यारेन्ट भिसा आवेदन दिएर त्यसको निर्णयको पर्खाइमा बसेका बेला अन्तिम प्रक्रिया पुरा गर्न अस्ट्रेलिया छाड्नु पर्ने बाध्यता नयाँ नियम सँगै टरेको छ ।

Grandparents Dong Liu and Lixia Wang with their granddaughter. Source: Supplied
सरकारले अस्थायी रूपमा ल्याएको नियमले आफ्ना अभिभावक अनावश्यक दुख पाउनबाट जोगिएको उनले एस बि एस सँग बताइन् ।
“यो सम्पूर्ण परिवारका लागि राहत हो ।” उनले भनिन् ।
यो परिवर्तन प्यारेन्ट भिसा अन्तर्गतका सब क्लास १ सय ३, १ सय ७३ र १ सय ४३ मा लागु हुनेछ ।
यस अघि यी भिसाहरू आवेदन दिएकाहरू भिसाको अन्तिम निर्णयका लागि केही समयका लागि अस्ट्रेलिया छाड्ने गरेका थिए ।
कोभिड–१९ महामारी पछि अन्तर्राष्ट्रिय सीमा बन्द र अनिवार्य क्वारीनटीन जस्ता नियमका कारण समस्या हुँदै आएको थियो ।
अध्यागमन मन्त्री एलेक्स होकले कोभिड–१९ महामारीका दौरान भिसावालाहरूलाई सहजताका लागि सरकार सम्बोधन गर्ने बताए ।
“यो अस्थायी छुट प्यारेन्ट भिसा अन्तर्गतका सबक्लासहरुमा लागू हुनेछ,अस्ट्रेलियामा रहेका योग्य आवेदकहरूलाई कोभिड–१९ का कारण बाहिर यात्रा गर्न असमर्थ हुँदा यो सुविधा दिइनेछ ।” उनले भने ।
उक्त परिवर्तनले भिसाको आवेदन समयमा प्रभाव नपार्ने बताइएको छ ।