यसको अर्थ, बेलायत र अमेरिका लगायत अन्य देशहरुमा झै, अब अस्ट्रेलियामा पनि जन-सामान्यले यो खोप लिन पाउने छन्।
आउदो फेब्रुररी महिनादेखि यो खोप प्राथमिकता अनुसार वितरण शुरु गरिने अधिकारिहरुले बताएका छन्।
आज बिहान क्यानबेरामा भएको एक कार्यक्रममा स्वस्थ्य मंत्री ग्रेग हन्टले कम्तिमा ८० हजार खोपहरु शुरुको हफ्तामा वितरण गरिने तर यसलाई बढाउदै लैजाने संकेत दिए।
यस बर्षको अक्टोबर महिनासम्म अस्ट्रेलियाका अधिकांस जनसंख्याले खोप लिईसकिने अनुमान अधिकारीहरुले लिएका छन्।
यो पनि पढ्नुहोस्
अस्ट्रेलियामा कोभिड-१९ भाइरस पत्ता लागेको आज एक वर्ष बित्दा
अहिलेको लागि १६ बर्षभन्दा माथि उमेर भएकाहरुको लागि मात्र यो खोप प्रदान गर्ने मिल्नेछ।
संसारकै सबैभन्दा कडा नियमहरुमा खरिएपछि मात्र फाईजरको औषधिको प्रयोगको लागि अनुमति दिईएको स्वस्थ्य सचिव ब्रेन्डन मर्फिले बताए।
“अन्य मुलुकको तुलनामा हाम्रो देशमा सामुदायिक संक्रमण अहिले नियन्त्रिक अवस्थामा छ। यसको कारणले हामीलाई अन्य देशहरुमा फाईजर औषधिको प्रभावको बारेमा बुझ्ने मौका पनि मिलेको छ,” मर्फीले भने।
यो पनि पढ्नुहोस्
कोभिड-१९ संक्रमितको संख्या ९ करोड नाघ्यो
प्रधानमंत्री स्कट मरिशनले यो निर्णय अस्ट्रेलियाको कोरोनाभाईरसविरुध्द महत्वपूर्ण रहेको बताए।
“हाम्रो देशको जेठा तथा वृध्द नागरिकहरुलाई कोभिड-१९ को यस खोपले रक्षा गर्नेछ र यस डरलाग्दो रोग विरुध्दको हाम्रो लडाईले – यस निर्णयले- एउटा बलियो दिशा पाएको छ,” प्रधानमंत्री मरिशनले भने।
अस्ट्रेलियामा कोरोनाभाईरस शुरु भएको आज एक बर्ष पुगेको छ।
कोभिड-१९को कारणले अहिलेसम्म २८,७०० भन्दा बढी व्यक्तिहरु यहाँ संक्रमित भएका छन् भने ९०९ जनाको, यस किटाणुको कारण, ज्यान गएको छ।
कोरोना भाइरस महामारीको लागि सरकारले लागु गरेका स्वास्थ्य तथा सहयोग सेवाहरूको बारेमा जान्न मा जानुहोस्।