चीन बाट सुरुभएको कोरोना भाइरसको महामारीलाई विश्वभरमै एक गम्भीर सङ्कटको रूपमा लिइदा उक्त भाइरस बाट "जोगिन" अपनाइन सकिने उपाय रहेको भन्ने इमेल नखोल्न इन्टरनेट सुरक्षाविद्हरुले चेतावनी दिएका छन्।
अस्ट्रेलियामा गए केहि महिना यता जारी डढेलो सङ्कटका माझ मानिसहरुको कम्प्युटर ह्याक गर्न "फ़िशिङ्ग" इमेलहरु पठाइएका समाचारहरु आइरहंदा अब कोरोना भाइरस बारे पनि नक्कली इमेलहरु आउन सुरु भएको बताइएको छ।
माइमकास्ट नामक इन्टरनेट सुरक्षा संस्थालाई उदृत गर्दै प्रकासित भएका अनुसार मानिसहरुको बैंकिंग वा अन्य व्यक्तिगत जानकारी चोरी गर्न वा कम्प्युटर भाइरस फैल्याउन हाल एक कथित कोरोना भाइरस "विज्ञ" को नाममा इमेल पठाइन सुरु भएको छ।

Phishing email warning regarding Corona virus Source: Wired; Pan Communications
उक्त इमेलमा कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न अपनाइन सकिने कदमहरु बारे इमेलमा रहेको फाइल खोल्न प्रयोगकर्ताहरुलाई निर्देशन दिइएको छ।
तर "पीडीएफ" वा "वर्ड" लगायतका फर्म्याटमा रहेका त्यस्ता फाइल वा इमेलमा रहेका लिङ्कमा क्लिक गरिए मानिसहरुको कम्प्युटर ह्याक हुने चेतावनी दीएको हो।
विश्वभरनै ठुलो चर्चाको विषय बनेको र मानिसहरुमा कोरोना भाइरसको सङ्क्रमणको चिन्ता रहंदा यस्ता इमेलले मानिसहरुको भयको फाइदा उठाउने माइमकास्टका अधिकारीहरुले बताएका छन्।
अस्ट्रेलियाली हाल ठुलो संख्यामा पठाइने भाइरस युक्त इमेलहरुमा माइक्रोसफ्ट वर्ड लगायत अफिसका अन्य फर्म्याटका फाइलहरु राखिएका छन्।

Convincing e-mail phishing scam targeting Telstra customers Source: Mail Guard
ती फाइलहरु खोलिए, इमोटेट नामक भाइरस मानिसहरुको कम्प्युटरमा डाउनलोड हुने, जसका साथ् ह्याकरहरुले कम्प्युटरलाई आफ्नो नियन्त्रणमा पनि लिन सक्ने चेतावनी अस्ट्रेलियाली सरकार अन्तर्गतको निकाय द्वारा जारी गरिएको छ।
डढेलो संकटमा सहयोग गर्न भन्दै ह्याकरहरुले चन्दा संकलनमा सक्रिय संस्थाहरुको नाममा नक्कली इमेल पठाइएको बारे