अस्ट्रेलियाली सङ्घीय निर्वाचन मे २१ तारिखमा हुने स्कट मोरिसनको घोषणा

सन् २०२२ को सङ्घीय निर्वाचन आउँदो मे महिनाको २१ तारिखमा हुने प्रधानमन्त्रीले आइतबार औपचारिक घोषणा गरेका छन्।

Prime Minister Scott Morrison arrives to see Governor General David Hurley at Government House in Canberra, Sunday, April 10, 2022. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Prime Minister Scott Morrison arrives to see Governor General David Hurley at Government House in Canberra, Sunday, April 10, 2022. Source: AAP Image/Mick Tsikas NO ARCHIVING

नयाँ सरकार चयन गर्न लाखौँ अस्ट्रेलियालीहरूले मे २१ तारिखमा भोट हाल्न पाउने निश्चित भएको छ। 

प्रधानमन्त्री मोरिसनले संसद विघटन गर्न र निर्वाचन आदेश दिनका लागि गभर्नर-जेनेरललाई भेट्न आइतबार बिहान सिड्नीबाट क्यानबेरा उडानमार्फत पुगेका थिए। 

यो आउँदो सङ्घीय निर्वाचन प्रतिनिधि सभाका सबै १५१ मतदाता र सिनेटका ४० सिटका लागि हुने छ। 

हाल वर्तमानमा गठबन्धनको ७६ सिट छ भने, विपक्षी लेबर दलको ६८. ग्रीन्सको १ र तीन जना स्वतन्त्र सांसदहरू छन्।
How the 151 seats of the lower house are divided ahead of the 2022 federal election
How the 151 seats of the lower house are divided ahead of the 2022 federal election Source: SBS
सन् २०१३ देखि सत्तामा रहेको वर्तमान गठबन्धनमा टोनी एबट, म्यालकम टर्न्बुल र स्कट मोरिसन प्रधानमन्त्री रहेका छन्। 

मन्त्री मोरिसनले सन् २००४ मा जोन हावर्डले जस्तै लगातार दुई पटक चुनाव जित्ने पहिलो वर्तमान प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन्।

सन् २०१९ मा बिल शर्टनको हार पछि विपक्षी दलका नेता बनेका एन्थनी अल्बनिजीले लेबरका जीत हासिल गरी अस्ट्रेलियाको ४७औँ संसदको ३१औँ प्रधानमन्त्री बन्ने उद्देश्य लिएका छन्।
The federal election will take place on 21 May, 2022.
The federal election will take place on 21 May, 2022. Source: SBS
लेबर सन् २०२१ को मे महिनादेखि नै दुई-पार्टीले रुचाएको ५५ प्रतिशत मतका साथ चुनावमा अगाडी रहेको छ। 

अहिले गठबन्धनसँग तल्लो सदनका ७६ सिट छन् भने, भिक्टोरियाको हकमा जित हासिल गरेमा लेबरसँग ६९ सिट हुने छन्।

Share

Published

Updated



Share this with family and friends