चिनिया बिदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले ट्विटरमा अस्ट्रेलियाली सेनाले एक बालकको घाटीमा चक्कु राखेको एउटा पोस्ट साझा गरेपछि चीन र अस्ट्रेलियाबिच सम्बन्धमा दरार बढ्दो छ ।
चिनिया समुदाय सँगको सम्बन्धलाई निरन्तरता दिन मोरीसनले ट्विटरमा यस्तो अपिल जारी गरेका हुन् ।
“अस्ट्रेलियामा चिनिया समुदाय वा चीनका मानिसहरू सँगको हाम्रो मित्रताप्रतिको सम्मान र मूल्याङ्कनलाई यसले घटाउदैन् । ” प्रधानमन्त्री मोरीसनले भने ।
सन् २०१९ मा निर्वाचनको समयमा चिनिया समुदायलाई भोटका लागि अपिल गर्न प्रधानमन्त्री मोरीसन वि च्याटको सदस्य बनेका थिए ।
”म सबै अस्ट्रेलियालीहरूलाई सम्मान गर्छु जसले अस्ट्रेलियाको पोसाक लगाउँछन् अस्ट्रेलिया र अस्ट्रेलियनहरूलाई सुरक्षित राख्न उनीहरूको समर्पणलाई सम्मान गर्छु ।” उनले भने ।
"म उनीहरूको इमानदारिता र मान्यताहरुको सम्मान गर्छु ।”
![Scott Morrison's post on popular Chinese social media platform WeChat.](https://images.sbs.com.au/drupal/yourlanguage/public/7597e031-8055-4cfc-a39b-49f90d3977ff_1606951457.jpeg?imwidth=1280)
پست اسکات موریسن بر روی شبکه اجتماعی پرطرفدار چینایی، ویچت. Source: WeChat
पोस्ट मार्फत उनले अस्ट्रेलिया स्वतन्त्र, प्रजातान्त्रिक र प्रबुद्ध राष्ट्रका रूपमा जारी रहने उनले लेखे ।
प्रधानमन्त्री मोरीसनले चीनले भ्रामक तस्बिर सार्वजनिक गरेकोमा माफी माग्नु पर्ने बताउँदा चीनले भने उल्टो अस्ट्रेलियालाई “ लाज लाग्नु पर्ने” भन्दै टुईटरमा जारी तस्बिर प्रति अधिक प्रतिक्रिया जनाउनु आवश्यक नरहेको प्रतिक्रिया दिएको थियो ।
चीनको यस्तो प्रतिक्रिया आए सँगै प्रधानमन्त्री स्कट मोरीसनले चीनको सबैभन्दा चर्चित सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाएका हुन् ।
मङलबार क्यानबेरा स्थित चिनिया दूतावासले पनि एक वक्तव्य जारी गदै अस्ट्रेलिया सरकारले अधिक प्रतिक्रियात्मक भएको आरोप लगाएको छ ।
![Prime Minister Scott Morrison expressed his outrage after Chinese government spokesman Zhao Lijian shared the fake photo on Twitter.](https://images.sbs.com.au/drupal/yourlanguage/public/9a9aa527-125b-41ca-9ff5-8ca882ad531d_1638945057.png?imwidth=1280)
Source: AAP
“केही अस्ट्रेलियाली राजनीतिज्ञ र मिडियाको क्रोध र गर्जन सहित झाओको ट्विटको गलत अर्थ लगाए ।” प्रवक्ताले भने ।
“यो आरोप केवल दुई उद्देश्य पुरा गर्नका लागि हो । एउटा अस्ट्रेलियाली सेनाले गरेको भयावह अत्याचारबाट जनताको ध्यान हटाउन र अर्को द्धिपक्षिय सम्बन्ध बिग्रिएकोमा चीनलाई दोष दिन” चिनिया दूतावासको प्रवक्ताले भने ।
वि च्याटमा जारी सन्देश चीनीया समुदायका लागि लक्षित छ । प्रधानमन्त्रीको पोष्टलाई हाल सम्म ४८ हजार भन्दा बढीले हेरीसकेका छन् ।