भिक्टोरियामा २४ घण्टामा १० नयाँ सङ्क्रमण, खेल हेर्न उपस्थित हजारौँ दर्शकलाई जाँच गराउन आग्रह

गएको २४ घण्टामा मेलर्वनमा सामुदायिक सङ्क्रमणका थप १० नयाँ कोभिड–१९ केशहरू फेला परेका छन् ।

People line up to get tested for COVID-19 outside the Royal Melbourne Hospital in Melbourne, Tuesday, 25 May, 2021.

People line up to get tested for COVID-19 outside the Royal Melbourne Hospital in Melbourne, Tuesday, 25 May, 2021. Source: AAP

मङलबार रिपोर्ट भएका पाँच र त्यस पछि पुष्टि भएका पाँच नयाँ गरी जम्मा १० केश बुधवार सम्मको २४ घण्टामा फेला परेका हुन् ।

यो सँगै राज्यमा संक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ ।

उक्त अवधिमा २६ हजार एक सय ८० जनाले कोरोना जाँच गराएको बताइएको छ ।

यता सामुदायिक सङ्क्रमणका मामला बढ्दै जाँदा भिक्टोरियामा खेल एवम् अन्य भिडभाड जन्य क्रियाकलापमा कढा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।
सप्ताहान्नका बेला मेर्लवन क्रिकेट ग्राउन्डमा भएको फुटबल लिग हेर्न पुगेका एक दर्शकमा कोरोना सङ्क्रमण पुष्टि हुँदा त्यहाँ उपस्थित अन्य दर्शकलाई कोभिड–१९ जाँच गराउन राज्य सरकारले आग्रह गरेको छ ।

मेलर्वनको उत्तरी सर्ववबाट सुरु भएको कोरोना सङ्क्रमणको सिलसिलाका कारण बेन्डीगो र र्पोट मेलबर्न लगायतका ४३ स्थानलाई जोखिम क्षेत्रका रूपमा दर्ता गरिएका छन् ।

गत आइतबारका दिन कोलिङउड–पोर्ट एडिलेडको खेल र्हेन उक्त सङ्क्रमित व्यक्ति क्रिकेट ग्राउन्डमा पुगेको बताइएको छ ।

पुन्ट रोड स्थित ग्रेट साउर्दन स्ट्यान्डको जोन फोर लेबल १ बाट उक्त सङ्क्रमित व्यक्तिले खेल हेरेको बताइएको छ ।

सोही स्थानमा रहेका अन्य दर्शकहरूलाई भने क्यु आर कोड र टिकटका आधारमा सम्पर्क गरिसकिएको अधिकारीहरूले बताएका छन् ।
वरिपरि रहेका मानिसहरूलाई भने राज्य सरकारले जाँच गराउनका लागि आग्रह गरेको छ ।

“सो क्षेत्र भन्दा बाहिर रहेका दर्शकका लागि परीक्षण र आईशोलेसनको सल्लाह सिसिटिभी फुटेजको थप समीक्षा पछि गरिनेछ” विभागले टुईट मार्फत बुधवार बिहानै भनेको छ ।

भाइरस फैलावट जारी

मङलबार मेलर्वनमा कोभिड–१९ का नयाँ प्रतिबन्धहरू लगाइएता पनि सङ्क्रमणको दरलाई हेरी थप प्रतिबन्धहरू लाग्न सक्ने बताइएको छ ।

हाल लाई राज्यमा कोर्वग,फिजरोय लगायत पोर्ट मेलर्वन समेत ४३ स्थानलाई सम्भावित जोखिम क्षेत्रमा रूपमा तोकिएका छन् ।

भित्री सर्वव प्रारनमा रहेको एक बारलाई १–ख अन्तर्गतको जोखिम स्थानका रूपमा तोकिएको छ ।
जोखिम क्षेत्रलाई बढाइँदै जाँदा भाइरस संक्मण हुईटल सी र वरपरका क्षेत्र भन्दा पनि बाहिर बढ्दै गएको देखिन्छ ।

मङलबार पाँच नयाँ केस पछि सङ्क्रमितको सङ्ख्या १० पुगी सकेको छ ।

भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारी ब्रेट सटनले आगामी २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
हाल सम्म १ सय ६८ सङ्क्रमित निकट रहेका मानिसहरूको परीक्षणमा ८४ जनाको रिपोट नेगेटिभ आइसकेको छ ।

जिनोमिक जाँचका क्रममा वुर्लटका एक व्यक्त बाट सङ्क्रमण सरेको हुन सक्ने अनुमान लगाइएको छ ।

महिनाको सुरुवातीमा साउथ अस्ट्रेलियामा क्वारेनटिनमा बसका ६० बर्सिया व्यक्तिबाट सङ्क्रमण फैलिएको अनुमान भए पनि पुष्टि भने भइसकेको छैन ।
नदर्न टेरिटरी,क्विन्सल्याण्ड,वेस्र्टन अस्ट्रेलिया र साउथ अस्ट्र्रलियाले सम्भावित जोखिमलाई हेदै भिक्टोरिया सँगको सीमामा कढाई गरेका छन् ।


 


Share
Published 26 May 2021 10:19am
Updated 26 May 2021 10:56am
By SBS News
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends