यो कुराकानी, अष्ट्रेलियामा नेपाली पृष्ठभूमिका मानिसहरुको धेरै उपस्थिति रहेको निर्वाचन क्षेत्रहरुबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसंग गरिएको साक्षात्कार शृंखलाको एक भाग हो।
मन्त्री लौण्डीसँग गरिएको कुराकानीका केही मुख्य बिषयहरु:
- नेपालमा जस्तो स्थानीय नेतालाई भेट्न गारो छैन, मलाई देखे ‘हेलो भन्न नबिर्सनु।
- श्रम शोषण, आप्रवास सम्बन्धी कुनै पनि समस्याबारे बर्वूड स्थित आफ्नो कार्यालयमा पसेर वा फोन मार्फत पनि राख्न सकिने छ।
- नेपाली अस्ट्रेलियाली हरुको सहायताको लागि आफु तयार रहेको छु।
- आफु व्यवसायिक पृष्ठभूमिको भए पनि समुदायको सेवा गर्न राजनीतिमा लागेको हो।
- म आफुले प्रतिनिधित्व गर्ने समुदायहरुको लागि हरेक समय उपलब्ध छु।
संघिय सरकारमा साना तथा घरेलु उद्द्योग, कार्यस्थल र ब्यबस्थापन मन्त्री रहेका लौण्डी एसबिएस नेपालीसँग गरिएको कुराकानीमा भन्छन्, "शोषण र त्यस्ता समस्याहरुबारे केही उजुरी भए, बिषयको गाम्भीर्यतालाई हेरेर परिचय नखुलाउने अवस्था आए पनि हाम्रो पूर्ण सहयोग रहने छ।"
सन् २०१४ मा कुनै समुह या व्यक्तिलाई जात, रंग र सामुदायिक पृष्ठभूमिका आधारमा विवेध गर्नु, घृणा ब्यक्त गर्नु र त्रसित बनाउनुलाई गैर कानूनी बनाउने जातीय विभेद बिरुद्धको कानुनको धारा १८ ग () मा संसोधन गरिनुपर्ने भनि आएका मागहरुको विरोध गर्नेहरु मध्ये लौण्डी पनि एक थिए। उनको बिचारमा बर्तमान अस्ट्रेलियाको आकर्षण भनेको बहुसंस्कृति नै हो।
पूर्व बहुसांस्कृतिक मामिला मन्त्रालय समेत सम्हालेका लौण्डी अगाडी थप्छन्:
"आप्रवासीहरु एवं बिशेष गरी विद्यार्थीहरुले आफ्नो कामको उचित पारिश्रमिक नपाइरहेको भए मकहाँ आउन नडराउनुहोस् । हामी उचित सुरक्षा तथा गोपनियता प्रदान गर्दै तपाईंको समस्या समाधान गर्नेछौं।"
उनको रीड निर्बाचन क्षेत्रले १ हजार ३ सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको स्ट्राथफिल्ड, फ्लेमिंगटनका साथसाथै अबर्न, यास्फिल्ड तथा बर्वूडका केही हिस्सालाई पनि समेटेको छ।
सन् २०१६ को जनगणनालाई हेर्दा ‘पार्ट टाइम’ र ‘फुल टाइम’ दुवै किसिमका रोजगारीमा कुल नेपाली जनसंख्याको ३६.३ प्रतिशत अर्थात १९ हजार ५ सयको हाराहारीमा नेपालीहरुले काम गरिरहेको देखिएको छ। तर ३ हजार बढीको नेपाली जनासंख्या बेरोजगार रहेको तथ्यांकले देखाएको छ।
यस शृंखलाका अरु कुराकानी:

हामीले अन्तर्राष्ट्रिय विद्यार्थीका निम्ति गर्नसक्ने धेरै कुराहरु छन्: जेड कार्नी, सङ्घीय सांसद