कोरोना महामारीबिच दशैँ
यस हप्ता नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय नाघेको छ। यसै गरी कुल परीक्षण भएको सङ्ख्या झन्डै ५० लाख पुगेको छ।
यसमध्ये पोजेटिभ केसहरू झन्डै ९ करोड पुगेको छ। दशैँको बेलामा स्वास्थ्य मापदण्ड पालना गर्नको निम्ति सरकारले अझै पनि पहल गरिरहेको बेला धेरै जनाले यसको उल्लङ्घन गरेको देखिएको छ।
उनीहरूले दशैँको बेलामा आफन्त तथा इष्टमित्रको घरमा जाने या आफ्नोमा अरूलाई बोलाउने क्रममा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना खासै नगरेको देखिएको छ।
धेरै मानिसहरूले कोरोना विरुद्धको खोप लगाइसकेको तर यसको आडमा आफ्नो र आफन्तको स्वास्थ्यलाई जोखिममा राखेको देखिन्छ।
प्रहरीको प्रहारबाट रुपन्देहीमा स्थानीयको मृत्यु
रुपन्देहीमा प्रहरी र स्थानीयको झडपमा करिब ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
मृतकहरू मोतीपुर औद्योगिक क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी हुन्। आइतबार प्रहरीले यस ठाउँमा अवैध रूपमा रहेका छाप्रो र टहरा भत्काउने क्रममा उनीहरूको समुदायसँग नराम्रो झडपमा परेका थिए। प्रहरीतर्फ ५ जना सख्त घाइते तथा उपचाररत छन्।
घाइतेहरू बुटवल र भैरहवाका अस्पतालहरूमा उपचारको क्रममा छन्। प्रहरी दमनमा परेको भन्दै पीडित सुकुम्वासीहरूले यस घटनाको विरोधमा नारा पनि लगाएका थिए।
“जनताको मागको सम्बोधन नगरी शिलान्यास गर्न पाइँदैन!
भू-माफिया होसियार!
किसानलाई मार्न पाइँदैन!”
यस लगत्तै रुपन्देहीको जिल्ला प्रशासन कार्यालयले यस क्षेत्रमा अनिश्चित समयकोलागि कर्फ्यु समेत लगाएको थियो। स्थानीयको भनाई अनुसार यस क्षेत्रमा केही समय अघिदेखि दाङ, रोल्पा, रुकुम, म्याग्दी र धादिङ्गबाट धेरै जना मानिसहरू आइरहेका थिए।
मन्त्री हमालले राजीनामा दिए
आफू निर्वाचित भएको ७२ घण्टा नबित्दै उद्योग मन्त्रीका रूपमा चयन भएका गजेन्द्र हमालले आफ्नो पदबाट राजीनामा दिएका छन्। आफ्नो नियुक्तिको विषयलाई लिएर अनावश्यक विवाद भएको भन्दै उनले यस्तो गरेको भनेका छन्।
उनी नेपाली काङ्ग्रेसका एक जिल्ला स्तरीय नेता हुन् र यस पदको लागि उनलाई प्रधानमन्त्री शेर बहादुर देउवाले गत हप्ता नै चयन गरेका थिए।
यो कुरा सार्वजनिक हुनासाथ यस निर्णयको निकै विरोध तथा निन्दा हुन पुगेको थियो। हमाल प्रमुख न्यायाधीश चोलेन्द्र शमशेर राणाका निकटका नातेदार हुन्।
यस नियुक्तिको विषयलाई लिएर सर्वोच्चका केही पदाधिकारीहरूले पनि विरोध गरेका थिए।
संसद भन्दा बाहिरको व्यक्तिलाई यसरी मन्त्रीको पद दिएकोमा जनस्तरबाट पनि निकै आलोचना भइरहेको थियो।
राजनीतिक विश्लेषकहरूले यस्तो घटनाक्रम नेपाली राजनीतिमा अघिल्लो समयदेखि नै घटिरहेको र अहिले यस्तो हुनु भनेको एउटा सामान्य उदाहरण मात्र रहेको बताएका छन्।
देशभरि दुर्घटना
यस हप्ताभरिमा देशका विभिन्न ठाउँमा बस दुर्घटनाको कारण झन्डै ४० जनाको मृत्यु भएको छ। यस सँग-सँगै घाइते हुनेको सङ्ख्या करिब ५० जना जति पुगेको छ।
यस्ता घटनाक्रममा मङ्गलवार मुगुमा भएको बस दुर्घटनामा परि २२ जनाले ज्यान गुमाए र १८ जना घाइते भए भने आइतबार र सोमबार कास्की, स्याङ्जा र अछाम जिल्लामा विभिन्न दुर्घटनामा १५ जनाले ज्यान गुमाए र ३० जना घाइते भए।
मुगुमा दुर्घटना भएको बस नेपालगन्जबाट मुगुको सदरमुकाम जाँदै गर्दा पिना झ्यारीखोलामा खसेको थियो। सोमबार कास्कीमा यात्रुवाहक जिप भिरबाट खस्ने हुँदा ८ जनाले ज्यान गुमाएका थिए। यस यात्रुवाहक गाडी अन्नपूर्ण नगरपालिकादेखि घान्द्रुकतर्फ गइरहेको थियो।

File Photo Source: Bikram Rai/ Nepali Times
यस्तै आइतबार अछाममा गइरहेको बोलेरो जिप सडकको छेउबाट चिप्लेर २५० मिटर तल रहेको पञ्चदेवल नगरपालिकामा खसेको थियो। स्याङ्जामा त्यसै दिन एउटा जिप मूल बाटोबाट पल्टेर त्यसमा सवार एक चार वर्षिय बालिका सहित तीनजना मानिसहरूले ज्यान गुमाएका थिए।
साफ गेमको फाईनलमा नेपाल
नेपाललाई भारतले साफ फुटबल फाई नलमा तीन गोल गरेर पराजित गरेको छ। भारतको निम्ति यो खेलको आठौँ अन्तर्राष्ट्रिय जित हो। नेपालले भने भारतलाई यसको विरुद्ध कुनै गोल फर्काउन सकेन। खेल सकिएपछि नेपाली टोलीका गोलकिपर किरण चेमजोङले सञ्चारकर्मीसँग भने –
“यो हाम्रो निम्ति एक दुःख को क्षण हो, तर साथै एउटा ठुलो सफलता हासिल गरेको अवस्था पनि हो। हामी पहिलो पटक साफको फाई नलमा पुग्न सफल भयौँ र भारत सँग भिड्न पुग्यौँ। नतिजा सन्तोषजनक त भएन तर हाम्रो यात्रा यहाँ सकिँदैन। हामी अझै अगाडी बढ्नुपर्ने छ।”
यसअघि यस अन्तिम खेलमा पुग्न नेपाललाई जम्मा १ पोईन्टको जरुरी थियो, जुन बङ्गलादेशसँगको खेलामा सुनिश्चित भएको थियो।
उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो। माल्दिभ्सको राष्ट्रिय फुटबल मैदानमा बुधवार उक्त खेलको आठौँ मिनेटमा नेपालले बङ्गलादेशको १ गोल खेप्नुपरेको थियो।
खेलको ८८ औँ मिनेटमा नेपालले बङ्गलादेशलाई गोल फर्कायो।
शनिवार भएको फाइनल खेलमा भने नेपालले भारतसँग ३-० को हार व्यहोर्नु पर्यो।
दशैँको माहौल
दशैँको सुरुवात भएसँगै देशभर यसको रौनक छाएको देखिएको छ।
यस चाड मनाउन मानिसहरू आफ्नो घरमा फर्कने र आफन्तकोमा टिका लगाउन जाने चलनले अहिले काठमाडौँ लगायत अन्य सहरहरूमा सवारी साधनको चाप तथा मानिसहरूको चहलपहल भएको देखिन्छ।
यसै हप्ता काठमाडौँ सहरमा भने टिकाको दिन सुरु हुन अघि आकाशमा धेरै चङ्गाहरू उडेको देखियो।

Source: Wikimedia Commons
विषेश गरि पाटनमा यसपालि धेरै घर तथा रेस्टुरेन्टका छत्हरुबाट मानिसहरूले चङ्गा उडाएको देखियो।
अबको केही दिनमै काठमाडौँमा आफ्नो घर फर्किएका मानिसहरू आउने क्रम बढ्ने अनुमान गरिएको छ।
गत वर्षको तुलनामा यसपाली कार्यालयहरू प्राय खुला रहेको कारण प्राय मानिसहरू तिहारभन्दा अगाडी राजधानी आइपुग्ने सम्भावना देखिएको छ।