स–साना केटाकेटी भएका घरमा खेलौनाहरू हुने कुरा नौलो होइन।
प्लास्टिक वा अन्य धातुबाट बनेका यस्ता कतिपय खेलौना ब्याट्रीबाट सञ्चालित हुन्छन्।
र, विभिन्न खाले खेलौनामा फरक-फरक किसिमका ब्याट्रीहरू प्रयोग हुने गरेका छन्।
एसीसीसीले भने बटन सेल ब्याट्रीको प्रयोगलाई लिएर विशेष ध्यान दिन भनेको हो।
यस्ता ब्याट्रीहरू टाँक वा सिक्का जस्तै आकारको हुने भएकाले यिनीहरूलाई बटन वा कोइन ब्याट्री पनि भनिने गरेको पाइन्छ।
हानिकारक रसायनबाट निर्माण हुने यस्ता ब्याट्री बालबालिकाले निल्न सक्ने भएकाले, परिणाम गम्भीर ल्याउने हुन सक्ने पनि उक्त संस्थाको भनाई छ।
गोलाकार यस्ता ब्याट्रीहरू बालबालिकाको घाटीमा अड्कने सम्भावना पनि रहेको हुन्छ।

Source: AAP
नेपाली समुदायका अभिभावकहरू कत्तिको सचेत छन् त?
स्कोफिल्डमा बस्ने आदर्श खत्री नौ वर्षकी एक छोरी र दुई वर्षका एक छोराका बुवा हुन्।
आफू यस्ता कुरामा निकै सजक रहेको खत्रीले एसबीएस नेपालीलाई बताए।
छोरीको जन्मताका समाचारमा एक बालकले ब्याट्री निल्दा सो ब्या्ट्रि निकाल्न उनको शल्यक्रिया गर्नु परेको सुनेको बताउँछन् आदर्श खत्री।
त्यसयता आफूले ब्याट्रीबाट चल्ने कुनै पनि खेलौना नकिनेको उनको भनाई छ।
टु बि अनेष्ट मेरो घरमा ब्याट्रीबाट चल्ने कुनै पनि खेलौना राखेका छैनौआदर्श खत्री
“बच्चाहरूले जे पनि मुखमा राख्ने भएकाले हामीले साना ब्याट्रीहरू घरमै ल्याउँदैनौ, सिक्काहरूमा पनि विशेष ध्यान राख्छौँ,” खत्रीले भने।
यता हाल मेलर्वनको मलग्रेभमा बसोबास गर्ने राम प्रसाद भुसाल पनि आफ्नी पाँच बर्सिया छोरीका लागि साना खेलौनाहरू सकेसम्म खरिद नगर्ने बताउँछन्।
“बच्चा आफैले डिसिजन गर्न सक्ने नभएसम्म स–साना मुखमा अट्ने खेलौना दिनु चाहिँ राम्रो होइन भन्ने बुझ्छौ हामी, त्यही भएर हामी यसलाई अभोयइड नै गर्छौ,” उनले भने।
बजारमा पाइने बालबालिकाले खेल्ने यस्ता करोडौँ खेलौनामा साना गोलाकार ब्याट्रीहरूको प्रयोग हुने भएकाले, एसीसीसीले जुन महिनादेखि बटन ब्याट्री सम्बन्धी सुरक्षात्मक उपायहरू अपनाउनु पर्ने एक नयाँ कानून ल्याएको छ।
अस्ट्रेलियामा महीनै पिच्छे कम्तीमा पनि एक बालबालिका यसबाट गम्भीर घाइते हुने परिपेक्षमा यस सम्बन्धी सुरक्षालाई जोड दिनका लागि आफूले सो नयाँ कानून ल्याएको उक्त संस्थाको भनाई छ।
सन् २०२० डिसेम्बर महिनामा ब्याट्री सम्बन्धी सुझाव सरकार सामु बुझाइएको थियो।
उक्त सुझावको कार्यान्वयन भने जुन महिनाबाट भएको हो।
एसीसीसीलेले बटन आकारका ब्याट्री उत्पादन एवम् वितरण गर्ने व्यवासायीहरुलाई नयाँ सुरक्षा मापदण्ड पालना गर्नका लागि आग्रह गरिरहेको छ।
नयाँ नियम लागू गर्ने क्रममा उपभोक्ताहरूलाई पनि यस्ता ब्याट्रीबारे ध्यान दिन आग्रह गरिएको छ।

Source: AAP
नयाँ नियममा के छ त ?
अनिवार्य सूचना मापदण्ड अन्तर्गत, बालबालिकालाई ब्याट्रीबाट टाढै राख्न उनीहरुका खेलौना लगायतका उत्पादनहरूमा ब्याट्रीका लागि सुरक्षित स्थानहरू हुनुपर्ने नियम उल्लेख छ।
यसै गरी यस्ता उत्पादनहरूको ब्याट्री राख्ने ठाउँहरूको उपयुक्त जाँच र थप चेतावनी मूलक सूचना र एवं जानकारी राख्न अनिवार्य गरिने बताइएको छ।
नयाँ कानुनबाट बालबालिकाको खेलौना ब्रिकी वा आयात गर्ने सबै आकर्षित गर्ने हुने एसीसीसीकी उपाध्यक्ष डेलिया रिर्कार्डले एक विज्ञप्ति मार्फत जनाएकी छन्।
नियम लागु भएको नभएको बारेमा बुझ्न आफूहरूले अधिकारीहरू खटाउने पनि उनको भनाई छ।
“बालबालिकाको ज्यानै जोखिममा जान सक्ने गरी हुने दुर्घटनालाई कम गर्न उक्त कानुनले सहयोग पुग्नेछ,” विज्ञप्तिमा भनिएको छ।
एसीसीसीले गत वर्ष नै बटन ब्याट्रीको सुरक्षा सम्बन्धी मापदण्डहरू सार्वजनिक गरेको थियो।
यदि बालबालिकाले झुक्किएर यस्ता ब्याट्री निलेको खण्डमा दुई घण्टाको समयमै गम्भीर बनाउने र एक दिन भित्रमै बालबालिकाको ज्यान जान सक्ने खतरा हुने बताइन्छ।
बालबालिकाकाले ब्याट्री निलेको खण्डमा निसास्सिने, खोक्ने, छाती दुखेको बताउने, सास फेर्न गार्हो हुने, खाना अस्वीकार गर्ने, बान्ता हुने,पेट दुख्ने ज्वरो आउने जस्ता लक्षणहरू देखाउँछन्।
कतिपय बालबालिकामा लक्षण नदेखिने भएकाले ब्याट्री निलेको शङ्का लागेमा अस्पतालमा लगी एक्सरेका लागि अनुरोध गर्नुपर्दछ।
रिपोर्ट सुन्नुहोस्।

बटन ब्याट्री प्रयोग भएका खेलौना प्रयोग गर्ने क्रममा दुर्घटना हुँदा अस्ट्रेलियामा हालसम्म तीन बालबालिकाले ज्यान गुमाई सकेका छन् भने ४४ जना बालबालिका गम्भीर घाइते भएको तथ्याङ्क छ।
05:08
बालबालिकालाई सुरक्षित राख्न सूचना र जानकारी सहितको नयाँ वेबसाइट
यसैबिच अगस्ट १ तारिखबाट बालबालिकालाई सुरक्षित रहन मद्दत गर्ने सूचना सहितको एक सुरु गरिएको छ।
उक्त मा अभिभावक एवम् केयररहरुले बालबालिकाहरूले खेल्दा, सुत्दा, नहाउदा वा कपडाहरू लगाइदिँदै गर्दा कसरी सुरक्षित तरिकाले गर्न सकिन्छ भन्ने जानकारी वेबसाइटमा राखिएको छ।
सन् २०२१ सम्मको २० बर्से तथ्याङ्क हेर्दा बालबालिकालाई सुताउन प्रयोग गरिने गलत सामाग्रीहरूका कारण प्रत्येक दुई शिशुको ज्यान जाने गरेको एसिसिसिले जनाएको छ।
“साना केटाकेटी विशेष गरी शिशु, समुदायका सबैभन्दा बढी जोखिममा रहेका सदस्य हुन्, उनीहरूको सुरक्षाको प्रत्याभूति गराउनु हाम्रो मिसनको प्रमुख भाग हो,” रिर्काडले विज्ञप्ति मार्फत भनेकी छिन्।
उक्त वेबसाइटमा बालबालिकालाई सुरक्षित राख्नका लागि सुझावहरू राखिएका छन्।