यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः
- सिड्नीभन्दा अलि पर रिजनल, तर कामका लागि सिड्नी १-२ घण्टा ट्रेनमा आउन जान मिल्ने ठाउँहरू छन् अलि सस्तोमा घर किन्न कि रिजनल मात्रै हो उपाय?
- इन्भेष्टमेन्ट प्रप्रटीका लागि पर्थ, गोल्डकोस्ट वा जीलंग कहाँ राम्रो होला? 'रेन्टल यिल्ड' र 'यर अन यर रिटर्न'का हिसाबले? अनि यी सहरहरूमा अपार्टमेन्ट र सिंगल होम के मा लगानी राम्रो होला?
- बैंकबाट लोन निकालिसकेपछि, एकल कमाईमा गएका जोडीहरूले रिफाइनान्सिङ गर्दा केही समस्या हुन्छ?
- बैंक वा अन्य कुनै वित्त संस्थाबाट 'पर्सनल लोन' निकाल्दा के मा ध्यान पुर्याउनु पर्छ?
- घर भएका कतिपय मानिसले इक्विटी निकालेर कार किन्ने, व्यापारमा हाल्ने गरेको पनि देखिन्छ, इक्विटीको प्रयोग घर पुर्न निर्माण गर्न बाहेक अन्य चिजमा लगानी गर्न मिल्छ कि मिल्दैन्?
- नयाँ भर्खरै पीआर आएकालाई घर किन्नै सोच छ भने, केही योजनाहरू पनि छन् कि कतै?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा
गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।
- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।