अन्तर्राष्ट्रिय उडान र पठनपाठन अन्यौलमा र नियुक्तिबारे ओली र दाहाल बीच भनाभन: गत ७ दिन नेपालमा

Nepalese kids dressed in costumes during the Gaijatra festival amid Coronavirus (COVID-19) crisis.

Nepalese kids dressed in costumes during the Gaijatra festival amid Coronavirus (COVID-19) crisis. Source: Sipa USA Sunil Pradhan / SOPA Images/Sipa

सत्र अगस्ट देखि अन्तर्राष्ट्रिय उडान र पठनपाठन फेरी सुरु गर्ने सरकारी योजना बढ्दो कोरोना सङ्क्रमणका साथ् अन्यौलमा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको नियुक्तिमाथि नेकपाका दुइ अध्यक्षबीच भनाभन भएको लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार।


कोरोना

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या २२ हजार भन्दा बढी पुगेको र मृतकको संख्या ७० भन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।

गत हप्तादेखि लकडाउन खुकुलो बनाइएपछि नेपालमा संक्रमित मानिसको संख्या अचानक बढेको छ।

काठमाण्डु लगायतका ४ जिल्लामा ५०० भन्दा बढी सकृय संक्रमित छन् भने ,५००० भन्दा बढी सकृय संक्रमित रहेको प्रदेश २ मा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको अभाव भइरहेको छ।

अस्पताल, क्वारेण्टिन क्षेत्र र आइसोलेसन केन्द्रहरु क्षमताभन्दा बढी बिरामीको चापले समस्यामा परेपछि सरकारले घरमै आइसोलेसनमा बस्नका लाग निर्देशिका तयार गरेको छ।

वीरगञ्जका सांसद प्रदीप यादवमा कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री राम बहादुर थापाले समेत कोरोना परीक्षण गराएका छन र उनीहरुको नतीजा नेगेटिभ आएको छ।

यादवले वीरगञ्जमा स्वास्थ्यकर्मी अत्यन्त व्यस्त भएको र कोरोना संक्रित मानिसलाई स्वास्थ्य सल्लाह समेत दिन नभ्याउने भएको आफ्नो अनुभव बाँडेका छन्।

लकडाउन

लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेकाले सरकार लकडाउन खुलाएको विभिन्न क्षेत्रबाट पछि हट्न बाध्य भएको छ र यो हप्तादेखि फेरी प्रतिबन्धहरु लागु गरेको छ।

५०० भन्दा धेरै संक्रमित भएका जिल्लामा जोर बिजोर प्रणाली लागु गरिएको छ र काठमाण्डुका सडकमा सवारी साधनको चाप घटेको छ।

संक्रमण धेरै देखिएका र धेरै भीडभाड हुने काठमाण्डुका न्यु रोड, असन लगायतका केही क्षेत्र सील गरिएका छन्। तर विगतको जस्तो पुर्ण लकडाउन भने नहुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताएका छन्।

"नेपाल सरकारले जहाँ जोखिम संक्रमणको देख्दैन, त्यहाँ खुकुलो गर्दै जान्छ, र जहाँ संक्रमणको जोखिम देख्छ त्यहाँ सेवाहरु कतिपय रोक्दै जानुपर्ने हुन्छ। लकडाउन भनेर जसरी गएका थियौं, त्यो विधिबाट जाने तर्फ अहिले सरकारले केही पनि सोचेको छैन।"

तर छोटो समयका लाग विभिन्न क्षेत्रले स्थानीय स्तरमा बन्दाबन्दी र निषेधाज्ञा समेत जारी गरेका छन् भने काठमाण्डु उपत्यकाका तीनै शहरमा सरकारी कार्यालयहरुले आधारभूत बाहेकका सेवाहरु स्थगित गर्ने बताएका छन्।  

Nepalese people wear facial mask as they watch the Gai Jatra (Cow Festival) procession, amid the coronavirus pandemic, in Kathmandu, Nepal, 04 August 2020.
Nepalese people wear facial mask as they watch the Gai Jatra (Cow Festival) procession, amid the coronavirus pandemic, in Kathmandu, Nepal, 04 August 2020. Source: EPA

सत्र अगस्ट पछिको अन्यौल

१७ अगस्ट देखि सञ्चालन गर्ने भनिएका विभिन्न गतिविधिहरु कोरोना संक्रमितको संख्या बढेपछि अन्योलमा परेका छन्।

गत हप्ता सरकारले लकडाउन खुकुलो गर्दै भदौ १ गते देखि अन्तर्राष्ट्रिय हवाइ उडान र पठनपाठन फेरी शुरु गर्ने बताएको थियो। तर अब भने त्यो दिन देखि विद्यार्थीहरु विद्यालय जाने अवस्था नभएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।

"कोभिडले अब कक्षाकोठाको पढाइबाट स्वयं सिक्ने प्रकृयातर्फ हामी सबैलाई अगाडि बढाएको छ। त्यसकारण हाम्रो एउठा जोड चाहिँ, जो वैकल्पिक र दूर शिक्षाको आधारमा जो हामीले अहिले सिक्ने सिकाउने प्रकृया बनाएका छौं, यसैलाई अझ बढी प्रभावकारी बनाउने।"

त्यस्तै, अन्तर्राष्ट्रिय उडान पनि कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहेको छ।

सरकारले आगामी हिउँदे मौसममा पर्यटन र पर्वातारोहण जस्ता कृयाकलापका लागि पनि अनुमति दिने बताएको थियो। तर संक्रमितको संख्या बढिरहेको अवस्थामा कसरी पर्यटकलाई आकर्षित गर्ने भन्ने प्रश्न देखिएको छ।

नेपाल भित्रिने हरेक मानिसले अनिवार्य कोरोनाको परीक्षण गरेको हुनुपर्ने र १४ दिन क्वारेण्टिनमा बिताउनुपर्ने जस्ता कदममाथि पर्यटन मन्त्रालयले छलफल गरिरहेको छ।
A bus seen on the road after the government lifted restrictions on movements in Kathmandu, Nepal.
Nepal government has decided to allow the operation of the public vehicles within the respective district and inside the valley. Source: Sipa USA Prabin Ranabhat / SOPA Images

लगानी बोर्ड

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्तिमाथि नेकपाका दुइ अध्यक्षबीच भनाभन भएको छ र नेकपाको नेतृत्वको संकट अझ गहिरो भएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुइ अध्यक्ष केपी ओली र प्रचण्ड बीच केही महिनादेखि तनाव बढिरहेको छ।गत महिना कोरोनाको व्यवस्थापन लगायतका विषयमा पार्टीभित्रकै नेताहरु ओलीसँग असन्तुष्ट बनेर उनको राजीनामा मागेका थिए।

ओलीले विदेशी शक्तले आफ्नो राजीनामा खोजेको बताएपनि प्रचण्डले भने त्यसको खण्डन गर्दै आफैंले ओलीको प्रधानमन्त्री पदबाट र पार्टी नेतृत्वबाट राजीनामा मागेको बताएका थिए।

त्यो विषयको फैसला गर्नका लागि बस्ने भनिएको नेकपाको बैठक अझै बस्न सकेको छैन भने यसबीचमा विभिन्न विषयमा ओली र प्रचण्डबीच विवाद भइरहेका छन्। प

छिल्लो समयमा विवदित छवि भएका मानिसलाई लगानी बोर्डको नेतृत्वमा नियुक्ति गरेको ओलीको चौतर्फी आलोचना भएको छ भने प्रचण्डले पनि ओलीले एकलौटी रुपले फैसला गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। 

Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018.
Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018. Source: Facebook

अयोध्या

प्रधानमन्त्री केपी ओलीले माडी नगपालिकाका वडा नं ९ का वडाध्यक्षलाई फोन गरेर वीरगञ्ज नजिकैको ठोरीमा हिन्दु मिथकमा वर्णित स्थान अयोध्या पत्ता लगाउने अध्ययनमा गर्न निर्देशन दिएका छन्।

करीब ३ हप्ता अघि हिन्दु मिथक रामायणका पात्र रामको जन्मस्थल नेपालमै हो भनेर खलबली मचाएपछि फेरी उनले त्यसलाई प्रमाणित गर्न खोजेका हुन्।

हिन्दुहरुले भारतको उत्तर प्रदेश स्थित अयोध्या नगरलाई रामको जन्मस्थल मान्दछन्।

गत हप्ता मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राममन्दिरको शिलान्यास गर्ने क्रममा त्यही स्थान नै रामको जन्मभूमी हो भन्ने विश्वास दोहोर्याएका छन्।त्यसपछि पनि प्रधानमन्त्री ओलीले भने अयोध्या नेपालमै रहेको पुष्टि गर्न लागिपरेका छन् र पुरातत्व विभागले त्यो स्थानमा अनुसन्धान शुरु गरेको छ।

यो धार्मिक रुपमा अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री ओलीको हलुका टिप्पणीले नेपाल भारत सम्बन्धमा नकारात्मक असर पर्ने डर बढेको छ।

चाडपर्व

धेरैवटा चाडपर्वहरु परेको यस हप्तामा जनै पुर्णिमा र गाई जात्रा मनाइएका छन्। नेपालका विभिन्न समुदायले आआफ्नै तरीकाले जनै पुर्णिमा मनाएका छन् – कतिले हातमा डोरो बाँधेर त कतिले क्वाँटी खाएर।

जनै पुर्णिमाका समयमा गरिने तीर्थयात्रा भने यसपाली कमैले गरेका छन् भने दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले निकाल्ने गाई जात्रा विभिन्न जिल्लामा मनाइएको छ।

गाई जात्रामा परम्परागत मुखुण्डो भन्दा बढी मास्कहरु देखिएका छन्।

यसै बीचमा स्वास्थ्य मन्त्रालयले चाडपर्व मनाउँदा पालना गर्नुपर्ने निर्देशिका जारी गर्दै एकै घर परिवारका मानिस मात्रै चाडपर्व मनाउन निर्देशन दिएको छ।

चाडपर्वमा घरबाहिर नजान र जानै परे मास्क र स्यानिटाइजर प्रयोग गर्न पनि मन्त्रालयको निर्देशन छ।
A devotee (R) wears a face shield as he gets a sacred thread from Hindu priest during the Janai Purnima festival, amid coronavirus pandemic, at the Bagmati River in Kathmandu, Nepal, 03 August 2020.
A devotee (R) wears a face shield as he gets a sacred thread from Hindu priest during the Janai Purnima festival, amid coronavirus pandemic, at the Bagmati Rive Source: EPA

Share