यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरू:
- नयाँ गभर्नर मिशेल बुलकले जिम्मेवारी सम्हालिसकेको अवस्थामा, ब्याज दर बढ्ने वा हाल कै कायम रहने, कस्तो देखिन्छ?
- बेलाबेलामा बैङ्कहरूले 'रिफाइनान्सिङ'का लागि विभिन्न 'अफर'हरू ल्याएका हुन्छन्। बैङ्क परिवर्तन गर्दा वा फाइनान्स गरिँदा केही 'रिस्क' हुन्छ वा यसबाट फाइदा उठाउन सकिन्छ?
- सिङ्गल पेरेन्ट्सले घर किन्न के गर्नुपर्छ? पाँच प्रतिशत 'डिपोजिट स्किम'मा घर किन्न सेन्टरलिङ्क पहिला जाने कि बैङ्क?
- मेलबर्नका विकास हुँदै गएका कालकालो वा डनिब्रुक तिर घर किन्दा राम्रो कि ग्लेनरोइ वा वेरिबी जस्ता बस्ती रहेका ठाउँमा? नयाँ ठाउँमा बैङ्कले लोन दिन आनाकानी गर्छ र?
- मेलबर्न, सिड्नी बाहेक घर किन्ने वा लगानीका हिसाबले सस्तो र 'ग्रोथ' देखिने ठाउँहरू चाहिँ कता छन्?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।