गत सात दिन नेपालमा: साफ च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो र दशैँ मनाइरहँदा कोभिड-१९ सङ्क्रमण बढ्नसक्ने चिन्ता ब्यक्त

The ten-day long festival commemorates the victory of the gods over demons. (AP Photo/Niranjan Shrestha)

Nepalese people wearing masks as a precaution against the coronavirus shop on the first day of Dashain festival in Kathmandu, Nepal, Thursday, Oct. 7, 2021. Source: AP/Niranjan Shrestha

नेपालले श्रीलङ्कालाई सोमबार साफ च्याम्पियनसिपको अन्तरगत भएको खेलमा २ को विरुद्ध ३ गोल गरेर जित हासिल गरेको छ। त्यस्तै स्वास्थ्य अधिकारीहरूले दशैँ मनाउने क्रम सँगै देशका विभिन्न ठाउँमा पुगेका मानिसहरूले कोरोनाको सङ्क्रमण फैलाउने डर व्यक्त गरेका छन्।


दशैँको बेला कोरोनाको डर

कोरोनाको कारण अहिलेसम्म नेपाल अधिराज्यभरि करिब ११ हजार दुई सय भन्दा बढीको मृत्यु भइसकेको छ। दशैँको बेलामा यी मृतकका परिवारमा शून्यता छाएझैँ काठमाडौँमा पनि मानिसहरूको चहल पहल र सवारी साधनको चाप कम भएको छ।

यहाँ रहेका आधाभन्दा बढी मानिसहरू आफ्नो पुर्ख्यौली घर जाने क्रममा छन् भने कति जना छुट्टीको समयमा आफ्नो घर पुगिसकेका छन्।

यसको सँग-सँगै देशका विभिन्न ठाउँमा पुगेका सहरवासीहरूले कोरोनाको सङ्क्रमण फैलाउने डर उत्तिकै रहेको छ भने, उनीहरू सहर फर्कने बेला अन्य भेरियन्टका भाइरसको सङ्क्रमण बढ्ने सम्भावना पनि देखिएको छ।

यस सन्दर्भमा स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले यस हप्ताको कोभिड-१९ ब्रिफिङमा भनेका छन्, “जहाँ छौँ त्यहीँ चाडबाड मनाउन सक्छौँ र त्यही अनुरोध गर्छौँ। हामीले लामो यात्रा गरेर सहरबाट गाउँ र गाउँबाट सहर; श्‍वदेशबाट विदेश र विदेशबाट स्वदेस जाने-आउने काम अहिले पनि नगरौँ। अझै हामीले केही समय सम्यमता अपनाउनुपर्ने छ।”

अहिले नेपालमा चलिरहेको कोरोना विरुद्धको खोप अभियानले भने मासिक तथा दैनिक मृत्यु दरमा उल्लेखनीय कमी ल्याएको छ।
A group of women line up to receive a dose of Shinopharm Vero cell COVID-19 vaccine in Kathmandu, Nepal. 31 July 2021.
Source: EPA

फर्जी पैसा लुकाउने नेपाली सार्वजनिक

नेपालका केही व्यापारीहरूले अवैध रूपमा विदेशमा लगानी गरेको र स्विस बैङ्कमा आफ्नो सम्पत्ति राखेको कुराको खुलासा भएको छ।

‘द प्यानडोरा पेपर्स’ को शीर्षकमा वासिङ्टन डि. सी. का छानबिन पत्रकारिता संगठनको प्रयासको फलस्वरूप यस हप्ता विश्वभर सार्वजनिक गरिएको करिब १ करोड २० लाख कागजातहरूको आधारमा यस्तो खुलासा भएको हो।
Pandora Papers logo
Source: LOIC VENANCE/AFP via Getty Images
यस अनुसन्धानको क्रममा यो संगठनले ११७ देशका करिब ६०० जना पत्रकारहरूलाई संलग्न गराएको थियो। नेपालको तर्फबाट यसको निम्ति ‘सेन्टर फर ईन्भेस्टिगेटिभ जर्नलिज्म नेपाल’ ले आफ्नो रिपोर्ट तयार पारेर यस अनुसन्धानको निम्ति योगदान गरेको थियो।

विश्वभरका पत्रकारहरूको यस अनतराष्ट्रिय साझेदारीद्वारा संसारभरिका अवैध कारोबार गर्ने व्यक्तिहरूको सुचीमा १६ जना नेपालीहरू रहेका छन्।

यी व्यक्तीहरु मध्ये नेपालको चर्चित चौधरी ग्रुपका विनोद चौधरी र उनका परिवारका सदस्यहरू तथा गोल्छा ग्रुपका परिवारका सदस्यहरू रहेका छन्।

उनीहरूलाई भर्जिन आईल्याण्डमा अवैध लगानी गरेको आरोप समेत लागेको छ।


ढिलै भए पनि मन्त्री परिषद् विस्तारमा


नयाँ सरकार गठन भएको करिब ९० दिन नै पुग्न आँटिसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका सह राजनैतिक दलका नेताहरूले बल्ल मन्त्रीपरिषद्को विस्तारको कार्य सकाएका छन्।

यसमा यति धेरै समय लागेकोमा सरकारलाई जनस्तरबाट केही आलोचना आइरहेका छन्।

हाल कुन पार्टीको नाममा कुन मन्त्रालय राख्ने भनेर भागबन्डा भएको छ।

यस अनुसार नेपाली काङ्ग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व लिने भएको छ भने नेकपा माओवादीले अर्थ, ऊर्जा, शिक्षा-विज्ञान तथा प्रविधि, भूमि व्यवस्था-सहकारी तथा गरिबी निवारण, उद्योग-वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालयको नेतृत्व गर्ने भएको छ।

यस्तै एकीकृत समाजवादी पार्टीले पर्यटन तथा नागरिक उड्डयन, कानुन-न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहकारी विकास जस्ता मन्त्रालयको नेतृत्व दिइएको छ।

यस्तै आएर जनता समाजवादी पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, सङ्घीय मामिला तथा सामान्य प्रशासन लगायत वन तथा वातावरण मन्त्रालयको नेतृत्व दिइने तय भएको छ।

प्रधानन्यायाधीशका नातेदारको नियुक्तिमा आपत्ति

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलको गठन पुरा गरे पनि भर्खरै उनले मन्त्री नियुक्त गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालको विषयमा सर्वोच्चका केही न्यायाधीश तथा अधिवक्ताहरूले आपत्ति जनाएका छन्।

यस मध्य प्रधानन्यायाधीश, पूर्व न्यायाधीश र केही वरिष्ठ अधिवक्ताहरू रहेका छन्। हमाललाई गैरसांसद रहेको आरोप लागेको छ। प्रधानमन्त्रीको यस कदमलाई उनीहरूले न्यायपालिका, संविधान र लोकतन्त्रको विपरीत रहेको लाञ्छन लगाएका छन्।

यस अवैधानिक कदममा प्रधानमन्त्रीलाई साथ दिएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवको समेत निन्दा गरिएको छ।

हमाललाई मन्त्री नियुक्त गरिनुमा प्रतिनिधिसभाको पुनः स्थापना गर्न राखिएका निर्णायक समितिका जबरा बाहेक अन्य वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको कुनै संलग्नता नरहेको कुरा विरोधी न्यायकर्मीहरूद्वारा सार्वजनिक भएको छ।

यसरी न्यायालयको ढोकालाई ढकढकाएर केपी ओली सरकारको असंवैधानिक कार्यलाई विफल बनाउने नेताहरू केही समय नबित्दै आफै असंवैधानिक कार्यमा संलग्न रहेकोमा उनीहरूले असन्तुष्टि जनाएका छन्।

महिला हिंसा विरुद्ध नेपालगन्ज देखि काठमाडौँ सम्म पैदल यात्रा

नेपालगन्जबाट शुक्रबार काठमाडौँ आएका आन्दोलित समूहले त्यहाँ भर्खरै मृत्यु भएका दुई महिलाको सन्दर्भमा स्थानी प्रशासनले अनुसन्धान र कारबाही गर्न लापरबाही गरेको गुनासो गर्दै सरकारसँग वार्ता गरेको छ।

उनीहरूले गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलसँग भेटेर सरकारले यसको समाधानको निम्ति लिखित प्रतिबद्धता दिनुपर्ने माग राखेका छन्।

उनीहरूको समूहले शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका थिए। उनीहरूले यस घटनाको दोषीलाई पक्राउ गर्न माग गरेका थिए। यसको साथै उनीहरूले बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारी र डिएसपी मधुसूदन न्यौपाने माथि पनि कारबाही गर्न माग गरेका थिए।

विरोध टोलीमा रहेकी रबी खातुनलाई भने प्रहरीले पक्राउ गरेर नेपालगन्ज नै फिर्ता पठाएको छ। उनीहरू त्यहाँबाट मृतक नन्कुन्नी धोबी र निर्मला कुर्मीको नामामा न्यायको माग गर्दै पैदलनै काठमाडौँ आएका थिए।

सार्क खेलमा नेपाल अग्र स्थानमा

नेपालले श्रीलङ्कालाई सोमबार साफ च्याम्पियनसिपको अन्तरगत भएको खेलमा २ को विरुद्ध ३ गोल गरेर जित हासिल गरेको छ।

यो खेल माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल स्टेडियममा आयोजना गरिएको थियो। खेलको पहिलो गोल नेपालका सुमन लामाले गरे भने दोस्रो गोल अञ्जन बिस्टले गरेका छन्।

यस्तै तेस्रो गोल भने ८६ औँ मिनेटमा आयुष घलानले गरे। यसअघि नेपालले आयोजक देश माल्दिभ्सलाई नै हराएको थियो। यस खेलको उत्कृष्ट खेलाडीको रूपमा नेपालका फरवार्ड अञ्जन बिष्ट सम्मानित भएका छन्।

यसपछि उनले त्यस खेलको ‘पोस्ट म्याच कन्फ्रेन्समा’ मा आफ्नो मन्तव्य व्यक्त गरे, “म आफ्नो सबै सह खेलाडी मित्रहरु र हाम्रो प्रशिक्षकलाई तथा हरेक नेपाली फुटबलका समर्थकलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी हाम्रो प्रशिक्षकले म माथी गर्नुभएको विश्वास लाई कदर गर्न चाहन्छु र वहाँले भन्नुभएझैँ, यो खेलमा मात्र हैन, हामी अन्तिमसम्म लडिरहने छौँ।”

नेपालको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड तोड्ने आफूमा इच्छा रहेको कुरा उनले यसै कन्फ्रेन्समार्फत बताएका छन्।

हाल नेपालको गोलको कीर्तिमान १३ रहेको छ, जसलाई हरि खड्का र नीराजन रायमाझीले कायम गरेका थिए। नेपालले अर्को म्याच आज भारतसँग खेल्नेछ।


Share