नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा र हेलिकप्टर दुर्घटनामा ६ को मृत्यु - गत ७ दिन नेपालमा

Nepali football team participating in the SAFF Games 2018.

Nepali football team participating in the SAFF Games 2018. Source: RSS

साफ च्याम्पियनसिप– २०१८ को समूह ‘ए’ अन्तर्गत लिगको अन्तिम खेलमा बंगलादेशलाई २–० गोल अन्तरले हराएर नेपाल सेमिफाइनलमा प्रवेश र शनिबार गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङ पाखाको खोँचमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु - यी थिए गत ७ दिन का नेपालका केहि प्रमुख समाचार |


हेलिकप्टर दुर्घटना हुँदा ६ को मृत्यु

शनिबार गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङ पाखाको खोँचमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ ।

पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक हेलिकप्टरमा सवार थिए । घटनालगत्तै प्रहरी र सेनाको टोलीले एक जना महिलाको जिवितै उद्धार गरेका थिए ।

अल्टिच्युड एयरका सिताराम सापकोटाका अनुसार हेलिकप्टरको शनिबार बिहान आठ बजेपछि टावरसँग सम्पर्क टुटेको थियो । घाइते आनी डोल्मा शेर्पाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै दुर्घटनामा परेर मृत्यु हुनेमा हेलिकप्टरका क्याप्टेन निश्चल केसी, जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनील तामाङ, गोरखाकी ल्हो आनी डोल्पा डिकी र छोवाङ नुर्वु, छन् ।
A woman is being rescued after Altitude Air helicopter crash enroute to Kathmandu on Saturday 8 september 2018.
A woman is being rescued after Altitude Air helicopter crash enroute to Kathmandu on Saturday 8 september 2018. Source: RSS
...

फेरि सुरुबाट निर्मला पन्त घटनाको अनुसन्धान हुन्छ ः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त घटनामा प्रहरीको भूमिकालाई लिएर स्थानीयले आक्रोश पोखेका छन् । स्थानीयहरुले राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आलोचना गरेका थिए ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या भएको प्रतिक्रिया दिएका थिए ।
दोषीलाई कानुनी दायरामा ल्याउने भन्दै उनले प्रहरीमाथि अविश्वास नगर्न समेत आग्रह गरेका थिए ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले निर्मला पन्त हत्याबारे भइरहेको अनुसन्धानको अनुमगन गर्ने जानकारी गराएकी थिइन्।

...

तीजको दर खाँदा चार सय बिरामी

तीजको दर खाँदा काभ्रेमा झण्डै चार सय जना बिरामी परेका छन् । काभ्रेको स्वावलम्बी बहुउद्धेश्यीय सहकारीाले आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएका झण्डै चार सय जना बिरामी परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
प्रहरीका अनुसार आयोजकले चार सय हाराहारीलाई दर खुवाएका थिए ।
जसमध्ये दुई सय जनाको धुलिखेल अस्पताल र पाँचखालस्थित प्राथमिक स्वाथ्य चौकीमा उपचार भइरहेको छ । बाँकी बिमारीलाई उपचारको लागि राजधानीको विभिन्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले बाँकी रहेको खानेकुराको नमुना संकलन गरेर प्रयोगशाला पठाएको जानकारी दिएको छ ।
Four hundred women had food poisoning during Teej celebration in Kavre.
Four hundred women had food poisoning during Teej celebration in Kavre. Source: Supplied
...

चिकित्सक संघले सरकारलाई दियो अल्टिमेटम

नेपाल चिकित्सक संघले मंगलबार एक हप्ताभित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ। संघका अध्यक्ष मुक्तिराम श्रेष्ठका अनुसार एक हप्ता भित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएका थिए ।

आँउदो सोमबारभित्र ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकारविरुद्ध आकस्मिकबाहेकका अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने जानकारी उनले पत्रकार सम्मेलनमार्फत गराएका थिए। 

संघले चिकित्सकको लापरबाहीको कारणले बिरामीको ज्यान गएमा अनुसन्धानको प्रक्रियाको लागि कानुनीको व्यवस्था गर्न समेत सरकारलाई माग गरेको छ । सरकारले भदौ १ देखि मुलुकी अपराध ऐन लागु गरेको थियो ।

...

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको थियो ।
अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाईपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन्।
गृह सचिवबाट अवकाश भएपछि घिमिरे चार वर्षअघि अख्तियारका आयुक्त नियुक्त भएका थिए। संवैधानिक परिषद्ले अन्य संवैधानिक आयोगमा पदाधिकारीहरुको नियुक्त प्रक्रिया अगाडि बढाएको छ।

...

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

साफ च्याम्पियनसिप२०१८ को समूह अन्तर्गत लिगको अन्तिम खेलमा बंगलादेशलाई २० गोल अन्तरले हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार ढाकास्थित बंगलाबन्धु स्टेडियममा आयोजित खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराउँदै नेपाल समूह विजेता भएको थियो।
नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। शनिबार भएको अर्को खेलमा पाकिस्तानले भुटानलाई ३० गोल अन्तरले हराएपछि नेपाललाई जित्नै पर्ने दबाब थियो।

नेपाल र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् भने बंगलादेश र भुटान प्रतियोगिताबाट बाहिरिएका छन्।

 


Share