गृह मामिला मन्त्री क्लेयर ओनिलले समीक्षा समितिको रिपोर्ट सार्वजनिक गर्दै हालको प्रणाली ढिलो र अत्याधिक जटिल भएको बताएकी छिन्।
समीक्षा समितिले सरकार समक्ष कुल ३८ वटा नीति सुधारका सुझावहरू प्रस्तुत गरेको छ।
समीक्षाको बारेमा प्रतिक्रिया दिँदै मन्त्री ओनिलले दुई वटा परिवर्तनहरू हुने स्पष्ट पारेकी छिन् भने चाडै अन्य धेरै परिवर्तनहरू ल्याइने सङ्केत गरेकी छिन्।
सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरू मध्येको एक भनेको जुलाई १ देखि हाल स्पन्सर गरिएका आप्रवासीहरूलाई दिइने गरेको न्यूनतम रकम बढाउनु पर्ने रहेको छ।
टीएमएसएमआइटी भनेर चिनिने अस्थायी भिसामा रहेका सीपयुक्त आप्रवासीहरूलाई दिइने तलब थ्रेसहोल्ड एक दशक अगाडी ५३ हजार डलरमा सीमित गरिएको थियो।
त्यसपश्चात् नबढेको सो रकममा अब भने वृद्धि भएर ७० हजार पुग्नेछ।
साथै मन्त्री ओनिलले सीपयुक्त अस्थायी भिसामा रहेका कामदारहरूलाई सन् २०२३ को अन्त्यसम्ममा स्थायी वासस्थान भिसाको लागि आवेदन हाल्ने अवसर दिइने पनि घोषणा गरेकी छिन।
LISTEN TO

पुरा रिपोर्ट सुन्नुहोस्
09:02