एन्ज्याक डे हरेक वर्ष २५ एप्रिलमा पर्दछ। यस दिनलाई पहिलो पटक अस्ट्रेलियन एन्ड न्यु जिल्यान्ड आर्मी कोर्प्स (एन्ज्याक) भनेर चिनिने अस्ट्रेलिया तथा न्यु जिल्यान्डका सैनिकहरूको सम्मानका लागि सुरु गरिएको थियो।
पछिल्लो समयमा यस दिनलाई युद्धमा तथा सम्बन्धित सैन्य सेवामा लडेका तथा ज्यान गुमाएका सबै अस्ट्रेलियालीहरूलाई सम्मान गर्ने दिनको रूपमा लिइन्छ।
तपाईँले पनि एन्ज्याक डेका विभिन्न कार्यक्रममा भाग लिन सक्नु हुन्छ।

Wreaths are placed on the Cenotaph during the Anzac Day Dawn Service at Martin Place in Sydney, Monday, April 25, 2022. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE
तपाईँको स्थानीय "डन सर्भिस" मा जानुहोस्
एन्ज्याक डेमा देशभर बिहान करिब ४:३० बजे "डन सर्भिस" भनेर चिनिने कार्यक्रमहरू आयोजना हुन्छन्।
अस्ट्रेलिया र न्यु जिल्यान्ड सेनाको "एन्ज्याक" समूह बिहान सोही समयमा ग्यालिपोली पुगेको सम्झँदै यो समय चुनिएको हो।
कार्यक्रम सुरु हुने समय अस्ट्रेलियाको विभिन्न राज्य तथा प्रदेशमा ठाउँ अनुसार फरक हुन सक्छ।
डन सर्भिसमा सबै युद्ध र सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा भाग लिएका मानिसहरूलाई सम्झिएर सम्मान व्यक्त गरिन्छ।
त्यसमा ससेज, ब्रेड रोल र अण्डा सहित कहिलेकाहीँ कफी र रम पनि हुन्छ, जुन सैनिकहरूले युद्ध सुरु हुनु अघि बिहान खाने गर्दथे।

Women march carrying photos of relatives during the Anzac Day parade in Sydney, Australia, Sunday, April 25, 2021. Source: AP / Mark Baker/AP/AAP Image
स्थानीय एन्ज्याक डे मार्चमा जानुहोस्
डन सर्भिस पछि देशभर सेनामा सेवा गरेका सैनिकहरूले परेडमा भाग लिन्छन्।
"दोस्रो विश्व युद्धमा भिडेका सैनिकहरू मध्य अहिले धेरै कम बाँकी छन्, र उनीहरू पनि ९० वर्ष कटिसकेका छन्। तर यससँगै, कोरिया र भियतनामका युद्धमा लडेका, र सोमालिया, अफगानिस्तान र इराकका पछिल्ला द्वन्दमा सेवा पुराएका अस्ट्रेलियाली सैनिक, सेलर र हवाई चालकहरू पनि छन्," अस्ट्रेलियन वार मेमोरियलको राष्ट्रिय सङ्ग्रहका सहायक निर्देशक ब्रायन डसनले बताए।
"यस लगायत, अन्य द्वन्दहरूमा लडेका र अस्ट्रेलिया आएका अरू सैनिकहरू पनि छन्।"

A war veteran shares a laugh with his grandaughter (R) in Sydney on April 25, 2016 during the Anzac parade to mark the centenary of the Gallipoli landings. Source: AFP / PETER PARKS/AFP via Getty Images
यी कार्यक्रमहरू हेर्न कुन ठाउँमा जाने?
हरेक प्रमुख सहरको आफ्नो मुख्य डन सर्भिस र एन्ज्याक डे मार्च हुने गरेको छ।
डन सर्भिस, परेड र गनफायर ब्रेकफास्टहरू आरएसएल अस्ट्रेलियाले आयोजना गर्दछ।
त्यसैले, तपाईँ बस्ने ठाउँमा के कार्यक्रम हुँदै छ भन्ने जानकारीका लागि आफ्नो लाई सम्पर्क गर्नुहोस्।
यो पनि हेर्नुहोस्:

अस्ट्रेलियाली युद्ध के हो र इतिहासले यसलाई किन स्वीकार गर्दैन?
पूर्व सेना र तिनका परिवारहरूले एन्ज्याक डेलाई आफ्नो स्थानीय आरएसएलमा बिताउँछन्।
यस दिन खेल्ने चलन छ, जुन एन्ज्याक डेमा मात्र कानुनी रूपमा खेल्न पाइन्छ।
यस खेलमा सिक्काहरू उफारेर, टाउको पर्छ कि पुच्छर पर्छ भनेर बाजी राखिन्छ। उपहार भने सबै प्रतिस्पर्धीले राखेको पैसा हुन्छ।

CANBERRA, AUSTRALIA - APRIL 25: Poppies are placed beside the names of those who lost their lives on the Roll of Honour for World War II during the ANZAC dawn service at the Australian War Memorial on April 25, 2009 in Canberra, Australia. Credit: Mark Nolan/Getty Images
एन्ज्याक डेका प्रतीकहरू
एन्ज्याक डेलाई मानिसहरूले विभिन्न प्रतीकसँग जोडेका छन्।
कसैले त्यस दिनमा रोजमेरीको टुक्रा लगाउने गर्छन्, जुन युद्धको समयमा ग्यालिपोलीमा पाइने जडीबुटी थियो।
कतिले "लोन पाइन" भनेर चिनिने धुपी, र ग्यालिपोली गुलाफको प्रयोग गर्छन्। सैनिकहरूले युद्ध पछि ग्यालिपोली क्षत्रबाट ती बिरुवाका बीउ अस्ट्रेलिया ल्याएका थिए।
त्यस्तै, पहिलो विश्व युद्ध पछि युद्ध भूमिमा "रेड पपी" भनेर चिनिने युरोपेली फूल फूलेको थियो। रेड पपीलाई लडाइमा ज्यान गुमाएका सैनिकहरूको सम्झनाको प्रतीक मानिन्छ।
दि ओड अफ रिमेम्ब्रेन्स एउटा कविता हो जुन युद्धमा गरिएका बलिदानको सम्झनामा एन्ज्याक डेका सेवाहरूमा वाचन गरिन्छ।
अस्ट्रेलियन वर मेमोरियलसँगको सहकार्यमा, प्रस्तुत गरेको छ।

Chewy anzac biscuits & rosemary stem cutting on cooling rack. Source: iStockphoto / Tim Allen/Getty Images/iStockphoto
एन्ज्याक बिस्कुट
अस्ट्रेलिया र न्यु जिल्यान्डमा चर्चित लाई रोल्ड ओट्स, पिठो, चिनी, बटर, गोल्डेन सिरप, बेकिङ सोडा, उम्लिएको पानी र (कहिलेकाहीँ) सुकेको नरिवल प्रयोग गरी बनाइन्छ।
यी सामग्रीहरू सजिलै नबिग्रिने हुनाले युद्धको समयमा सैनिकका श्रीमतीहरू र अन्य महिला समूहहरूले यात्रामा खानलाई एन्ज्याक बिस्कुट पठाउने गरेको विश्वास छ।

SYDNEY, AUSTRALIA - APRIL 25: Service medal are displayed as war veterans, defence personnel and war widows make their way down Elizabeth Street during the ANZAC Day parade on April 25, 2022 in Sydney, Australia. Anzac day is a national holiday in Australia, traditionally marked by a dawn service held during the time of the original Gallipoli landing and commemorated with ceremonies and parades throughout the day. Anzac Day commemorates the day the Australian and New Zealand Army Corp (ANZAC) landed on the shores of Gallipoli on April 25, 1915, during World War 1. (Photo by Brendon Thorne/Getty Images) Credit: Brendon Thorne/Getty Images
एन्ज्याक डेको बारेमा थप जान्नुहोस्
तपाईँले मा एन्ज्याक डे र अस्ट्रेलियाको सैन्य इतिहासको बारेमा थप जानकारी पाउन सक्नु हुन्छ।
या पनि मेमोरियलको भ्रमण गर्न सक्नु हुन्छ, जहाँका केही प्रदर्शनीहरू अङ्ग्रेजी बाहेक अन्य भाषामा पनि अनुवाद गरिएका छन्।