छाउगोठमा मृत्यु र विमानस्थल निर्माणमा सर्वोच्चको रोक: गए ७ दिन नेपालमा

Police in Nepal inspect a Chhaupadi hut where a 21-year-old woman died.

Police in Nepal inspect a Chhaupadi hut where a 21-year-old woman died. Source: Geeta Kunwar

छाउगोठमा एक २१ वर्षीय महिलाको मृत्यु भएको र निजगढ विमानस्थलको निर्माणमा रोक लगाउन आएको सर्वोच्च अदालतको आदेश लगायत गए सात दिनका नेपालका प्रमुख समाचारहरु यहाँ सुन्नुहोस्।


छाउगोठमा मृत्यु

अछामको साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राति घरनजिकै छाउगोठमा मृत्यु भयो । रजस्वला भएर छाउगोठमा पठाइएकी उनको मृत्युबारे सोमवार बिहान मात्र थाहा भएको प्रहरीको भनाइ छ ।

छाउगोठमा मृत्यु भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको अपराध अनुसन्धान टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पार्नुका साथै उनको शव जिल्ला अस्पताल र्पुयाएको थियो । त्यहाँ पोस्टमार्टम गरी पार्वतीको शव परिवारलाई जिम्मा लगाइएको थियो।

महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई ’पीडकलाई तत्काल पक्राउ गर्नू’ भन्ने निर्देशन दिएपछि मृतकका जेठाजुलाई पक्राउ गरिएको बताइएको छ ।

नयाँ कानुन अनुसार छाउपडि बस्न वाध्य पार्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ । सोहि आधारमा उनका जेठाजु छत्र राउत पक्राउ परेका हुन ।

प्रहरीका अनुसार बिहीवार पक्राउ परेका मृतकका जेठाजुलाई मुलुकी अपराध (संहिता) ऐन अनुसार कारबाही अघि बढाइनेछ ।

हिलाका आफन्तलाई जाहेरी दिन आग्रह गर्दा नमानेपछि प्रहरीले आफ्नै प्रतिवेदनका आधारमा कारबाही अघि बढाएको उनीहरूले बताए।
A Nepalese woman looks at a Chhaupadi hut during her menstruation period in Surkhet District, west of Kathmandu.
A Nepalese woman looks at a Chhaupadi hut during her menstruation period in Surkhet District, west of Kathmandu. Source: Getty

विमानस्थल निर्माणमा सर्वोच्चको रोक

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ विमानस्थलका लागि रुख काटेर जंगल बिनास हुने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी सरकारले गरेको निर्णय अमान्य र बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रीट दायर गरेका थिए ।

रिट निवेदकहरुले २०७२ सालमा निजगढ क्षेत्रको वन पर्यटन मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी मन्त्रिपरिषदले गरेको निर्णय बदर गर्न पनि माग गरेका छन् ।

निजगढमा विमानस्थल बनाउँदा त्यहाँ ८ हजार भन्दा बढी रुख काट्नुपर्ने, त्यसको सट्टा अर्को रुख रोप्ने ठाउँ तयार नहुनु, रुख काट्दा जंगली जनावरको वासस्थान हराउने खतरा रीट निवेदनमा छ ।

यो आदेशपछि पर्यटन मन्त्री योगेश भटराईले पनि प्रतिक्रिया दिएका छन । उनले शनिवार एक टिट गर्दै त्रिभुवन अन्तराष्टिय विमानस्थलको विस्तार अन्तिम चरणमा रहेको तर यहाको हवाइ जामको समस्या कम गर्न भने निजगढ विमानस्थलको विकल्प नरहेको वताएका छन ।
Nijgadh Airport construction site.
Nijgadh Airport construction site. Source: Santosh Nepal

प्रधानमन्त्री काममा फर्किए

एक हप्ता लामो उपचार पछि निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै काममा फर्किएका छन । उनले राज्य संचालनका विभिन्न काममा चासो लिएर काम थालेको सचिवालयका अधिकारीहरु वताउन ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिएका थिए । त्यसअघि पनि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अडकलबाजी चल्न थालेपछि उनले अस्पतालबाटै एक भिडियो सन्देश मार्फत आफु स्वस्थ रहेको जानकारी दिएका थिए ।

स्वर सम्राटको सम्झना

स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरे ।

करीब ६ करोडको लगानीमा उक्त भवन बन्न लागेको हो ।
Late Narayan Gopal.
Late Narayan Gopal. Source: Wikipedia

सिद्धबावा प्रहरी नियन्त्रणमा

सिद्धबाबा भनिने एक जना योगी बलात्कारको अभियोगमा प्रहरी नियन्त्रणमा लिइएका छन ।

पुर्वको धार्मिक स्थल चतरामा आश्रम बनाएर बसेका सिद्धबाबा भनिने कृण गिरीलाई एक उनकै अनुयायी भनिने महिलाले बलात्कारको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएकी थिइन ।

टाइफाइड खोप परिक्षण सफल

टाइफाइडको नयाँ खोपको परीक्षण नेपालका बालबालिकामा सफल भएको दावी गरिएको छ । वैज्ञानिकहरूले यो परीक्षण टाइफाइडविरूद्धको लडाइँमा महत्वपूर्ण खुड्किलो भएको बताएका छन् । 

तर नेपालमा भने यो खबरको सामाजिक सञ्जालमा भने नेपाललाई गिनिपिग बनाएको भन्दै विरोध भइरहेको छ । 

यो परीक्षण बेलायतको अक्सफोर्ड र अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयसंगै अन्तर्रा्ष्ट्रिय गैरनाफामुखी संस्था पीएटिएचको साझेदारीको बाल्टिमोर अमेरिकामा रहेको टाइफाइड भ्याक्सिन एक्सिलिरेसन कन्सोर्टियमले गरेको हो ।

गडिमाइ मेला

बारा जिल्लामा रहेको प्रसिद्ध गडिमाइ मेलामा हुने बलिलाई लिएर यसपटक पनि पक्ष विपक्षमा बह भइरहेको छ । मंसिर महिनासम्म चल्ने यस मेलाका क्रममा हजारौ पशुलाई बली दिने गरिएको छ । धेरै अभियन्ताहरुले बली प्रथा रोक्नु पर्ने माग गर्दै विरोध गरिरहेका छन ।

सरकारले पनि बली प्रथालाई निरुत्साहित गर्न आग्रह गरको छ । गडिमाइ मेला एक महिनासम्म चल्छ ।
A butcher gets ready to sacrifice animals during Gadhimai festival in Bariyarpur in Bara district 80 miles (50 miles) south of Kathmandu, Nepal,
A butcher gets ready to sacrifice animals during Gadhimai festival in Bariyarpur in Bara district 80 miles (50 miles) south of Kathmandu, Nepal, Source: AP

Share