एसबीएस नेपाली आर्थिक कुराकानी: लेबरका ‘हाउजिङ पोलिसी’ र सिड्नीका ‘हट् प्रपर्टी सबर्ब’

HOUSING STOCK

New houses and land for sale at a housing development in Victoria. Source: AAP / JOEL CARRETT/AAPIMAGE

मे महिनाको आर्थिक कुराकानीमा हामीले घरजग्गा सम्बन्धी लेबरका नीति, ब्याज दर प्रक्षेपण र सिड्नीमा घर किन्नका लागि ‘डिमान्ड’मा रहेका सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

कुराकानीका मुख्य विषयहरू:
  • चुनाव जितेर दोस्रो कार्यकाल सुरु गरेको लेबर सरकारका ‘हाउजिङ पोलिसी’हरूले कसलाई फाइदा र कसलाई घाटा?
  • सरकारको किफायती आवास योजना र पहिलो पटक घर किन्नेहरूका लागि पाँच प्रतिशत डिपोजिट नीति कत्तिको सहयोगी छ?
  • सङ्घीय चुनाव पछि घरहरू बिक्री हुने सङ्ख्या बढेको हो?
  • रिजर्भ ब्याङ्कले मे महिनामा ब्याज दर घटाउने सम्भावना कत्तिको छ?
  • जाडो याम सुरु भएसँगै अस्ट्रेलियाका प्रमुख सबर्ब, राज्य र प्रदेशहरूमा घरजग्गा बजारको अवस्था कस्तो छ?
  • सिड्नीमा घर किन्न वा भाडामा लिन चाहनेहरूका लागि कुन सबर्ब उचित होला?
  • ‘रेन्टल मार्केट’ खुकुलो भएको हो?
  • अपार्टमेन्ट किन्ने प्रचलन बढेको हो?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू मार्फत वा गरेर पठाउन पनि सक्नुहुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
सुन्नुहोस्
nepali_130525_BishwasBhattarai_May2025_MIDROLL image

एसबीएस नेपाली आर्थिक कुराकानी: लेबरका ‘हाउजिङ पोलिसी’ र सिड्नीका ‘हट् प्रपर्टी सबर्ब’

15:03

Share