घटस्थापनाबाट सुरु भएर प्रत्येक दिन दुर्गा भवानीलाई पूजा गर्दै विजया दशमीको दिनमा मान्यजनहरूबाट टिका लगाएर दशैं मनाउने प्रचलन नेपालमा रहेको छ।
यस वर्ष अक्टोबर १७ मा दशैं सुरु भएपछि बजारहरू, बैङ्क हरुमा साबिकको भन्दा कम चहलपहल देखिएको थियो भने सोमबार विजया दशमीको दिनमा मानिसहरूले घरघरमै टिका लगाएर दशैं मनाएका छन्।
यस वर्ष दशैंको समयमा प्रविधिको प्रयोग निकै बढेको छ। फेसबुक र भिडियो कलहरूबाट दशैंको शुभकामना आदानप्रदान गर्दै मानिसहरूले दशैं मनाएका छन्। विजया दशमीको दिनमा पनि सडकहरू खाली खाली रहेका थिए, र अधिकांश मानिसहरू आफन्तहरुकोमा टिका लगाउन नगएको देखिन्छ।
![Prime Minister KP Sharma Oli offering tika to his wife Radhika Shakya.](https://images.sbs.com.au/drupal/yourlanguage/public/primeministeroffice-radhikatikapmolib.jpg?imwidth=1280)
Prime Minister KP Sharma Oli offering tika to his wife Radhika Shakya. Source: RSS
वर्षेनी हुने दशैंका थुप्रै कार्यक्रमहरु यस वर्ष रद्द गरिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टिका प्रदान गर्ने प्रचलन रहेता पनि यस वर्ष त्यो कार्यक्रमको आयोजना गरिएन। राष्ट्रपतिको शक्तिपीठ भ्रमण पनि रद्द गरिएको छ भने कतिपय शक्तिपीठहरुले नै नित्य पूजा बाहेक अरू कार्यक्रम निषेध गरेका छन्।
![Dashain 2020 celebration in Kanchanpur, Nepal with their festivity called Nachbisarjan.](https://images.sbs.com.au/drupal/yourlanguage/public/rpp-kanchanpur-nachbisarjanb_0.jpg?imwidth=1280)
Dashain 2020 celebration in Kanchanpur, Nepal with their festivity called Nachbisarjan. Source: RPP
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दैनिक कोरोनाको प्रत्यक्ष विवरण दिने कार्यक्रम पनि दशैं बिदामा स्थगित गरिएपछि त्यसको आलोचना भएको छ।
यो पनि पढ्नुहोस्:
![Image for read more article 'यो पनि पढ्नुहोस्:'](https://images.sbs.com.au/dims4/default/4a75646/2147483647/strip/true/crop/2044x1150+0+245/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fdamber_dhungel_celebrating_dashain_festival_with_his_family_in_sydney.jpg&imwidth=1280)
कोरोना अन्त्यको आशिषका साथ यस पटकको दसैँ सम्पन्न
२३ अक्टोबर देखि मन्त्रालयले फेसबुक, भाइबर लगायतका माध्यममा प्रेस विज्ञप्तिहरूबाट मात्र जानकारी दिइरहेको छ र प्रवक्ताको भनाईको सट्टामा विभिन्न व्यक्तिहरूका सन्देश फेसबुकमा राखिरहेको छ।
डा. संगीता मिश्र भन्छिन्,"कोभिड १९ को पुष्टि भएमा मानिसहरू आइसोलेसनमा हुनुपर्छ र यात्रा गर्नु हुँदैन। कोभिड १९ को पुष्टि भएका बिरामीको सम्पर्कमा आएका मानिसहरू अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्छ।"
यस वर्षको दशैंको सुस्तताले अर्थतन्त्रलाई पनि निकै असर गरेको विज्ञहरू बताउँछन्। दशैंमा नयाँ पैसा साट्ने प्रचलन भए तापनि यस वर्ष राष्ट्र बैङ्कले दशैं लक्षित नयाँ नोट नछाप्ने र नबाँड्ने निर्णय गरेको छ।
![Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal.](https://images.sbs.com.au/drupal/yourlanguage/public/rpp-kanchanpur-nachbisarjanc.jpg?imwidth=1280)
Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal. Source: RPP
बैङ्कहरुमा दशैंको समयमा केही भीड भए तापनि साबिकको भन्दा निकै कम देखिएको छ। लुगा कपडा र अरू सामानहरू पनि साबिकको भन्दा निकै कम किनबेच भएको बताइन्छ, र दशैंको समयमा व्यापारी, यातायात व्यवसायी र अति विपन्न मानिसलाई धेरै मर्का परेको देखिन्छ।
यो पनि पढ्नुहोस्:
![Image for read more article 'यो पनि पढ्नुहोस्:'](https://images.sbs.com.au/dims4/default/605cb20/2147483647/strip/true/crop/2663x1498+271+9/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fdashain_final.jpg&imwidth=1280)
कोरोनाभाइरसको समयमा अस्ट्रेलियामा यस पटकको दशैं कस्तो रहला?