विश्वका अधिकांस मुलुकमा कोरोना भाइरस खोप कार्यक्रम सुरु भएता पनि यस वर्षको अन्त्य सम्म पनि अन्तर्राष्ट्रिय सीमा खुल्ने कुरा भने अन्योल नै रहेको छ ।
अस्ट्रेलियाका सङ्घीय स्वास्थ्य सचिव ब्रेन्डन मर्फीले यस वर्षको अन्त्य सम्म पनि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खोल्ने सम्भावना निकै न्यून रहेको बताएका छन् ।
ब्रेन्डन मर्फीले सोमबार भने की अस्ट्रेलिया आउने र यहाँबाट बाहिर जाने सुविधा यो वर्ष सम्भावना कमै छ ।
“मलाई लाग्छ कि हामी यस वर्षको अधिकांस समय सीमा प्रतिबन्धमै रहनेछौ ।”
“धेरै जनसङ्ख्याले खोप लगाए पनि हामीलाई थाहा छैन कि त्यसले भाइरसको सङ्क्रमणलाई रोक्छ की रोक्दैन । ”
अस्ट्रेलियाको सीमा गत वर्षको मार्च महिना देखि नै अन्तर्राष्ट्रिय यात्रुका लागि बन्द रहेको छ ।

Avião chegou a sair de Campinas com destino a Mumbai, mas ficou na escala em Recife. Source: Pixabay Andy Choinski
हाल विदेशमा फसेका अस्ट्रेलियाली पी आर धारी र नागरिकका लागि सीमा खुले पनि अझै हजारौँ अस्ट्रेलियाली विदेशमै फसिरहेका छन् ।
यता अन्तर्राष्ट्रिय सीमा खुल्ने प्रतीक्षामा रहेका विमान कम्पनीहरू मध्ये एयर न्यूजील्याण्डले परीक्षणमा ल्याउन लागेको नयाँ भर्चुअल राहदानीले अन्तर्राष्ट्रिय सीमा खुलेपछि यात्रुहरूको स्वास्थ्य जानकारी प्राप्त गर्नका लागि सहज हुने बताएको छ ।
अकल्याण्ड र सिड्नीका बिच हुने उडानमा भर्चुअल पासर्पोटको परीक्षण गरिने विमान कम्पनिले बताएको छ ।
“भ्याक्सीनेसन पासपोर्ट” नाम दिइएको उक्त पार्सर्पोटले यात्रुहरूको स्वास्थ्य सम्बन्धी जानकारीहरू एकै ठाउँमा समेट्ने छ ,जहाँ यात्रुले खोप लगाए नलगाएको बारेमा पनि जानकारी राखिनेछ ।
एयर न्यूजील्याण्डका प्रमुख डिजिटल अफिसर जेनीफर सेपुल भन्छन् “यो डिजिटल स्वास्थ्य सटीफिकेट जस्तो हुनेछ, जुन विमान कमपनिहरुका बिच सहजै हस्तान्तरण हुन सक्छ । ”

Air New Zealand aims to trial the pass on flights between Auckland and Sydney, beginning in April. Source: AFP
उक्त योजना अन्तर्राष्ट्रिय एयर ट्रान्सर्पोट एसोसिएसनले तैयार पारेको एपमा निर्भर हुनेछ । इतिहाद र एमिरेट्सले पनि उक्त योजनामा परीक्षण गर्न तैयार रहेको पत्रमा हस्ताक्षर गरिसकेका छन् ।
एयर न्यूजील्याण्डले भने आगामी अप्रिलमा सिड्नी र अकल्याण्ड बिचको उडानमा परीक्षण गर्ने लक्ष्य राखेको छ ।