प्रजातन्त्रमा राजनीतिक प्रतिनिधित्व एक महत्त्वपूर्ण पाटो हो। यसले संसदीय निर्णयमा सबै आवाजहरू प्रतिबिम्बित गर्छ।
तर अस्ट्रेलिया यसमा चुकिरहेको छ।
यहाँको २४ प्रतिशत जनसङ्ख्या विदेशमा जन्मिएका छन् जो युरोपियन पृष्ठभूमिका होइनन् ।
तर संसद्मा उनीहरूको प्रतिनिधित्व जम्मा ६ प्रतिशत छ।
फिल्नडर्स युनिभर्सिटीका एक लेक्चरर डा. इन्टफिर चाैधरी भन्छन् आम मानिस लाई प्रतिबिम्बित गर्ने संसद् सामाजिक एकता सुधार गर्न महत्त्वपूर्ण हुन्छ।
“राजनीतिक दलले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई सुरक्षित स्थानमा राख्ने वा नराख्ने भन्नेबारे निर्णायक भूमिका लिन्छन्।”
एसबीएस एक्जामिन्सको यस शृङ्खलामा अस्ट्रेलियाको समुदायलाई राजनीतिक प्रणालीमा जस्ताको त्यस्तै छर्लङ्ग देखाउन सकिने अझै पनि आशा छ त भन्नेबारे चर्चा गरिएको छ।
सम्बन्धित सामाग्री
SBS Examines: गभर्नर जनरल सँगको कुराकानी