हिन्दु देवता शिवको नाममा लिइने यो व्रतमा आजकाल पहेँलो वा हरियो रङ्गको लुगा, गहनाहरू लगाउने, र मेहन्दी लगाउने पनि गरिन्छ।
शिक्षण पेसामा संलग्न काठमान्डुकी बासिन्दा श्रद्धा रिमालले यसो गर्दा मनलाई आनन्द मिल्ने गरेको बताएकी छिन्।
रिमालका दुई साना साना छोराछोरी छन्, र यी सब पक्षलाई समेटेर उनले धर्म र संस्कृतिलाई पनि अघि बढाइरहेकी छिन्।
रिमालले आफ्नो मनको शुद्धताको लागि, र लोभ रिस राग आदिबाट टाढा हुँदै आत्म नियन्त्रणलाई बढाउनका लागि व्रत लिएको बताइन्।

Women devotees poses for the photos infront of the UNESCO World Heritage Site pashupatinath Temple gate on the first monday of the holy month "Shrawn". Source: Abhishek Maharjan/Sipa USA
"यो व्रत लिनाले र श्रावणको सोमबार मनाउनाले मैले भित्रैबाट शान्ति पाएको अनुभव गर्छु," रिमाल बताउँछिन्।