स्यालि एन विलियम्स सिकाडा इनोभेसन नामको प्रबिधिक कम्पनीको प्रमुखको भूमिकामा छिन् । उनको बुझाइमा प्रबिधिक विषयका दक्ष र योग्य विदेशी प्रतिभा भित्र्याउन वा पाउन निकै चुनौतीको सामना गर्नु पर्छ।
यो यस्तो उद्योग हो जुन विविधता र अन्तर्राष्ट्रिय सम्बन्धबाट संचालिन हुन्छन् । यस्ता किसिमका व्यवसायहरूले अत्यधिक कुशल कामदारहरूको माग राख्दछ ।
त्यसैले पनि अन्तर्राष्ट्रिय सीमा प्रतिबन्धहरू खुकुला भएपछि सरकारले आप्रवासी कार्यक्रममा ठुलो परिवर्तन गदै छ । अस्ट्रेलियामा जनसङ्ख्या बृद्धीदर एक शताब्दीमै कम भएको अवस्थामा यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।

The Global Talent Visa program is the fastest pathway for permanent residency in Australia. (representational image) Source: AAP
सरकारले सबैभन्दा उत्तम र चम्किला भनेर व्याख्या गरेर विश्वभरबाट दक्ष कामदार भित्र्याउन एउटा टास्क फोर्सको निमार्ण गदै छ ।
जसले सुरुमा उत्पादन ,बित्तिय र स्वास्थ्य क्षेत्रलाई लक्षित गर्ने उद्देश्य राखेको छ ।
यो हाल रहँदै आएको दक्ष आप्रवासी कार्यक्रमकै परिमार्जित रूप हुनेछ । जसमा ग्लोबल ट्यालेन्ट कार्यक्रमको सङ्ख्यालाई तेब्बर बनाईनेछ, जसको सङ्ख्या १५ हजार तोकिनेछ यसै गरी व्यापार र लगानी कार्यक्रम अन्तर्गत १३ हजार ५ सय सङ्ख्या छुट्याईनेछ ।
अर्थव्यवस्थालाई पुनजिवित पार्न ठुला योजनाहरूमा लगानी पनि आवश्यक रहने अस्ट्रेलियन इन्स्टीच्यूट अफ प्रोजेक्ट म्यानेजमेन्ट की प्रमुख एलिजाबेथ फोलि बताउँछिन् । विशिष्ट सीपहरूमा लगानी गर्दा लगानीको नतिजामा महत्त्वपूर्ण प्रभाव पर्ने उनको भनाई छ ।
तर यो आप्रवासी योजनाले अन्य कामदारका भिसामा भने ठुलो असर पार्ने देखिन्छ यर्थात अन्य कामदार भिसाको सङ्ख्यामा भने कटौती हुनेछ ।
यो योजना लागु भएपछि व्यवसायीहरूले आफ्ना कामदारहरूलाई गदै आएको प्रायोजित भिसामा एक चौथाइको गिरावट आउने छ यसै गरी स्कील्ड इन्डीपेन्डेन्ट भिसाको संख्यामा पनि एक तिहाइले कमी आउने बताइन्छ । कार्यवाहक अध्यगमन मन्त्री एलन टज भन्छन् खानि र स्वास्थ्य क्षेत्र हाल यो योजनाको केन्द्रमा रहनेछ ।

Federal Budget 2020: What is in store for migrants? Source: AAP
यता क्यानबेरामा रहेको बालबालिका हेरचाह केन्द्रकी प्रमुख दिव्या सरिन भने यो योजनाले आफ्नो क्षेत्रका कामदारमा भने ठुलो प्रभावमा पर्ने बताउँछिन् । बालबालिकाको हेरचाहका क्षेत्रमा काम गर्ने अधिकार अर्थात् एक तिहाइ कामदारहरू अन्य मुलुकमा जन्मिएका हुन्छन् ।