हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न ।
सगरमाथा देखि विवाह मण्डपसम्म, डार्विनको नेपाल फेस्टिभलमा नेपाली संस्कृतिको प्रदर्शनी
Source: Facebook / Non-Resident Nepali Association of Northern Territory
शनिवार १० जुनमा डार्विनको वाटरफ्रन्ट क्षेत्रमा दिउँसो ३ बजे देखि सुरु हुने नेपाल फेस्टिभल २०२३ मा नेपाली सांस्कृतिक झाँकीदेखि नेपालको पहिचान दिलाउने सगरमाथा, बौद्ध स्तुपा, धरहरा लगायतका प्रदर्शनी रहेका छन्। नदर्न टेरिटरीकी मुख्य मन्त्री नटासा फायल्स र अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको उपस्थिति रहने महोत्सवमा प्रकाश सपुतका साङ्गीतिक प्रस्तुतिहरू रहेको गैर आवासीय नेपाली सङ्घको नदर्न टेरीटरी संयोजक विष्णु चापागाईँले एसबीएस नेपालीलाई जानकारी दिएका छन्।
Share