अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि जुन र जुलाई महिनामा नेपालका विभिन्न भागमा भारी वर्षा भएर धेरैै जनधनको क्षति हुनुका साथै घरहरू बगाउने, पुरिने र राजमार्ग पनि प्रभावित भएका छन्।
देशमा यस वर्ष बाढी पहिरोमा परेर ३५ जनाको ज्यान गएको र विशेष गरी प्रदेश १ मा यसले धेरै असर गरेको डा भट्टराईले बताएका छन्।
जलवायु परिवर्तन लगायतका कारणले एकै पटक धेरै वर्षा हुन थालेको र वर्षामा पानीको मात्रा पनि बढेको भट्टराईको भनाइ छ।
गत वर्ष पनि मनसुन र मनसुन पछिका वर्षाका कारण १०० जना भन्दा बढी मानिसको मृत्यु भएको थियो।