अस्ट्रेलिया बुझ्नुहोस्: घाइते वा बिरामी वन्यजन्तुलाई कसरी मद्दत गर्ने?

NSW oli wok blong savem Koala taem ol bush faea, ol bush oli lus mo ol sik weh eii kam blong spolem fiuja blong iconic Ostrelean Animal ia

Sapos yu luk wan injured o sik wael laef, hemi impoten blong askem help blong wan speselis. Credit: Lisa Maree Williams/Getty Images

यदि तपाईँ अस्ट्रेलियामा यात्रा वा भ्रमण गर्दै हुनुहुन्छ भने, यहाँ अनौठा वन्यजन्तुहरू भेट्ने सम्भावना हुन्छ। तर दुर्भाग्यवश सडक दुर्घटनामा परेर, बिरामी परेर वा डँडेलो वा यस्तै कुनै कारणले घाइते वन्यजन्तु फेला परे चाहिँ के गर्ने त?


Key Points
  • घाइते वा बिरामी वन्यजन्तु फेला परे वन्यजन्तु उद्धार सेवामा सम्पर्क गर्नुहोस्
  • घाइते वन्यजन्तुको सहयोग गर्दा, आफ्नो र जनावर सुरक्षित भएको सुनिश्चित गर्नुहोस्।
  • पशु चिकित्सकले वन्यजन्तुको उपचार गर्छन् भने, स्याहारकर्ताहरूले उनीहरूको रेखदेख र पुनर्स्थापनामा सहयोग गर्छन्।
अस्ट्रेलिया एक विविध एवम् मनमोहक वन्यजन्तुहरूको घर हो।

यहाँ केङ्गरु, वालबि, वुम्ब्याट, पसम, चरा, सर्प र समुन्द्री जनावरहरूको विविधता देख्न पाइन्छ।

समुन्द्रबाट घेरिएर विश्वबाट केही अलग्गिएको महाद्विप भएकाले साथै लाखौँ वर्षदेखिको क्रमिक विकासले यो सम्भव भएको हो।

तपाईँ अस्ट्रेलियाको कुन भागमा बस्नु हुन्छ भन्ने आधारमा तपाईँले देख्ने वन्यजन्तुहरू फरक पर्न सक्छन्।

कुनै स्थानको परिदृश्य, हावापानीका आधारमा वा प्राकृतिक रूपमा उनीहरूलाई सुहाउँदो किसिमको वासस्थानमा यी जनावरहरू पाइन्छन्।

अस्ट्रेलियामा विषालु र विष नभएका सर्पदेखि चराका विभिन्न प्रजाति, स्तनपायी र उभयचरहरूको ठुलो विविधता छ।
cassowary
Cassowaries are native to the tropical forests of New Guinea, the Aru Islands, and northeastern Australia. Source: Pixabay / BY Pixabay
अस्ट्रेलियाको उत्तरी क्षेत्रहरूमा रुखका हाँगामा बस्ने ट्रि केङ्गरुदेखि गोही वा क्यासोवरी भनिने ठुला रङ्गीबिरङ्गी टाउको भएको चरा देख्न सकिन्छ।

सुख्खा पश्चिमी क्षेत्रमा भने इमु, रातो केङ्गरु वा सुन्दर चराहरू भेट्न सकिन्छ।

यता टास्मेनियातिर बस्नेले चाहिँ, पसम, वुम्ब्याट, वालबि वा घस्रने जनावरहरू देख्न पाउँछन्।

टास्मेनियाबाट अलि पर दक्षिण तर्फ जाने हो भने त सिल्स, पेङ्गुइन वा टास्मेनिया डेभिल्स पनि भेट्न सकिन्छ।

यसरी विविध किसिमका वन्यजन्तु नजिकबाट नियाल्दै गर्दा, उनीहरू बिरामी वा घाइते भएको अवस्थामा के गर्नु पर्छ भन्ने जान्न महत्त्वपूर्ण छ।

ताकी उनीहरूलाई त्यस्तो अवस्थामा चाहिने सहयोग, उपचार वा उनीहरूको पुनर्स्थापना गर्न सकियोस्।

घाइते वा बिरामी जनावरको सहयोगमा विज्ञको मद्दत

Wael laef veterinarian Dr Tania Bishop - WIRES.jpg
Wael laef veterinarian Dr Tania Bishop - WIRES.jpg
टानिया बिशप वन्यजन्तु पशु चिकित्सक हुन्।

हाल उनी अस्ट्रेलियाको सबैभन्दा ठुलो वन्यजन्तुको अनुसन्धान गर्ने संस्था, वाइल्ड लाइफ इन्फरमेसन रेस्क्यु एन्ड एजुकेसन सर्भिसेज ( वायर्स) मा काम गर्छिन्।

बिशपका अनुसार अस्ट्रेलियाका ग्रामीण भूभाग तिर गाडीमा घुम्न निस्कनेहरूले वन्यजन्तुहरू देख्नु कुनै अनौठो घटना होइन।

तर यसरी घुम्दै गर्दा घाइते वा बिरामी वन्यजन्तु देखेमा चाहिँ, तुरुन्तै विशेषज्ञको मद्दत लिनु पर्ने उनी बताउँछिन्।
Exploring Stradbroke Island near Brisbane
Stradbroke Island in Queensland, Australia Source: iStockphoto / Kevin LEBRE/Getty Images/iStockphoto
घाइते वा बिरामी वन्यजन्तु विशेष गरि ती केङ्गरू, कोआला वा वुम्ब्याट जस्ता ठुलो प्रजातिका भए भने आफैँलाई डर लागेको हुन्छ, अनि यस्तो बेलामा कसरी सहयोग गर्ने त?

“स्थानीय भेटेनरियनलाई सम्पर्क गर्ने देखि, स्थानीय काउन्सिलका रेन्जरलाई वा वाइल्डलाइफ केयरको हेल्पलाइनमा फोन गर्न सकिन्छ। मोबाइल एपहरू पनि छन् जसले वन्यजन्तुको उद्धार गर्ने संस्थाहरूसँग सम्पर्क गराइदिन्छ,” बिशप भन्छिन् ।
अस्ट्रेलियाका हरेक राज्य र प्रदेशमा वन्यजन्तुको हेरविचार गर्ने संस्थाहरू छन्, त्यसैले आफू जहाँ छौ, त्यहीबाट उपयुक्त हेल्पलाईलाई खोज्न सकिन्छ।
टानिया बिशप
तर यसरी सहयोग गर्दै गर्दा, आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न पनि उनले सम्झाइन्।

सबैभन्दा पहिले त आफ्नो गाडीलाई सुरक्षित रूपमा देखिने ठाउँमा पार्क गर्नु पर्ने उनको भनाइ छ।
A bettong with a cast and bandage on its fractured leg - WIRES.jpg
A bettong with a cast and bandage on its fractured leg - WIRES.jpg
एउटा कुरा के याद गर्नुपर्छ भने, घाइते भएका वन्यजन्तुहरू डराएका हुन्छन् र उनीहरू आफूलाई रक्षा गर्न खोज्छन्, त्यसैले पनि उनीहरूलाई थप तनाव नदिने गरी शान्त तरिकाले उनीहरूलाई सहयोग गर्ने प्रयास गर्नुपर्छ।
टानिया बिशप
र यदि सुरक्षित हिसाबले गर्न सम्भव भए जनावरलाई टावेल वा लुगाको बास्केटले सास फेर्न मिल्ने गरि ढाक्दा उनीहरूलाई केही राहत मिल्ने उनको भनाइ छ।

मार्सुपियल समूहमा पर्ने जनावरहरूले आफ्ना सन्तानलाई शरीरको थैलीमा राख्छन्।

मानौँ तपाईँले केङ्गरू, वालबी, वुम्ब्याट र पसम जस्ता यी स्तनपायी जनावरहरूलाई मृत फेला पार्नु भयो, उनीहरूको थैलीमा बच्चा भए नभएको बारेमा जाँच्नु पनि जरुरी हुन्छ।

“जोइ भनिने यस्ता जनावरका बच्चाहरूलाई निकाल्दा, उनीहरूको शरीरमा रौँ आइसकेको निश्चित गर्नुपर्छ। तर रौँ आएको छैन भने त्यो उमेरमा प्राय गरि उनीहरूको मुख आमाको दूधको टुप्पोमा चप्किएको हुने भएकाले विशेषज्ञको सहयोगमा मात्र निकाल्नु पर्छ, नत्र उनीहरूलाई गम्भीर असर पर्न सक्छ,” बिशप भन्छिन्।

जोइहरुलाई तातो र अँध्यारो वातावरणमा राख्दै स्याहारकर्ताकहाँ जतिसक्दो चाँडो पुर्‍याउनु पर्ने उनको भनाइ छ।

आफ्नो सवारी साधनमा आधारभूत प्राथमिक उपचारका सामाग्री बोक्नुहोस्

डा टानिया बिशप भन्छिन् सामान्य घरमा प्रयोग गरिने कतिपय चिजहरू वन्यजन्तुका लागि प्राथमिक उपचारमा प्रयोग गर्न सकिन्छ।

वन्यजन्तुका लागि प्रयोग गरिने 'फर्स्ट एड किट'मा धागो ननिस्किएको पुरानो बाक्लो टावेल, 'कार्टुन' वा 'पेट-क्यारियर' र बगैँचामा प्रयोग हुने बाक्लो 'ग्लभ्स' पर्छन् र सम्भव भए सिरानीको खोल पनि बोक्न सकिने बिशपको भनाइ छ।

प्राथमिक उपचार पछि भने, जतिसक्दो चाँडो उनीहरूलाई पशु चिकित्सककोमा पुर्‍याउनु पर्छ।

अस्ट्रेलियन वन्यजन्तुको आवश्यकता जटिल हुने भएकाले यहाँ कानूनी रूपमा मान्यता प्राप्त प्रशिक्षित वन्यजन्तु हेरचाहकर्ता वा पशु चिकित्सकले मात्र घाइते वन्यजन्तुको उपचार वा हेरचाह गर्न पाउँछन्।
A young wallaby under general anaesthetic in a wildlife hospital receiving treatment for a fractured leg - WIRES.jpg
A young wallaby under general anaesthetic in a wildlife hospital receiving treatment for a fractured leg - WIRES.jpg
“विशेष रेखदेख पछि उनीहरू जङ्गलमा पुनः फर्किन सक्ने सम्भावनालाई मध्यनजर गरिन्छ। र भेटेनरियनले उपचार गरेर स्वास्थ्य अवस्था स्थिर बनाएपछि उनीहरूलाई विशेष स्याहारकर्ताकहाँ पठाइन्छ, जहाँ उनीहरू जनावरको प्रजाति हेरेर केही हप्तादेखि वर्षसम्म पनि रहन सक्छन्,” बिशप भन्छिन्।

मोर्गन फिल्पट वन्यजन्तु स्याहारकर्ताका रूपमा वायर्समा काम गर्छन्।

उनले एक दशकभन्दा लामो समयदेखि वन्यजन्तुको रेखदेख र स्याहारमा अनुभव लिएका छन्।

त्यसमा पनि कोआलाको स्याहार र पुनर्स्थापनामा विशेष रुचि रहेको छ।

फिल्पट स्याहारकर्ताको काम के हो भन्नेबारे बताउँछन्, “सबैभन्दा पहिलो त हामीले बचाउका लागि सन्देश प्राप्त गर्छौँ, र त्यहाँ जान सक्ने हो भने 'हेड अफिस' लाई सम्पर्क गरेर थप जानकारी लिन्छौँ, त्यसपछि भने अगाडीको प्रक्रियामा जान्छौँ। जनावरको अवस्थाको मुल्याङ्कन गर्नका लागि यथाशीघ्र पशु चिकित्सकलाई सम्पर्क गर्नु पर्ने हुन्छ।"

उपचारमा रहेका वन्यजन्तु सम्बन्धी निर्णय गर्नु पर्‍यो भने चाहिँ पशु चिकित्सकहरूको राय सल्लाहमा गरिन्छ।

अस्ट्रेलियामा वन्यजन्तु हेरचाह सम्बन्धी कानूनहरूमा भिन्नता भए पनि, सामान्यतया पुनर्स्थापना र हेरचाहपछि उनीहरूलाई जङ्गलमै छाडिन्छ।

तर डा बिशपका अनुसार सबै जनावरहरू जङ्गल फर्काउनका लागि योग्य हुँदैनन्।

“दुर्भाग्यवश गम्भीर रूपमा घाइते भएका वा सुधार हुन नसक्ने गरि बिरामी परेका जनावरहरूलाई हामीले मार्नु पर्ने हुन्छ, तर पनि हामीले गर्ने स्याहारले पार्ने फरक, प्रेरणादायी र अविश्वसनीय रूपमा इनामदायी छ।”

वन्यजन्तुको हेरचाहका लागि उत्साहित फिलपट पनि यसले अस्ट्रेलियाका आदिवासी वन्यजन्तुका लागि ठुलो मद्दत गर्ने बताउँछन्।

उनले जनावरहरू जङ्गलमा फर्कँदा आफूहरूलाई उपहार मिले जस्तै लाग्ने बताए।

डा बिशप कुनै क्षण घाइते वा बिरामी वन्यजन्तु देखे आफूलाई सुरक्षित राख्दै वन्यजन्तु उद्धार सेवालाई सम्पर्क गर्न सम्झाउँछिन्।

“अस्ट्रेलिया सुन्दर वन्यजन्तुहरूको घर हो, तर यहाँ केही खतरनाक वन्यजन्तुका प्रजातिहरू पनि छन्, त्यसैले आफूले भेटेका जनावरको पहिचान गर्न वा सुरक्षित रूपमा त्यसलाई सहयोग गर्न कुनै द्विविधा भए विज्ञलाई फोन गर्नु, आफू रहेको स्थानका बारेमा जानकारी दिनु अनि पर्खेर सल्लाह लिनु उचित हुन्छ।”

Share