हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।एन्ज्याक डे हरेक वर्ष २५ एप्रिलमा पर्दछ।
एन्ज्याक डे हरेक वर्ष २५ एप्रिलमा पर्दछ।
यस दिनलाई पहिलो पटक अस्ट्रेलियन एन्ड न्युजिल्यान्ड आर्मी कर्प्स (एन्ज्याक) भनेर चिनिने अस्ट्रेलिया तथा न्यु जिल्यान्डका सैनिकहरूको सम्मानका लागि सुरु गरिएको थियो।
पछिल्लो समयमा यस दिनलाई युद्धमा तथा सम्बन्धित सैन्य सेवामा लडेका तथा ज्यान गुमाएका सबै अस्ट्रेलियालीहरूलाई सम्मान गर्ने दिनको रूपमा लिइन्छ।
तपाईँले पनि एन्ज्याक डेका विभिन्न कार्यक्रममा भाग लिन सक्नुहुन्छ।
तपाईँको स्थानीय "डअन सर्भिस" मा जानुहोस्

Wreaths are placed on the Cenotaph during the Anzac Day Dawn Service at Martin Place in Sydney, Monday, April 25, 2022. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE
अस्ट्रेलिया र न्यु जिल्यान्ड सेनाको एन्ज्याक"समूह बिहान सोही समयमा ग्यालिपोली पुगेको सम्झँदै यो समय चुनिएको हो।
कार्यक्रम सुरु हुने समय अस्ट्रेलियाको विभिन्न राज्य तथा प्रदेशमा ठाउँ अनुसार फरक हुन सक्छ।
डअन सर्भिसमा सबै युद्ध र सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा भाग लिएका मानिसहरूलाई सम्झिएर सम्मान व्यक्त गरिन्छ।
त्यसमा ससेज, ब्रेड रोल र अण्डा सहित कहिलेकाहीँ कफी र रम पनि हुन्छ, जुन सैनिकहरूले युद्ध सुरु हुनु अघि बिहान खाने गर्दथे।
स्थानीय एन्ज्याक डे मार्चमा जानुहोस्

Gurkha veterans march during the Anzac Day March on Elizabeth St in Sydney on Sunday, April 25, 2021. Credit: MICK TSIKAS/AAPIMAGE
"दोस्रो विश्व युद्धमा भिडेका सैनिकहरू मध्य अहिले धेरै कम बाँकी छन्, र उनीहरू पनि ९० वर्ष कटिसकेका छन्। तर यससँगै, कोरिया र भियतनामका युद्धमा लडेका, र सोमालिया, अफगानिस्तान र इराकका पछिल्ला द्वन्दमा सेवा पुराएका अस्ट्रेलियाली सैनिक, सेलर र हवाई चालकहरू पनि छन्," अस्ट्रेलियन वार मेमोरियलको राष्ट्रिय सङ्ग्रहका सहायक निर्देशक ब्रायन डसनले बताए।
"यस लगायत, अन्य द्वन्दहरूमा लडेका र अस्ट्रेलिया आएका अरू सैनिकहरू पनि छन्।"
यी कार्यक्रमहरू हेर्न कुन ठाउँमा जाने?

Veterans march during the National Service on Anzac Day at the Australian War Memorial in Canberra on Thursday, 25 April 2024. Thousands of Australians gather each year on the 25th of April to commemorate the contribution of Australian defence personnel at Anzac Day services across the country. Source: AAP / LUKAS COCH/AAPIMAGE
हरेक प्रमुख शहरको आफ्नो मुख्य डन सर्भिस र एन्ज्याक डे मार्च हुने गरेको छ।
डअन सर्भिस, परेड र गनफायर ब्रेकफास्टहरू आरएसएल भनिने रिटर्न्ड एन्ड सर्भिसेज लीग अफ अस्ट्रेलियाले आयोजना गर्दछ।
त्यसैले, तपाईँ बस्ने ठाउँमा के कार्यक्रम हुँदै छ भन्ने जानकारीका लागि आफ्नो लाई सम्पर्क गर्नुहोस्।
यो पनि हेर्नुहोस्:

अस्ट्रेलियाली युद्ध के हो र इतिहासले यसलाई किन स्वीकार गर्दैन?
पूर्व सेना र तिनका परिवारहरूले एन्ज्याक डेलाई आफ्नो स्थानीय आरएसएलमा बिताउँछन्।
यस दिन खेल्ने चलन छ, जुन एन्ज्याक डेमा मात्र कानुनी रूपमा खेल्न पाइन्छ।
यस खेलमा सिक्काहरू उफारेर, टाउको पर्छ कि पुच्छर पर्छ भनेर बाजी राखिन्छ। उपहार भने सबै प्रतिस्पर्धीले राखेको पैसा हुन्छ।
एन्ज्याक डेका प्रतीकहरू
एन्ज्याक डेलाई मानिसहरूले विभिन्न प्रतीकसँग जोडेका छन्।
कसैले त्यस दिनमा रोजमेरीको टुक्रा लगाउने गर्छन्, जुन युद्धको समयमा ग्यालिपोलीमा पाइने जडीबुटी थियो।
कतिले "लोन पाइन" भनेर चिनिने धुपी, र ग्यालिपोली गुलाफको प्रयोग गर्छन्।
सैनिकहरूले युद्ध पछि ग्यालिपोली क्षत्रबाट ती बिरुवाका बीउ अस्ट्रेलिया ल्याएका थिए।
त्यस्तै, पहिलो विश्व युद्ध पछि युद्ध भूमिमा "रेड पपी" भनेर चिनिने युरोपेली फूल फूलेको थियो।
रेड पपीलाई लडाइमा ज्यान गुमाएका सैनिकहरूको सम्झनाको प्रतीक मानिन्छ।

A young girl lays a poppy on the Darwin cenotaph following the Anzac Day dawn service at the Bicentennial Park in Darwin. Credit: AAPIMAGE
दि ओड अफ रिमेम्ब्रेन्स एउटा कविता हो जुन युद्धमा गरिएका बलिदानको सम्झनामा एन्ज्याक डेका सेवाहरूमा वाचन गरिन्छ।
अस्ट्रेलियन वर मेमोरियलसँगको सहकार्यमा, प्रस्तुत गरेको छ।
एन्ज्याक बिस्कुट

Chewy anzac biscuits & rosemary stem cutting on cooling rack. Source: iStockphoto / Tim Allen/Getty Images/iStockphoto
यी सामग्रीहरू सजिलै नबिग्रिने हुनाले युद्धको समयमा सैनिकका श्रीमतीहरू र अन्य महिला समूहहरूले यात्रामा खानलाई एन्ज्याक बिस्कुट पठाउने गरेको विश्वास छ।
एन्ज्याक डेको बारेमा थप जान्नुहोस्
तपाईँले मा एन्ज्याक डे र अस्ट्रेलियाको सैन्य इतिहासको बारेमा थप जानकारी पाउन सक्नु हुन्छ।
या पनि मेमोरियलको भ्रमण गर्न सक्नु हुन्छ, जहाँका केही प्रदर्शनीहरू अङ्ग्रेजी बाहेक अन्य भाषामा पनि अनुवाद गरिएका छन्।