“अब देखि कुनै पनि आमाले आफ्ना सन्तानले आत्महत्या गरेको सुन्नुनपरोस”
गङ्गादेवी उप्रेतीले यो वाक्य बोल्दै गर्दा, आफ्नो एक्लो सन्तान गुमाएको पिडा असहिय थियो ।
सन्तानको उज्ज्वल भविष्यको कामना गदै ऋण-धन गरेको लाखौँ रुपैयाँ खर्च गरेर उनले आफ्नो मुटुको टुक्रालाई कोशौ टाढा उज्ज्वल भविष्यको कामना गदै पठाएकी थिइन् ।
तर पछि जुन समाचार उनले सुनिन, त्यस पछि जीवन पहिले जस्तो रहेन ।

Source: Supplied
अस्ट्रेलियामा यो वर्ष मात्र ६ जना नेपाली बिद्यार्थीहरुले आत्म हत्या गरेको तथ्याङ्कले देखाउँछ ।
विशेष गरी पढाइको तनाव, कलेजमा प्रत्येक ६–६ महिनामा बुझाउनु पर्ने हजारौँ डलरको फिस अनि नेपालमा बाउआमाको अपेक्षाका बिच जीवनमा अगाडी बढ्ने तालमेल नमिल्दा बिद्यार्थीहरुमा तनावको सिर्जना हुन्छ ।
र यही तनावको सही समयमा पहिचान र निदान नहुँदा यसले ठुलो दुर्घटनाको सिर्जना गर्छ ।
यसो त गङ्गा देवी उप्रेती पनि आफ्नो सन्तानले डिप्रेसनको सङ्केत देखाइरहँदा सहयोग नपाएको बताउँछिन् ।
“ऊ डिप्रेसनबाट गुज्रिरहँदा साथीभाइ,आफन्त वा उसका वरपरका मान्छेले हौसला वा प्रेरणा दिएनन् ।”
उनी भन्छिन् स्वदेशले आफू मानसिक रूपमा कमजोर भएको सङ्केत देखाइरहेको थियो ।
“घर आउँछु भन्दा पनि हामीले रोक्यौ ।” यही कुरा उनीहरूलाई अहिले सबैभन्दा पछुतो लाग्छ ।
अस्ट्रेलियामा नेपाली समुदायमा मानसिक रोगको पहिचान र यसबाट गुज्रिरहेको व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने कुराको ज्ञानको कमी छ ।
मानसिक रोगबाट गुज्रिरहेका व्यक्तिहरूले कस्ता लक्षण देखाउँछन् र ती लक्षण भए कसरी उसलाई सहयोग गर्ने भन्ने कुराको थोरै मात्र ज्ञान भए पनि अरूलाई सहयोग गर्न सकिने निकै लामो समयदेखि अस्ट्रेलियाका नेपाली आप्रवासी र बिद्याथीहरुका लागि निःशुल्क मेन्टल हेल्थ फस्ट एड तालिम सञ्चालन गरिरहेका भरत नेपाल बताउँछन् ।
“हामीले मानसिक रोगको पहिचान कसरी गर्ने र यसबाट कोही गुज्रिरहेको भए कसरी सहयोग पुर्याउने भन्ने बारेमा तालिम दिन्छौ ।” उनले भने ।

Bharat Nepal, at the Mental Health First Aid Course conducted by Australia Nepal Public Link on 21 and 22 November 2020 in Kogarah, Sydney Source: Supplied
मनोचिकित्सक अनुपम पोखरेल मानसिक रोगले विभिन्न लक्षण देखाउने बताउँछन् ।
डराउने, आत्मबल कम भएको जस्तो,कुनै काम गर्दा अरूले केही भन्छ कि भनेर अघि बढ्न हिच्किचावट हुने जस्तो लगातार भएमा र यसले दैनिक क्रियाकलापमा असर गरे काउन्सीलिङ वा चिकित्सकमा जानु पर्ने उनी बताउँछन् ।
“कतिपय अवस्थामा मानसिक समस्याबाट गुज्रिरहेका मानिसलाई आफूलाई के भएको छ भन्ने थाहा नभएको हुन सक्छ यस्तो अवस्थामा नजिकका मान्छेहरूले वा साथीभाइले उसको अवस्था हेरी सहयोग पुर्याउनु पर्दछ” उनले भने ।
“नेपाली समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी जागरण बढाउनका लागि विभिन्न कार्यक्रम गरी रहेका छौ, र अहिले हाम्रो समुदायमा मानसिक रोगलाई लिएर जागरुपमता बढेको देखिन्छ ” डाक्टर पोखरेलले एस बि एस नेपाली सँग भने ।

Melbourne-based psychiatrist Anupam Pokharel notes that many of his patients have some level of exposure to violence. Source: SBS Nepali
“फाउन्डेसन खोलेर जनचेतना फैलाउदैछौ”
गङ्गादेवी र उनका पति किशोर मिलेर हाल स्वदेश फाउन्डेसन नामको संस्था दर्ता गरेका छन् ।
आफ्ना सन्तानको नाममा दर्ता भएको फाउन्डेसनले पढाइका लागि विदेश जाने क्रममा रहेका बिद्यार्थीहरु र मानसिक समस्या भोगिरहेका त्यहीका विद्यार्थीलाई काउन्सीलिङ गर्ने उद्देश्य राखेको छ ।

Source: Supplied
“डिप्रेसन भएका बिद्यार्थीहरुलाई काउन्सीलिङ गर्यौ भने २ –४ जनालाई भए पनि बचाउन सक्छौ कि भन्ने उद्देश्य छ ।” उनले भनिन् ।
र गङ्गादेवी र किशोर उनीहरूको उद्देश्यमा अरूहरूको पनि साथ खोजिरहेका छन् ।
यो पनि पढ्नुहोस्:

मानसिक स्वास्थ्य सेवामा पहुच बढाउन सरकारलाई बिज्ञहरुको सुझाव