विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार रहेको बिबिसी नेपालीले जनाएको छ।
ठुला विमानहरू पछिल्लो समयमा पोखरा विमानस्थलमा नै अवतरण गर्ने गरेकोमा आफूले सो विमान भने पुरानो विमानस्थल तर्फ आउन खोजेको जस्तो देखेको क्षेत्रीले बताए।
LISTEN TO

दुर्घटना भइसके पछिको अवस्थाबारे दीपक क्षेत्रिसँग गरिएको कुराकानी सुन्नुहोस्।
04:38
विमानमा सवार एक अस्ट्रेलियाली
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा पनि ४० जनाको मृत्यु भएको छ।
एक विमानस्थलका अधिकारीका अनुसार ७२ जना सवार यात्रुहरू मध्ये एक अस्ट्रेलियाली पनि रहेका छन्।
साथै विमानमा पाँच भारतीय, चार रुसी, एक आइरिस नागरिक रहेको बताइएको छ। सवार अन्य विदेशी यात्रुहरूमा दुई दक्षिण कोरियाका, एक फ्रान्सेली र एक अर्जेन्टिनाका नागरिक पनि रहेको विमानस्थलका अधिकारीले जानकारी दिए।
एसबीएसले विदेश मामिला विभागसँग प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।
दीपक क्षेत्रीले एसबीएस नेपालीलाई उपलब्ध गराएका तस्बिरहरू:

Source: Supplied / Deepak Chhetri

Source: Supplied / Deepak Chhetri

Screenshot from the video supplied by Deepak Chhetri. Source: Supplied / Deepak Chhetri