द्वन्दवकालमा भएको घटनाको राजनीतिक जिम्मेवारी लिन तयार छु: प्रचण्ड
सत्तारुणढ दलका एक जना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्ष कमल दाहाल प्रचण्डले द्वन्दवकालमा उनी नेतृत्वमा रहेका कारण भएका घटनाको राजनीतिक जिम्मेवारी लिन तयार रहेको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायबारे द्वन्दव पीडितहरूसंग राखेको एउटा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
"म दोषी छु भने त्यसको निम्ति म जिम्मेवार हुनु पर्ने हुन्छ। इतिहासले, राजनीतिक घटनाक्रमले, अन्तराष्ट्रिय न्यायको सिद्धान्तले, शान्ति सम्झौता र विस्तृत शान्ति सम्झौताको प्रकृयाले मलाई दोषी छु भन्ने म त्यो पनि भोग्न तयारी छु मैले त्यो पनि भनिरहेको छु," उनले भने।
प्रचण्डले यसरी बोली रहँदा उक्त कार्यक्रममा उपस्थित कतिपय दोवन्दव पीडितहरूले प्रश्न पनि उठाएका थिए।
Nepal's former Prime Minister Pushpa Kamal Dahal in 2009. (AP Photo/Binod Joshi) Source: AP
विगतका घटनालाई लिएर आफूमाथी यसरी प्रश्न तेर्सिनु स्वाभाविक रहेको बताए। विस्तृत शान्ति सम्झौता गर्दा संक्रमणकालीन न्यायको विषयलाई ६ महिनामा टुङ्ग्याउने भनी वाचा गरिए पनि अहिले १३ वर्ष लागि सकेको ढीलाइ प्रति पनि उनले आत्मलोचना गरे।
संविधाना निर्माण र अन्य राजनीतिक प्रकृयामा अल्झन परेकोले संक्रमणकालीन न्याय ओझेलमा परेको बताए।उनले छिट्टे संक्रमणकालीन न्यायलाई टुङ्ग्याउन आवश्यक प्रकृया पुरा गरिने पनि वाचा गरे।
यस्तै सप्ताहको सुरुमा उनले टीकापुर घटनाका सबै झुटा मुद्दा फिर्ता लिने सहमति भएको भन्दै रेशमलाल चौधरी रिहा हुन सक्ने संकेत दिएका थिए। उनले त्यस विषयमा सैद्धान्तिक सहमति भइसकेको र मुद्दा खारेजीको प्रकृयासमेत अगाडि बढेको जानकारी दिए।
"टीकापुर घटनामा जे भएको छ, अस्ति भर्खरै हामीले बालुवाटरमा यो विषयमा छलफल गरेर सबै झुटा मुद्दा खारेज गर्नुपर्ने भनेर सैद्धान्तिक सहमति गरेका छै," सुनसरीमा आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दृ प्रण्डले भने, "जनताको मतबाट जतेका माननीयहरुलाई ससम्मान बाहिर ल्याउने वातावरण हुन्छ भन्नेमा म विश्वस्त छु।"
चुनाव जितेपछि आत्मसमर्पण गरेका चौधरीले जेलमै रहेको अवस्थामा सासंदको सपथ खाए पनि अदालतले जन्मकैदको फैसला गरेको थियो। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।
चन्द क्यान अध्यक्षमा निर्वाचित
नेपाल क्रिकेट संघ (क्यान)को शनिवार भएको निर्वाचनमा चतुर बहादुर चन्द अध्यक्ष निर्वाचित भएका छन्। ५९ मतदाता रहेका निर्वाचनमा चन्दले ४४ मत ल्याएका थिए भने अध्यक्ष पदका अर्का प्रत्याशी पाण्डेले १५ मत ल्याए।
क्यानको उक्त निर्वाचन पश्च्यात साढे तीन वर्ष देखि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) लगाएको निलम्वन फुकुवा गर्न महत्वपुर्ण रहने बताइएको छ।
यस्तै उपाध्यक्षमा राजबाबु श्रेष्ठ र सचिवमा अशोकनाथ प्याकुरेल निर्वाचित भएका छन्।
क्यानका तत्कालिन अध्यक्ष टंक आङ्बुहाङलाई बाइपास गरी २०७२ मंसिरमा चन्दकै नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि क्यान विवादको सुरुवात भएको थियो। त्यसको ६ महिनापछि राजनीतिक हस्तक्षेप गरेको बहानामा आइसीसीले क्यानलाई निलम्बन गर्यो। आइसीसीको अक्टोबर १३मा बस्ने बैठकले नेपालको निलम्बन फुकुवा गर्ने अपेक्षा गरिएको छ।
Chatur Bahadur Chand elected CAN President. Source: Facebook
डीएनए जाँचको त्रुटिको अनुसन्धन गर्न विज्ञ टोली
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयले आफ्नै विधि विज्ञान प्रयोगशालामा भएको डीएन परीक्षण बारे शंका जाँच गर्न विज्ञहरु सम्मिलित टोली गठन गरेको छ।
घटना भएको करिब १४ महिना पछि प्रहरीले उक्त समिति गठन गरेको हो।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक डा. जीवन रिजालको संयोजकत्वमा गठित टोली पाँच सदस्यीय छ। गत साउन १०मा कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कार पछि हत्या गरिएको थियो।
स्क्रब टाइफसका बिरामी करिब ७००
डेंगीको प्रकोप बढि रहेका विवरणहरू आइरहेका समयमा सक्रब टाइफस पनि निकै फैलिएको चिकित्सकहरूले बताएका छन्।
दुई महिनायता स्क्रब टाइफस भएर अस्पताल पुग्ने बिरामीको संख्या ६ सय ९५ पुगेको चिकित्सकहरूले बताएका छन्। यो ६१ जिल्लामा फैलिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
डधेलधुरा, कैलाली, चितवन, हेटौडा, धादिङ लगायतका जिल्लमा विरामिहरूको संख्या बढि नै रहेको महाशाखाका प्रमुख डा. प्रकाश प्रसाद साहले बताए।
एसिड आक्रमणका घाइतेलाई निर्वाहा भत्ता
एसिड आक्रमणमा परि घाइते भएका दुई जना पीडितलाई सरकारले जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।
यो साता बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनहीतीन खाल रुपैयाँ आर्थिक सहायता उपलब्धगराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचनामन्त्री गोकुल बाँस्कोटाले बताए।
यस्तै सरकारले अष्ट्रेलिया सरकारसँग हवाई सेवा सम्झौतामा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको पनि उनले बताए।
Nepali youth activists light candles during a vigil in memory of the victims of acid attacks in Kathmandu on September 27, 2018. (Getty) Source: Getty Images
राष्ट्रिय गौरबका आयोजनाको अनुगमन एक्सन रुमबाट
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको एक्सन रुपबाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ।
कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा आएको हो। यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव तथा सचिवहरूले आयोजना प्रमुखसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने छन्।
उक्त कक्ष जेठ महिना देखिनै संचालनमा आएको थियो तर गौरबका आयोजनाहरूको लाइभ फुटेज कनेक्ट भने हालैमात्र गरिएको कार्यालयका प्रवक्ता यमलाल भुसालले बताए।
अब आयोजनाहरूको प्रगतिको अवस्था हेरेर आवश्यक निर्देशनसमेत दिन सकिने भुषालले बताए।