अस्ट्रेलियामा लागू हुने सोसल मिडिया प्रतिबन्ध बारे नेपाली बालबालिका, आमाबाबु र जानकारहरू

social media

Source: Flickr

गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्‌ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सोसल मिडिया चलाउन नपाउने नयाँ कानून पारित गर्‍यो। यो विश्वमै पहिलो पटक लागू हुने भनिएको कानून हो। सन् २०२५ को अन्त्यसम्ममा लागू हुने भनिएको यो कानूनका बारेमा मेलबर्न र सिड्नीका बालबालिका र उनीहरूको अभिभावकहरूका विचार र यो कानूनका मानसिक स्वास्थ्य प्रभावबारे मनोचिकित्सक डा. अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक ज्यानुअरी २०२५ मा प्रकाशित भएको थियो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
सुन्नुहोस्
nepali_160125_Social Media ban second report image

अस्ट्रेलियामा सोसल मिडिया प्रतिबन्ध: बालबालिकालाई नेपालमा कुराकानी गर्न समस्या

22:38

Share