किरन म्यानीन गएको एक दशक देखि आफ्नो निजी घर खरिदको सपना पुरा गर्न पैसा बचत गरिरहेकी थिइन् ।
यस पटक आमा बाबाको आर्थिक सहयोग पछि सिड्नीमा रहेको एक अपार्टमेन्ट साँचो लिन उनी सफल भइन् ।
पछिल्लो समय आकासिएको घरजग्गाका को भाउ छिचोल्न मुस्किल परेकाहरू मध्ये केइरन मात्रै एक मात्र पात्र भने होईनन् ।
कोर लजीकका अनुसार हरेक सहरमा कम्तीमा पनि एक प्रतिशतका दरले घरको भाउ बढेको छ ।
उक्त संस्थाका अनुसन्धान निर्देशक टिम ललेस भन्छन् माग र आपूर्तिका बिच सन्तुलन मिलेको छैन ।
सबैभन्दा कम भाउ बढेको पर्थमा हो,जहाँ एक दशमलव एक प्रतिशतले मात्र घरको भाउ बढेको छ ।

Source: AAP
यता टास्मेनियाली सहर होर्वटमा तिन दशमलव २ र सिड्नीमा ३ प्रतिशतको वृद्धि देखिएको छ ।
सिड्नीमा पछिल्लो ३२ वर्षमा यसरी घरको भाउले छलाङ मारेको यो दोस्रो मौका हो ।
अझ डार्बिनको अवस्था हेर्न हो भने यो वर्षको मे महिना सम्ममा घरको भाउ २० दशमलव ३ प्रतिशतले बढेको छ,र यो एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा ठुलो वृद्धि हो ।
रिजर्भ बैकको ब्याजदर ऐतिहासिक रूपमा शून्य दशमलव १ प्रतिशतमा रहनुले बैकहरूलाई कम ब्याजदरमा ऋण प्रवाह गर्न सजिलो भएको छ
तर यस्ता चेतावनीहरू दिइएका छन् कि यो दर रेटमा चाडै परिवर्तन आउन सक्छ ।
मोजो नामक वित्त संस्थाका पिटर मार्च भन्छन् “हामी यो अनुमान लगाईरहेका छौ कि बैकहरूले बिशेषगरी दीर्घकालीन अवधिका लागि दररेटलाई बढाउनेछन् ”

If you deferred your home loan repayments due to the impacts of COVID-19, find out more about what that means for you. Source: Pixabay
यता घरजग्गा खरिदका लागि ऋण मिलाइदिने प्लेटफर्म लेन्डी ग्रुपका प्रमुख डेभिड हेम्यानका अनुसार खरिदकर्ताहरू सस्तो मूल्य खोज्दै सहरबाट टाढा जादैछन् ।
कोर लजीकको घरको भाउको सुचीमा मे महिनामा मात्र दुई दशमलव दुई प्रतिशतको वृद्धि देखिएको छ ।
जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो ।
यो सँगै पछिल्लो समय निजी आवास निर्माणका लागि अनुमति दिने गतिमा पनि वृद्धि देखिएको छ ।