घरेलु वा पारिवारिक हिंसाका पीडितहरूलाई अस्ट्रेलियामा कानूनी सहायता पाउन किन यस्तो गाह्रो?

Physical domestic violence.

Domestic violence is not always physical, but often is and more and more frequent since the pandemic. Make sure you talk to your doctor or a friend. Source: Image by nicdalic/creative commons

अस्ट्रेलियामा घरेलु वा पारिवारिक हिंसाका प्राय: जसो केसहरूमा पुरुषहरू पिडकका रूपमा देखा पर्ने गरेका छन् भने महिला र बालबालिकाहरू पीडितका रूपमा देखिन्छन् तर महिलाहरूले कानूनी बाटो अपनाउन या भनौँ न्याय पाउनका लागि भने विभिन्न अवरोधको सामना गर्नु परेको छ ।


घरेलु हिंसामा परेका हजारौँ अस्ट्रेलियालीहरुले कानुनी कारबाही अगाडी बढाउँदा वकिललाई बुझाउनु पर्ने रकमको जोहो गर्न पनि मुस्किल पर्ने गरेको बताइन्छ ।

दुर्व्यवहार, दवाब वा नियन्त्रित सम्बन्धहरूबाट बाहिर निस्कँदै गर्दा धेरैले जटिल सरकारी सेवाहरूबाट कानुनी बाटो खोज्नु पर्ने हुन्छ र कानुनी, न्याय प्रणाली प्रक्रिया एवं प्राविधिक शब्दावलीहरू बुझ्न मुस्किल पर्दछ ।

धेरै केसहरूमा कानूनी सहायताका लागि प्रतिनिधित्व गरिदिन परेका निवेदनहरू अस्वीकृत हुँदै गर्दा, ती सहयोग माग्ने मानिसहरूको पिडकहरूले भने तिनै सेवा प्रदायकहरूबाट प्रतिनिधित्व प्राप्त गरिरहेका हुन्छन्।

अस्ट्रेलियामा नजन्मिएका वा मातृभाषा अङ्ग्रेजी नहुने मानिसहरूका लागि भने यो थप झन्झटिलो हुन्छ।

मरिया अर्जेन्टिनामा जन्मिएकी आप्रवासी हुन् जसले आफू माथि दुर्व्यवहार सुरु हुनु पूर्व, करिब १२ वर्षसम्म आफ्नो पार्टनरसँग जीवन व्यथित गरेकी थिइन्।

मरियालाई आफू घरेलु दुर्व्यवहारको सिकार भएको स्वीकार गर्नका लागि बर्सौँ लाग्यो ।
domestic violence, family violence, emotional abuse, gina, filipina
Source: Getty Images/SimonSkafar
उनका पार्टनरले उनी माथि हातपात कहिल्यै नगरेता पनि, उनी डरमा बाच्न बाध्य भइरहिन् ।

आफ्ना सन्तानमा मानसिक तनाव हुन सक्छ भन्ने कुराले पनि उनी चिन्तित थिइन् ।

मारिया दुर्व्यवहारपूर्ण सम्बन्धबाट बाहिर त निस्किन तर त्यसको कानूनी उपचार खोज्दा खोज्दै उनले हजारौँ डलर खर्च गरिन् र यसै कारण उनको ऋण बढिरहेको छ।
In Australia, thousands of domestic violence survivors can't afford lawyers' fees
In Australia, thousands of domestic violence survivors can't afford lawyers' fees Source: SBS
अस्ट्रेलियामा थुप्रै घरेलु हिंसाबाट पीडित व्यक्तिहरूले अदालत जाँदा वकिल राखेका हुँदैनन् तर मारियाले भने कानूनी सल्लाहकार नियुक्त गरेकी थिइन्।

मारिया भन्छिन् कि उनलाई कुरा बुझ्नु थियो।

"त्यस्तो बेला तपाईँ निकै भावनामा बग्ने स्थितिमा हुनुहुन्छ; तपाईँ थुप्रै जानकारी लिने अवस्थामा हुनुहुन्न," उनले भनिन्।
"तपाईँ डराएको महसुस गर्नुहुन्छ। तपाईँलाई यी सब कुरा कसरी गर्ने भनेर मनमा तर्कना उठ्न थाल्छ।"
यस्तै कारणहरूले गर्दा मारिया भन्छिन् कि उनलाई वकिलहरूको सहायता लिनुपर्छ भन्ने लाग्यो।

उनले निःशुल्क प्राप्त हुने कानूनी सल्लाह पनि नलिएकी होइनन् तर यसबारे उनको अनुभव तितो रहेको छ।

मारियाका अनुसार लिगल एडका सेवाहरू लिन प्रक्रिया निकै झन्झटिलो छ र निःशुल्क सेवा पनि जम्मा एक घण्टाका लागि मात्र उपलब्ध हुन्छ।

"यी सेवा लिँदाका मेरा अनुभवहरू राम्रा छैनन्," उनले एसबीएससँग भनिन्।
एक दिन मरियाले 1-800-RESPECT वा १८०० ७३७ ७३२ मा फोन लगाइन् र उक्त कुराकानीका दौरान आफ्नो जीवनको दैनिकी बनेको सन्त्रास र अपमानको पनि नाम हुने रहेछ भन्ने बल्ल थाहा पाइन्।

उनले कोअर्सिभ कन्ट्रोल र ग्यासलाइटिङ जस्ता शब्दहरूका अर्थ जानिन्।

मिसेल मोरिस इनटच मल्टीकल्चरल सेन्टर एगेन्स्ट फ्यालफ्याली भायोलेन्सकी नामक संस्थाकी प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनी भन्छन् कि आफ्नो संस्थामा आउने ६० प्रतिशत महिलाहरू कोअर्सिभ कन्ट्रोल र ग्यासलाइटिङ जस्ता विषयमा अनविज्ञ रहने गरेका छन् भने करिब ७० प्रतिशत महिलाहरूलाई आफ्नो कानूनी अधिकारहरूको बारेमा दुबिधा रहन्छ।


मोरिसको भनाइमा भाषा र अन्य अवरोधहरूका कारण कानुनी समर्थन पाउन बाधा पुगिरहेको हुन्छ, विशेषतः अङ्ग्रेजी पहिलो भाषा नहुँदा।

उनी भन्छिन् कि कानूनी सेवा र कानूनी मुद्दाहरू एकदमै जटिल एवं स-सानो कुराले अन्तर पार्ने किसिमको हुन्छ।

"एउटा महिलालाई के भइरहेको छ भनेर बुझ्न पाउने अधिकार हुन्छ," मोरिस भन्छिन्।
"त्यसैले भाषामा पकड छैन भने दोभासेको प्रयोग एक मात्र उपाय हो।"
तर उनले यस्ता दोभासेहरू कानूनी प्रणालीसँग अभ्यस्त नहुने भएकाले, महिलाहरूको लागि यो कुरा ठुलो वाधाहरू मध्येको एक रहेको उल्लेख गरिन्।

न्यायमा पहुँच बढाउने सरकारी नीति तथा परियोजनाको समन्वय गर्ने जिम्मा महान्यायाधिवक्ता विभागमा पर्दछ।

नयाँ तथ्याङ्क अनुसार, सन् २०२० को जुलाईदेखि २०२१ मेका बिचमा महिलाहरूले भन्दा पुरुषहरूले झन्डै दुई गुणा कानूनी सहायताको अनुदान प्राप्त गरेका छन्।

सिड्नी विश्वविद्यालयमा कानूनका प्राध्यापक साइमन राइसले अस्ट्रेलियाको राष्ट्रिय कानुनी सहायता तथ्याङ्कलाई विश्लेषण गरेका छन् ।

उनको विश्लेषणले सहायताहरू ६५ प्रतिशत पुरुषलाई, ३३ प्रतिशत महिलालाई र बाँकीको दुई प्रतिशत लिङ्ग उल्लेख नगरेका मानिसमा पुगेको देखाएको छ ।
राइस भन्छन् कि विशेष रूपमा महान्यायाधिवक्ताहरूले लिगल एडका बारेमा खासै चासो दिएका छैनन्।

"कमजोर र असुरक्षित मानिसहरूलाई न्याय दिने सम्बन्धमा चासो सरकारहरूले दिएका छैनन्, विशेषतः महान्यायाधिवक्ताहरूको यसमा कुनै चासो नै देखिएन," उनले भने।

आपराधिक कानुन प्रति कानुनी सहयता कोष निकै पक्षपाती भएको बताइन्छ जसका कारण अस्ट्रेलियाका महिलाहरू पूर्ण रूपमा यस्ता सेवा लिन बाट अवरोधमा परेका छन्।
Domestic Violence
Domestic Violence Source: Getty


कानुनको यस क्षेत्रमा अधिकांश प्रतिवादीहरू पुरुष छन् ।

आपराधिक, नागरिक र पारिवारिक गरी अस्ट्रेलियाको कानुनलाई मुख्यतया तीन भागमा वर्गीकृत गरिएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय कानुनी सहयता तथ्याङ्क हेर्ने हो भने सन् २०२० र २१ मा १२९,६०५ कानुनी सहायता अनुदानहरू प्रदान गरिएका थिए।
उक्त अवधिमा पुरुषहरूले ८३,५०३ सहायता प्राप्त गरे भने महिलाहरूले ४३,१६० र लिङ्ग नखुलाइएका मानिसहरूले २,९४२ कानुनी अनुदान प्राप्त गरे।

महिलाहरूलाई कानुनी सेवा दिने संस्था वुमन्स लिगल सर्भिस भिक्टोरियाकी कार्यकारी प्रमुख हेलेन म्याथ्युज भन्छिन् कि उनीहरू आफूकहाँ आउने सबै मुद्दाहरू हेर्न भ्याउँदैनन्।

"हामी कस्तो मुद्दा हेर्ने भन्ने बारेमा निकै कडाइ गर्छौँ," उनले भनिन्।
"प्रणालीलाई विल्कुलै नबुझ्ने मानिसहरू जो छन् जस्तो लाग्छ, हामी उनीहरूलाई नै सहायता दिन्छौँ।"
पारिवारिक मुद्दा मामिला छिट्टै समाधान नहुने भएकाले पनि आफूहरूले कस्तो महिलालाई सहायता नदिने भनेर छुट्ट्याउने गरेको उनले बताइन्।

"महिलाहरूको आय हेरेर हैन कि उनीहरूको मामिलामा रहेका समस्याहरूलाई लिएर हामीले कसको मुद्दा हेर्ने, कसको नहेर्ने भनेर निर्क्योल गर्छौँ।"

अस्ट्रेलियामा सार्वजनिक तथा निजी सेवा सेवा प्रदायकहरू मिलेर लिगल एड कमिसन भनिने कानूनी सहायता आयोग मार्फत राज्य तथा प्रदेशका वैधानिक निकायहरूसँग मिलेर काम गर्छन्।
यस्तो प्रक्रियाको नतिजाले दीर्घकालीन प्रभाव पार्न सक्छ जस्तै कि घरपरिवार, सम्पत्ति वा आय गुमाउनु ।

यसले शारीरिक ,भावनात्मक वा मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ।

कुनै कानुनी सहयता सेवाले अन्य कुनै आपराधिक कानूनमा मुछिएको आरोपित व्यक्तिको प्रतिनिधित्व गर्छ भने - जुन धेरै मामिलाहरूमा हुन्छन् - त्यस्तो बेला सेवा प्रदायकहरूलाई कानुनी द्वन्द्व नहोस् भन्ने हेतुले पीडितको प्रतिनिधित्व गर्नमा बन्देज लगाइएको हुन्छ ।
प्रति घण्टा करिब ५०० डलर कमाउने वकिलहरूको सेवा लिने अधिकांश मानिसहरूको हैसियत नै हुँदैन।
यदि मानिसहरूले वकिल राख्ने खर्च धान्न सक्दैनन् भने उनीहरू सेल्फ रिप्रेजेन्टेसन भनिने आफ्नो प्रतिनिधित्व आफै गरी अदालतमा उपस्थित हुनुपर्ने हुन्छ ।

वकिल नहुँदा आफ्ना दुःख पीडा सबै अदालत समक्ष पुनः प्रस्तुत गर्दा, पारिवारिक हिंसाबाट बाँचेकाहरू पुन चोट सहन बाध्य हुन्छन्।

ल काउन्सिल अफ अस्ट्रेलिया भनिने अस्ट्रेलियाली कानुन परिषद्ले घरेलु हिंसाको चक्रव्यूह बाट बाहिर निस्कन सफल रहेका मानिसहरूले भोग्ने विविध व्यावधानहरूबारे एक विज्ञप्ति मार्फत भनेको छ कि लगातार रूपमा विभिन्न सरकारहरूद्वारा जनसङ्ख्या वृद्धि र मुद्रास्फिती दर बढ्दै जाँदा त्यस अनुरूपको अनुदान कानूनी सहायता क्षेत्रले पाएन र यो नै समस्याको मुख्य जड हो।
"कुनै-कुनै मुद्दाहरूको हकमा त सुनुवाइ सुरु हुन नै दुईदेखि तीन वर्षसम्म लाग्छ," उक्त विज्ञप्तिमा भनिएको छ।

पारिवारिक झगडा अदालत भन्दा बाहिरका सेवा प्रदायकहरू मार्फत हुनुपर्नेमा आफ्नो जोड रहेको पनि कानुन परिषद्को भनाई छ।

यद्धपी पारिवारिक अदालत, समस्या समाधान गर्न नसक्नेहरूका लागि ठुलो महत्त्वपूर्ण संसाधन रहेको पनि उक्त संस्थाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।


सन् २००९ देखि अस्ट्रेलियाले राष्ट्रिय र राज्य तहमा विभिन्न कानुनी सहायता कार्यक्रमहरू सुरु गरेको छ ।

तर कुनै पनि कार्यक्रमले कानुनी पहुँचको ग्यारेन्टी भने दिँदैनन् उल्टै त्यस्तो सुविधाका लागि तोकिएको योग्यता पुगेकै हुनुपर्ने प्रावधान छ।

वुमन्स लिगल सर्भिस भिक्टोरियाकी प्रमुख हेलेन म्याथ्युज भन्छिन् कि साहयताका लागि योग्य विपन्न वर्गका कैयन महिलाहरू अझै पनि सेवा पाउन योग्य छैनन् ।

"लिगल एडले सिधै सहयोग गर्न नसक्ने मामिलाका लागि मानिसहरूले निजी कानूनी सल्लाहकार राख्न लिगल एडबाट अनुदान पाउन सक्छन्," उनी भन्छिन्।
"तर, पारिवारिक मामिलामा लिगल एडको काम गरिदिने वकिलहरूको आपूर्तिमा समस्या छ।"
यदि तपाईँ, तपाईँका छोराछोरी वा अन्य कोही खतरामा हुनुहुन्छ भने ००० मा फोन गर्नुहोस्।

यदि तपाईँ वा तपाईंले चिन्नुभएको कसैलाई सहायता चाहिन्छ भने निम्न संस्थाहरूलाई सम्पर्क गर्नुसक्नुहुन्छ:

  • 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा जानुहोस्
  • किड्स हेल्पलाइनलाई १८०० ५५१ ८०० मा फोन गर्नुहोस् वा जानुहोस्
  • मेन्स रिफर्रल सर्भिसलाई १३०० ७६६ ४९१ मा फोन गर्नुहोस् वा जानुहोस्
  • लाइफलाइनलाई १३ ११ १४ मा फोन गर्नुहोस् वा जानुहोस्

Share