नेपालमा प्राय हवाई दुर्घटनाहरू नियम उल्लङ्घनका कारण हुने एक विज्ञको भनाई

, Monday, May 30, 2022. The wreckage of a plane carrying 22 people that disappeared in Nepal's mountains was found Monday scattered on a mountainside, the army said. There was no word on survivors. (Fishtail Air via AP)

This handout photograph released shows the wreckage of a plane in a gorge in Sanosware in Mustang district close to the mountain town of Jomsom. Source: Fishtail Air

नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल खुल्दै गर्दा र केही दिन अघि मात्र एक सानो जहाज दुर्घटनामा परेको सन्दर्भमा एक नागरिक उड्डयन विज्ञ कुमार चालिसेसँग सेवा भट्टराईले गरेको कुराकानी।


यसै हप्ता नेपालमा तारा एयरको एउटा विमान दुर्घटनामा परेर २२ जनाको ज्यान गएको छ। 

पोखराबाट मुस्ताङ जाँदै गरेको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकामा भेटिएको हो।

नेपालमा विशेष गरी पहाडी इलाकामा वर्षेनी विमान दुर्घटना हुने गरेका छन्, र हालसम्म नेपालमा १०० भन्दा बढी विमान दुर्घटना भइसकेको नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क छ। 

भूपरिवेष्टित भएकाले पनि नेपालका लागि उड्डयन अत्यन्त महत्त्वपूर्ण छ र केही हप्तादेखि लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएको छ।
Gautam Buddha International Airport
Nepal's second international airport is now operational. Source: GBIA Facebook
पोखरामा नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने बताइएको छ भने निजगढमा बनाउने भनिएको अर्को विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्च अदालतले केही दिन अघि मात्र आदेश जारी गरेको छ।

नेपालको अर्थतन्त्र र पर्यटनका लागि सो विमानस्थललाई आवश्यक मानिए तापनि निर्माणका क्रममा धेरै वन मासिने भन्दै वातावरण प्रेमीले यसको विरोध गर्दै आएका छन्।

नेपालमा सञ्चालनमा आएका र आउने भनिएका अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्ने सम्भावना भएको कुमार चालिसेले एसबीएस नेपालीलाई बताए। 

तर त्यसका लागि विमान चालकले उडानका नियमहरू अझ कडाइका साथ पालना गर्नुपर्ने भनाइ उनको छ।

चालिसेका अनुसार नेपालमा हुने अधिकांश हवाई दुर्घटनाको कारण नियमहरूको उल्लङ्घन हो।
चालिसेसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
 


Share