पूर्व राजाले भेटे भारतीय मुख्य मन्त्रीलाई र डा. केसीले गरे आफ्नो १४ औं अनशन: गत ७ दिन नेपालमा

Nepal's former King, Gyanendra meeting Yogi Adityanath, Chief Minister of the Indian state Uttar Pradesh.

Nepal's former King, Gyanendra meeting Yogi Adityanath, Chief Minister of the Indian state Uttar Pradesh Source: Twitter

Get the SBS Audio app

Other ways to listen


Published 14 January 2018 6:03pm
By Smriti Dhungana
Source: SBS


Share this with family and friends


नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय राज्य उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ बीच भएको भेट र डा. गोविन्द केसीको १४ औं अनशन अन्त्य बने गत ७ दिनका प्रमुख नेपाली समाचार।


डा.केसीले तोडे १४ औं अनशन

सर्वोच्च अदालत प्रधानन्यायाधीस गोपाल पराजुलीको राजीनामाको माग गर्दै अनशन बसेका प्रा.डा. गोविन्द केसीले सरकारसँग पाँच बुँदे सहमति भएपछि विगत २५ वर्षदेखि शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउँदै आएका नथुनिया मोतीको हातबाट जुस पिउँदै शनिबार बिहान अनशन तोडेका थिए।

यसअघि सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिनलाई पुर्नस्थापना गर्ने निर्णयलगत्तै गत सोमबार १४ औं चरणको अनशन सुरु गरेका थिए । प्रधानन्यायाधीसको राजीनामा माग्दै अनसनमा बसेपछि सोमबार राति अदालतले मानहानीको मुद्दामा उनलाई गिरफ्तार गराएको थियो।

आइओएम डिनको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रुपमा फैसला गरेको भन्दै फैसला मेडिकल माफियाको स्वार्थ भएको आरोप समेत डा. केसीले लगाएका थिए । उनले चिकित्सा शिक्षा आयोग तत्काल गठन र नियुक्त डिन जगदिश अग्रवाललाई पदमा कायमै राख्न माग गरेका थिए । गत बुधबार अदालतले सामान्य तारेखमा मुक्त गरेपछि डा. केसीले  पुनः अनशन जारी राखेका थिए।

अनशन तोडेलगत्तै पत्रकारहरुसँग कुरा गर्दै डा.केसीले भने ।
. . .

राष्ट्रिय सभाको निर्वाचनका लागि २१ दल दर्ता

राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा २१ राजनीतिक दल दर्ता भएका छन्। आयोगले १५ दिनको समय दिएर विभिन्न राजनैतिक दल दर्ताका लागि आह्वान गरेको थियो।

राष्ट्रिय सभाको निर्वाचनको लागि निर्वाचन आयोगले यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका जानकारी शुक्रबार प्रवक्ता नवराज ढकालले दिएका थिए ।

राष्ट्रिय सभाको निर्वाचनको लागि निर्वाचन आयोगमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टी नेपाल लगायत २१ दलले दलहरु दर्ता भएका थिए ।

. . .

पूर्वराजा ज्ञानेन्द्र र मुख्यमन्त्री आदित्यनाथबीच भेट

पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच गत सोमबार भेटवार्ता भएको थियो। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।

'आज लखनउस्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर विक्रम शाहले भेट गर्नुभयो,’ योगीले आफ्नो ट्विटरमा फोटोसहित उल्लेख गरेका थिए। गत पुस १४ मा स–परिवार नेपालगञ्च पुगेका पूर्वराजा ज्ञानेन्द्र धनगढ हुँदै लखनउ पुगेका थिए ।

. . .

डा.केसी समर्थनमा विरोध प्रर्दशन

डा. केसी पक्राउको विरोध गर्दै माइतीघर मण्डलामा उनको रिहाईको माग गर्दै समर्थकहरुले विरोध प्रर्दशन गरेका थिए । गत मंगलबार बिहान माइतीघर मण्डला डा.केसीको गिरफतारीविरुद्ध उनका समर्थकहरुले प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवं नयाँशक्तिका संयोजक बाबुराम भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।

विरोध प्रदर्शनमा सहभागि भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डा.गोविन्द केसीलाई मानहानी मुद्दा लाग्छ भने सबैलाई लाग्नुपर्ने बताएका थिए। 'हामी सबै अदालतको मानहानी गरेका छौं । त्यसो भए हामी सबैलाई मानहानीको मुद्दा लगाइयोस् ।’

. . .

चिसो र शितलहरको कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

चिसो र शितलहरको कारण देशका विभिन्न क्षेत्रमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पछिल्लो समय बढेको जाडो र शितलहरका कारण शनिबारसम्म मृत्यु हुनेको संख्या २७ पुगेको थियो ।

अधिकांश कठ्यांग्रिएर मृत्यु भएको जानकारी प्रहरीले दिएको थियो । विगत तीन सातादेखि जारी शीतलहर, हुस्सु र पश्चिमी हावाका कारण देशभर जनजीवन कष्टकर बन्दै गएको छ ।

. . .

नेपालमा चीनको इन्टरनेट

नेपाल र चीन औपचारिक रुपमा इन्टरनेशनल कनेक्टिभिटीमार्फत जोडिएको छ। गत शुक्रबार नेपाल टेलिकम र चीनको चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक नामक व्यवसायिक सेवाको सुरुवात गरिएको थियो ।

१ दशमलब ५ जिबी प्रतिसेकेण्ड क्षमताको दूरसञ्चार सेवासँगै नेपालको चीनसँग सम्पर्क विस्तार गरिएको थियो । यसअघि इन्टरनेट सेवाको भरपर्दो सञ्चालनका लागि सन् २००३ मा तत्कालीन सरकार र चिनियाँ सरकारबीच अप्टिकल फाइबर विस्तार गर्न सम्झौता भएको थियो । त्यसलगत्तै काठमाडौंदेखि खासासम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सन २००८ को अगष्टमा सम्पन्न गरिएको थियो ।

. . .

काठमाडौंको सम्पदा क्षेत्रमा चार पाङग्रे सवारी निषेध

काठमाडौं महानगरपालिकाले राजधानीको सम्पदा क्षेत्रमा चार पाङग्रे सवारीसाधन निषेध गर्ने तयारी गरिरहेको छ । आगामी माघ २ देखि सम्पदा क्षेत्र वरपरको सवारी चाप कम गर्नको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पाङग्रे सवारीसाधन प्रवेशमा निषेध गरिने भएको हो ।

महानगरपालिका उपमेयर हरिप्रभा खड्गीका अनुसार इन्द्रचोकबाट असन, नरदेवीबाट भेडासिंह, ठहिटीबाट असन, भोटाहिटी, महाबौद्धबाट असन र इन्द्रचोक लगायतका क्षेत्रमा चार पाङग्रे सवारी गुड्न निषेध गरिन लागेको हो ।

काठमाडौं महानगरपालिका अन्तर्गतका वडा नं १७, १८, १९, २२, २४, २५ र २७  लगायतलाई व्यस्थित गर्न चार पाङग्रे सवारी निषेध गरिने भएको हो ।  महानगरपालिकाले पार्किङको लागि खुल्लामञ्च, मखनचोक, आर्मी ब्यारेक नरदेवी जाने मन्दिर नजिक पार्किङ गर्न सकिने जनाएको छ।

. . .

एपीएफले जित्यो महिला फुटबल लिग

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप अन्तर्गतको १६औं राष्ट्रिय महिला फुटबलको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको थियो। सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

फाइनलमा एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् भने पुलिसकी रुपा मगरले १ गोल गरेकी थिइन् । एपीएफले सुपरलिगमा ९ अंक बनाउँदा ६ अंक जोडेको त्रिभुवन आर्मी प्रतियोगिताको उपविजेता बनेको थियो । त्यस्तै उपाधि विजेता एपीएफले २ लाख र उपविजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार प्राप्त गरेका थिए ।


Share