कुराकानीका मुख्य विषयहरू:
- अस्ट्रेलियामा बिस्तारै वसन्त ऋतु सुरु हुँदै गर्दा, देशभर घर बजारमा 'क्लियरेन्स रेट' कस्तो छ?
- 'रेन्ट टु बाइ स्कीम' नाममा भने जस्तै घर भाडामा लियो अनि केही वर्षमा किन्यो हो? यसका केही फाइदा र खराब पक्षहरू के-के छन्?
- सिड्नीका भित्री सबर्बहरूमा अहिले कहाँ घर किन्न सकिने अवस्था छ? पाँच प्रतिशत डिपोजिट भए हुन्छ?
- मोर्गेजका लागि ब्याङ्कसँग कसरी कुरा राख्ने?
- 'क्रेडिट स्कोर' भनेको के हो र यसले अस्ट्रेलियामा मेरो घर किन्ने क्षमतामा कसरी असर गर्छ?
- ब्याज दर फेब्रुअरीसम्म घट्छ कि भन्ने प्रक्षेपण छ। ट्रेजरर जिम चामर्स र रिजर्भ ब्याङ्ककी गभर्नर मिशेल बुलकबिच पछिल्लो समय भएका कुराकानीले ब्याज दर क्रिसमसभन्दा अगाडि घटाउन ब्याङ्क माथि कत्तिको दबाब पार्ला? ब्याज दरमा तल माथि कहिलेसम्म होला?
- अमेरिकाको राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प वा कमला ह्यारिस निर्वाचित हुँदा यसले अस्ट्रेलियाको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला?
- अरू प्रमुख शहरहरूको तुलनामा मेलबर्न अलि 'सफ्ट मार्केट' देखिनुको कारण के हो?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू , , मार्फत वा गरेर पठाउन पनि सक्नुहुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।