Key Points
- अधिकांश दाँतको स्याहार सम्बन्धी प्रक्रियाहरूलाई मेडिकेयरले कभर गर्दैन।
- यदि तपाईँको परिवारले सेन्टरलिङ्क भुक्तानी मार्फत सरकारी लाभहरू प्राप्त गर्छन् भने तपाईँका बच्चाहरू मेडिकेयरले बल्क-बिल गर्ने दन्त सेवाहरूको लागि योग्य हुन सक्छन्।
- केही हदसम्म सामान्य डेन्टिस्टहरूले नै दाँतको उपचार सम्बन्धी अधिकांश प्रक्रियाहरूलाई हेर्ने गर्छन्।
दन्त स्वास्थ्य हेरचाह भनेको दाँत, गिजा र मुखमा भएका अन्य तन्तुहरूको स्याहार गर्नु हो।
दाँतको स्वास्थ्य स्याहार प्रदान गर्ने प्रोफेसनलहरूको कुरा गर्दा हामी सामान्यतया जाने भनेको जनरल डेन्टिस्ट वा सामान्य दन्त चिकित्सक कहाँ नै हो।
जनरल डेन्टिस्टले आफ्नो अभ्यासको दायरा भित्र रहेर दाँत सम्बन्धी विविध प्रक्रियाहरूमा काम गर्न सक्छन्।
डा विसाम अत्तिया अस्ट्रेलियामा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका मेलबर्नका एक जनरल डेन्टिस्ट हुन्।
उनि भन्छन् जनरल डेन्टिस्टले एक हदसम्म दन्त चिकित्सा सम्बन्धी अधिकांश पाटोहरूलाई हेर्न सक्छन्।
केही अवस्थामा भने बिरामीहरूलाई विशेष उपचारका लागि अस्ट्रेलियामा उपलब्ध अन्य दन्त चिकित्सकहरूकहाँ पठाइन्छ।
"अवस्था हेरेर डेन्टिस्टहरूले कहाँ 'रिफर' गर्नु पर्ने हुन सक्छ, जसले दन्त चिकित्साको क्षेत्रमा कुनै एक विधामा विशेषज्ञता हासिल गरेको हुन्छ। जस्तै सर्जरी, डेन्टल इम्प्लान्ट वा दाँत हाल्ने, कहिलेकाहीँ त पुरै मुखको स्वास्थ्य पुनर्स्थापना गर्नु पर्ने हुन्छ। बच्चाहरूका लागि पनि केही विशेषज्ञ जस्तै डेन्टिस्ट हुन्छन्।"
डा अत्तिया दन्त स्वास्थ्यका क्षेत्रमा रहेका पेसाकर्मीहरूमा मुखको स्वास्थ्य सम्बन्धी थेरापिस्ट पनि हुने बताउँछन्, जसलाई ओरल हेल्थ थेरापिस्ट भनिन्छ।
उनीहरूलाई रोकथाम र पुनर्स्थापनाका प्रक्रियाहरू जस्तै दाँतको सफाइ र जाँच गर्न तालिम दिइएको हुन्छ।
उनीहरूले मुखलाई सफा र स्वच्छ राख्न उचित तरिकाले अभ्यास गर्नु पर्ने बारे साथै रोग रोकथामका सम्बन्धमा बिरामीलाई शिक्षा दिन्छन्।
Private practices are where patients pay for treatment out of pocket or with private health insurance. Credit: XiXinXing/Getty Images/Xixinxing
सरकारी र निजी डेन्टल क्लिनिक
अस्ट्रेलियामा दन्त स्वास्थ्य सेवाहरू निजी र सरकारी क्लिनिकहरूमा उपलब्ध हुन्छन्।
सरकारी क्लिनिकहरूले कस्मेटिक उपचार अन्तर्गत नपर्ने सेवाहरू केही सस्तोमा उपलब्ध गराउँछन्।
सरकारी क्लिनिकहरूमा बिरामीले आफूले डेन्टिस्ट छान्ने अवसर नपाउन सक्ने डा अत्तियाको भनाइ छ।
"सरकारी क्लिनिकहरूमा जाने बिरामीहरूलाई कहिलेकाहीँ डेन्टलका विद्यार्थीहरू वा ओरल हेल्थ थेरापिस्टहरूले उपचार गर्न सक्छन्, तर डेन्टिस्टको निगरानी भने रहन्छ," उनि थप्छन्।
सरकारी क्लिनिकहरूमा जाने बिरामीहरूको सङ्ख्या उच्च भएकोले अपोइन्टमेन्टको लागि लामो समय कुर्नु पर्ने हुनसक्ने कुरामा उनि जोड दिन्छन्।
साथै बिरामीले सेवा लिनका लागि सरकारी क्लिनिकमा थोरै रकम तिर्नु पर्ने हुन सक्छ।
यो कुरा निजी क्लिनिकहरूमा भने फरक हुन्छ।
यहाँ आफ्नै खल्तीबाट उपचारको लागि लाग्ने रकम तिर्नु पर्छ वा निजी स्वास्थ्य बिमा भए, त्यसबाट।
"निजी क्लिनिकहरूमा बिरामीले आफ्नो उपचारका लागि आफूले चाहेको डेन्टिस्टलाई छान्न पाउँछन्।"
र उपचारको दायरा पनि फराकिलो हुन्छ जसमा कस्मेटिक उपचार पनि पर्छ।
चाइल्ड डेन्टल बेनिफिट्स सेड्युल (सीडीबीएस)
मेडिकेयर भनेको सरकारी कोषमा सर्भिसेस अस्ट्रेलिया भनिने देशको सामाजिक सुरक्षा एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी स्वास्थ्य सेवा बीमा योजना हो।
"मेडिकेयरले किशोर किशोरी र बालबालिकाको दाँतको उपचारलाई मात्र समावेश गर्छ।"
भनिने योजनाले योग्य किशोर किशोरी र बालबालिका भएका केही परिवारहरूलाई निश्चित वर्षका लागि मदत गर्ने उनको भनाइ छ।
डा अत्तिया भन्छन् जीवनको सुरुवाती तिर यदि मुखको स्वास्थ्य कमजोर भए वयस्क अवस्थामा मुखको रोग लाग्न सक्ने सम्भावना रहन्छ।
त्यसैले पनि बालबालिकाले दन्त स्वास्थ्य सेवाहरू पाएको सुनिश्चित गर्नु निकै महत्वपूर्ण हुन्छ।
सर्भिसेस अस्ट्रेलियाका कम्युनिटी इन्फरमेसन अफिसर जस्टिन बोट सीडीबीएस को महत्त्व बारे बताउँछन्।
वयस्क हुँदा थप मुखको रोगका समस्याहरू नआओस् भन्ने आशाका साथ चाइल्ड डेन्टल बेनिफिट्स सेड्यूलले बच्चाहरूको लागि दन्त सेवाहरूमा पहुँच सुधार गर्ने लक्ष्य राखेको छ।जस्टिन बोट
"हाल चाइल्ड डेन्टल बेनिफिट्स सेड्यूलले कसरी काम गर्छ भने, आधारभूत दन्त सेवाहरूका लागि क्यालेन्डरका दुई वर्षसम्म हामीले १, ०९५ डलरसम्म कभर गर्छौँ।"
बालबालिका वा किशोर किशोरीले पहिलो पटक योग्य डेन्टल सेवा लिएपछि सीडीबीएसको दुई वर्षको समयावधि सुरु हुन्छ। र यो दुई वर्षको समयभर उनीहरूले योग्यता मापदण्ड पूरा गरेको हुनुपर्छ।
यदि तपाईँको बच्चा पहिलो दुई वर्ष पछिसम्म पनि योग्य भइरहे आगामी दुई वर्षको लागि तपाईँले थप कोष प्राप्त गर्न सक्नुहुन्छ।
"बच्चा योग्यताको मापदण्ड भित्र पर्दासम्म यो क्रम चलिरहन्छ,"बोट भन्छन्।
सबै अस्ट्रेलियन बालबालिका र युवाहरूले सीडीबीएसमा पहुँच गर्न सक्दैनन्, र त्यसका लागि कडा योग्यता मापदण्डहरू रहेका छन्।
बोटका अनुसार यो योजनामा पहुँच पाउनका लागि तपाईँको बच्चा १७ वर्ष वा सोभन्दा कम उमेरको हुनुपर्छ र क्यालेन्डरको एक वर्ष भित्र कम्तीमा एक दिन लिएको हुनुपर्छ।
"उनीहरूले वर्षमा कम्तीमा एक पटक हामीबाट भुक्तानी पाएको हुनुपर्छ, अथवा उनीहरूका बाबुआमा, स्याहारकर्ता वा अभिभावकले हामीबाट फ्यामिली ट्याक्स बेनिफिट पार्ट 'ए' वा बाबुआमाले पाउने भुक्तानी लिएको हुनुपर्छ।"
"अथवा बाबुआमाले आफ्नो बच्चा हेर्न नसक्ने अवस्थामा बच्चाको स्याहार गर्ने व्यक्तिले पाउने डबल अर्फ्यान्स पेन्सन लिएको हुनु पर्छ त्यो पनि सोही क्यालेन्डर वर्ष भित्र। तब मात्र उनीहरूको बच्चा यो योजनाको फाइदा लिन योग्य हुन्छन्," बोट थप्छन्।
यसका अलावा एबी स्टडी, फ्यामिली ट्याक्स बेनिफिट पार्ट 'ए', स्याहार भुक्तानी, डिसेबिलिटी सपोर्ट पेन्सन वा यूथ अलावेन्स भुक्तानीका लागि बच्चा आफैँ पनि योग्य हुन सक्ने बोटको भनाइ छ।
सीडीबीएसले चेक-अप, एक्स-रे, सफाइ, फिसर सिलिङ, फिलिङ, रूट कनाल र दाँत निकाल्ने प्रक्रियाहरू समावेश गर्छ, तर यसले अर्थोडन्टिक्सका ब्रेसेस वा कस्मेटिक प्रक्रियाहरू समावेश गर्दैन।
बोट भन्छन् कि तपाईँले यस योजनाको फाइदा लिन गइरहेको बारे आफ्नो डेन्टिस्टलाई उपचार प्राप्त गर्नु अघि नै जानकारी गराउनु निकै महत्त्वपूर्ण हुन्छ।
सीडीबीएस बल्क बिलिङ मार्फत प्रयोग गरेर अगाडी नै पैसा तिर्नु नपर्ने गर्न सकिन्छ भने तपाईँले अगाडि भुक्तानी गरेर पछि मेडिकेयरबाट छूट दाबी पनि गर्न सक्नुहुन्छ।
माइगभमा तपाईँलाई चाहिने सबै सरकारी सेवाहरू अनलाइनमा एकै ठाउँमा लिङ्क गर्न सकिन्छ वा त्यसका लागि मेडिकेयरमा फोन गर्न पनि सक्नुहुन्छ।
अपोइन्टमेन्टको समयमा डेन्टिस्टले तपाईँको बच्चाको लागि उपलब्ध सुविधाहरू र कति 'ब्यालेन्स' बाँकी रहेको छ भनेर हेरिदिन सक्छन्।
Dental treatment in Australia is relatively expensive compared to other countries. Credit: Tom Werner/Getty Images
अन्य देशको तुलनामा अस्ट्रेलियामा दाँतको उपचार किन महँगो?
अस्ट्रेलियामा दन्त स्याहार प्राथमिक रूपमा निजी क्लिनिकहरूले प्रदान गर्छन्।
अन्य देशको तुलनामा अस्ट्रेलियामा दाँतको उपचार महँगो छ भन्दा गलत नहुने डा अत्तिया बताउँछन्।
र विचारमा व्यापार सञ्चालन खर्च र अन्य कारणहरूले यो महँगो भएको हुन सक्छ।
"डेन्टिस्टहरूले कम्तिमा पाँच वर्ष शिक्षामा खर्चिन्छन्, सामान्यतया अझ बढी, र उनीहरूले अद्यावधिक रहनको लागि व्यावसायिक शिक्षालाई निरन्तरता दिन धेरै पैसा खर्च गर्नु पर्छ ताकि उनीहरूले सबैभन्दा अद्यावधिक र प्रमाणहरूमा आधारित दन्त चिकित्सा प्रदान गर्न सकुन्।"
अब दाँतको उपचारमा लाग्ने यो ठुलो खर्चबाट बच्ने एउटा उपाय भनेको आफ्नो दाँतको हेरचाह उचित ढङ्गबाट गर्नु नै हो।
उपचार भन्दा रोकथाम नै उत्तम भएको डा अत्तेयाको भनाइ छ।
सरकारी दन्त चिकित्सा सेवाहरूबारे थप जानकारी:
- एसीटी:
- न्यु साउथ वेल्स:
- नदर्न टेरिट्री:
- क्वीन्सल्यान्ड:
- साउथ अस्ट्रेलिया:
- टास्मेनिया:
- भिक्टोरिया:
- वेस्टर्न अस्ट्रेलिया:
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई मा इमेल पठाउनु होस्।